Public Dristi
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Public Dristi
No Result
View All Result

पुस १६ गते बिहीवार कस्तो छ,आजको दिन तपाईंको राशिफल-अछाम टुडे

Public Dristi by Public Dristi
डिसेम्बर 31, 2020
in साामााजिक
176
0
137
SHARES
221
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

२०७७ पुस १६ गते, बिहीवार, ३१ डिसेम्बर २०२०। पौष कृष्णपक्ष, प्रतिपदा तिथि
मेष
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
सहयोगीहरूले राम्रो साथ दिनाले बिहानको समय लाभदायक रहनेछ। उद्योग र व्यापारमा फाइदा उठाउन सकिनेछ। अन्य काममा आफ्नो श्रम परे पनि प्रतिफलमाथि अरूले राज गर्नेछन्। पहिले दिएको वचनले अप्ठ्यारो पार्न सक्छ। साथीभाइसँग सन्तुलित व्यवहार गर्नुहोला। अपराह्नदेखि भूमि तथा पशुधनबाट सामान्य लाभ मिल्नेछ। अरूको मुख ताक्ने बानीले पछि परिनेछ।

वृष
इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
बलभन्दा बुद्धिको उपयोगले फाइदा उठाउन सकिनेछ। अध्ययन र व्यापारमा प्रगति हुनेछ। ज्ञान, कला र व्यक्तित्वमा निखारता आउनेछ। मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ। दिउँसोदेखि विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ने अवस्था आउला। सहयोगीहरू पछि हट्न सक्छन्। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला। अरूको बारेमा चासो राख्दा समस्यामा परिनेछ।

मिथुन
का, कि, कु, घ, ङ, छ, के, को, ह
प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ। भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। बिछोडिएका आफन्त पनि नजिकिनेछन्। अध्ययनमा प्रगति हुनेछ। मिहिनेतले उपलब्धि दिलाउनेछ। दिउँसोदेखि केही समस्या पनि देखा पर्नेछन्। विवादास्पद जिम्मेवारी आउनेछ भने खर्च बढ्ने सम्भावना छ। आफ्ना कमजोरीमाथि टिप्पणी हुने समय रहेकाले सजग रहनुहोला।

कर्कट
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
खर्चिलो कामले अर्थ अभाव निम्त्याउन सक्छ। तापनि पछिका लागि काम गर्ने समय छ। समस्याले सक्रिय बन्न प्रेरित गर्नेछ। शुभचिन्तकहरू जुट्नाले आस मारेको फल पुनः प्राप्त हुन सक्छ। आजको श्रमबाट पछिलाई फाइदा हुनेछ। दिउँसोतिर पारिवारिक भेटघाटले खुसियाली छाउनेछ। तर नियमित काममा अरूको भरपर्दा समस्या आउला। आगन्तुकले अलमल्याउन सक्छन्।

सिंह
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
मिहिनेत गर्दा आम्दानीका स्रोत फेला पर्नेछन्। आवश्यक भौतिक साधन सजिलै जुट्नेछन्। आम्दानी बढ्नाले उत्साह जाग्नेछ। श्रमको उचित मूल्य पाइनेछ। व्यापारमा राम्रै फड्को मार्न सकिनेछ। दिउँसोदेखि खर्च बढ्नाले अर्थ अभाव देखा पर्न सक्छ। आवश्यकता पूरा गर्न सरसापट वा ऋण लिनुपर्ने हुन सक्छ। सोखले खर्च बढाउनेछ। प्रयत्न गर्दा यात्राको प्रक्रिया अघि बढ्नेछ।

कन्या
टो, प, पि, पु, ष, ण, ठ, पे, पो
विवादास्पद काममा हात हाल्नुपरे पनि प्रयत्न गर्दा बिस्तारै लक्ष्यमा पुग्न सकिनेछ। अवसरले पछ्याउनेछन् भने दिगो फाइदा हुने काममा जग बसाउने मौका छ। मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ। दिउँसोदेखि आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। पहिलेका कामबाट पनि सामान्य लाभ मिल्नेछ। तर, उठ्नुपर्ने रकम हातलागी नहुन सक्छ। सञ्चित रकम खर्च हुनेछ।

तुला
र, रि, रु, रे, रो, ता, ति, तु, ते
केही विवादास्पद काम गर्नुपरे पनि धेरैको उपकार गर्न सकिनेछ। सामाजिक जिम्मेवारी प्राप्त हुनेछ र आफ्नो क्षेत्रको नेतृत्व हातलागी हुनेछ। परोपकारी कामले दाम, इनाम र प्रतिष्ठा दिलाउनेछ। दिउँसोदेखि व्यवसायतर्फ केही अलमल हुनेछ। आफ्नैले काममा बाधा पुर्याउनेछन्। विशेष योजना सार्वजनिक नगर्नुहोला। तत्काल फाइदा नहुने जिम्मेवारी वहन गर्नुपर्ने देखिन्छ।

