Public Dristi
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Public Dristi
No Result
View All Result

नेकपा सुदूरपश्चिमको बैँक खातामा रहेको ३० लाख रुपैयाँ-चैट

Public Dristi by Public Dristi
डिसेम्बर 30, 2020
in राजनीति
110
0
85
SHARES
137
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

धनगढीः नेपाल कम्युनिष्ट पार्टी नेकपा सुदूरपश्चिमको बैँक खातामा रहेको ३० लाख रुपैयाँ प्रचण्ड–नेपाल समूहले झिकेको छ।

पार्टी एकतापछि नेकपा सुदूरपश्चिमका अध्यक्ष कर्णबहादुर थापा, प्रदेश सचिव नेपबहादुर चौधरी र कार्यालय सचिव दिनेशचन्द्र सुवेदीको नाममा कृषि विकास बैँकको धनगढी शाखामा रहेको संयुक्त खाताबाट ३० लाख झिकिएको आरोप लगाइएको हो। नेकपा ओली समूहका सुदूरपश्चिम अध्यक्ष कर्ण थापाले पार्टी इन्चार्ज भीम रावलको ठाडो निर्देशनमा पार्टीको सम्पत्ती एकलौटी रुपमा अध्यक्षलाई कुनै जानकारी नदिएर झिकिएको आरोप लगाए।

‘पार्टीको सम्पत्ती नासमास गर्न कसैले पनि पाउँदैनन्,’थापाले दिनेशखबरसँग भने, ‘यो निकै अपराधिक काम भएको छ। मैले पार्टी विभाजनको अवस्थामा पुगेपछि बैँकका म्यानेजरलाई समेत यस्तो परस्थितीमा निकासा नदिन अनुरोध गरेको थिए। तर अहिले बुझ्दा प्रदेश सचिव चौधरी र कार्यालय सचिव सुवेदीले हस्ताक्षर गरेर खातामा रहेको ३३ मध्ये ३० लाख त्यहाँबाट गायब पारिएको छ।’

थापाले प्रचण्ड–नेपाल समूहका इन्चार्ज भीम रावलको निर्देशनमा सबै काम भएको आरोप समेत लगाएका छन्। ‘भीम रावलको निर्देशनमा सबै काम भएको छ। त्यो अपराधपूर्ण काम हो। कुनै पनि हालतमा यसलाई छोड्नेवाला छैनौँ,’ उनले भने, ‘यो कुन राजनीतिसँग मेल खान्छ ?पार्टीमा राजनीतिक हिसाबले चलेको विवाद एकखालले सामाधान होला।’उनले बैँकका कर्मचारीमा समेत रकम झिक्ने कार्यमा संलग्नता भएको दाबी गरेका छन्। खाताबाट रकम झिकिएको विषयमा नेकपा सुदूरपश्चिमका सचिव नेपबहादुर चौधरीसँग प्रतिक्रिया माग्दा उनको फोन उठेन भने कार्यालय सचिव दिनेशचन्द्र सुवेदीको फोन उनकी श्रीमतीले उठाईन्।
नेकपा सुदूरपश्चिमका इन्चार्ज भीम रावलले भने पार्टी अध्यक्ष, सचिव र कार्यालय सचिव गरि तीनजना मध्ये कुनै दुई जनाको नामबाट खाता सञ्चालन भएको बताएका छन्। दिनेश खबर बाट साभार

Previous Post

कालाशिल्ला मस्टादेवता लाई चढाईएको घोडा नाईठाकुर लाई हस्तान्तरण

Next Post

पुस १६ गते बिहीवार कस्तो छ,आजको दिन तपाईंको राशिफल-अछाम टुडे

Next Post

पुस १६ गते बिहीवार कस्तो छ,आजको दिन तपाईंको राशिफल-अछाम टुडे

Discussion about this post

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया एकेडेमी प्रा.लि. विनायकको व्यवस्थापनमा सञ्चालन भइरहेको PublicDristi.com नेपाली भाषामा प्रकाशित हुने विश्वसनीय डिजिटल अनलाइन समाचार पोर्टल हो।
Email: publicdristi@gmail.com
Phone: 9769843698

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम

साइट नेभिगेसन

कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज साामााजिक सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Public Dristi| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Public Dristi| With ❤️ by Webpal