वृश्चिक
तो, ना, नि, नु, ने, नो, या, यि, यु
अरूका लागि समय खर्चनुपर्ला। परिस्थिति अलि बिग्रन सक्छ। सानोतिनो समस्याले अल्झाउनेछ भने स्वास्थ्य पनि प्रतिकूल रहनेछ। व्यवहारमा शुभचिन्तकहरूको भावना बुझ्ने चेष्टा गर्नुहोला। दिउँसोदेखि काम देखाएर प्रभाव जमाउन सकिनेछ। अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउने चेष्टा गर्नेछन्। तापनि समुदायको हितमा राम्रै काम गर्न सकिनेछ।

धनु
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
परिवेश रमाइलो देखिए पनि चिन्ताले मन पिरोलिनेछ। मनोरञ्जनमा अलमलिँदा काम रोकिन सक्छ। आफन्तजनसँग सुमधुर सम्बन्धका लागि सजग रहनुहोला। लोकाचारका लागि फजुल खर्च बढ्न सक्छ। प्रयत्न गर्दा बिस्तारै काम बन्नेछ। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। समय लागे पनि मिहिनेतको प्रतिफल प्राप्त हुनेछ। व्यवसायमा आम्दानी बढ्नेछ।

मकर
भो, ज, जि, खि, खु, खे, खो, गा, गि
प्रतिस्पर्धा गर्नुपरे पनि स्रोतसाधन जुट्नाले दिगो काम बन्नेछ। तर आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउने कोसिस गर्नेछन्, सजग रहनुहोला। बुद्धिको उपयोगले काम बनाउन सकिनेछ। मध्याह्नपछि व्यापार बढ्नुका साथै व्यवसायमा लाभ हुनेछ। आयआर्जनका नयाँ स्रोत समेत फेला पर्नेछन्। मित्रता र प्रेमको बन्धन कसिनेछ भने आकर्षक उपहारले उत्साह जगाउनेछ।

कुम्भ
गु, गे, गो, सा, सि, सु, से, सो, द
कामको मेसो नमिल्दा केही अलमल हुनेछ। तापनि मिहिनेत गर्दा अध्ययनमा प्रगति हुनेछ। गुरुजनको सुझाव र सन्तानको सहयोग लाभदायी बन्नेछ। विशेष काममा जग बसाउने मौका जुट्नेछ। दिउँसोदेखि अस्वस्थताले काम रोकिन सक्छ। खर्च र चुनौतीको समय रहेको हुँदा अलि सजग रहनुपर्ला। समस्या दर्साउँदा सहयोगीहरूले साथ दिनेछन्, बुद्धिले लक्ष्य पहिल्याउन सकिनेछ।

मीन
दि, दु, थ, झ, ञ, दे, दो, च, चि
हतारमा निर्णय लिने बानीले अप्ठ्यारो पार्ने हुँदा सजग रहनुहोला। प्रक्रिया नमिल्नाले काम दोहोर्याउनुपर्ने हुन सक्छ। भूमि तथा पशुधनबाट लाभ मिल्नेछ। टाढिएका आफन्त नजिकिनेछन्। मध्याह्नदेखि बुद्धिको उपयोगले फाइदाको स्रोत पहिल्याउन सकिनेछ। अध्ययनमा राम्रो उपलब्धि प्राप्त हुनेछ। प्रतीक्षा गरिएको नतिजा पनि सबल रहनेछ। मिहिनेत गर्दा लक्ष्य प्राप्त हुनेछ।

Previous Post

नेकपा सुदूरपश्चिमको बैँक खातामा रहेको ३० लाख रुपैयाँ-चैट

Next Post

कैलालीमा पाखुरामा ट्याटु खोपिएको बेवारिसे शव शव फेला-

Next Post

कैलालीमा पाखुरामा ट्याटु खोपिएको बेवारिसे शव शव फेला-

Discussion about this post

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया एकेडेमी प्रा.लि. विनायकको व्यवस्थापनमा सञ्चालन भइरहेको PublicDristi.com नेपाली भाषामा प्रकाशित हुने विश्वसनीय डिजिटल अनलाइन समाचार पोर्टल हो।
Email: publicdristi@gmail.com
Phone: 9769843698

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम

साइट नेभिगेसन

कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज साामााजिक सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Public Dristi| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Public Dristi| With ❤️ by Webpal