सुदूरपश्चिममा आज ‘पुस १५’ पर्व मनाइँदैछ। डोटेली संस्कृतिमा पुसे १५ को रुपमा चर्चित यो पर्वमा मिठा परिकार खाने, राति जाग्राम बस्ने, बात ९दन्त्य कथा० भन्ने र देउडा खेल्ने चलन रहेको छ। सोही अनुसार आजको दिन १५ प्रकारका परिकार खाएर सुदूरपश्चिमबासीले पुस १५ मनाइरहेका हुन्। यस पर्वलाई ‘पन्नरी रात’, ‘ठूलीरात’ पनि भन्ने गरिन्छ।
आजको रात सबैभन्दा लामो हुने मान्यता भएकाले यस पर्वलाई ‘ठूलीरात’ भन्ने गरिएको संस्कृतिसम्बन्धी जानकार बताउँछन्। तर, विश्वभर भने डिसेम्बर २२ को रात सबैभन्दा लामो हुने मानिन्छ। आज टोल छिमेकमा भेला भई आगो तापेर रातभर जाग्राम बस्ने, चामलको पिठोबाट बनेको ढुकढुके रोटी तरुल, पिडालु, सखरखण्ड लगायतका कन्दमूलका साथै पाकेको फर्सी उसिनेर खाने प्रचलन छ।
१५ गतेको बेलुकी प्रत्येकको घरघरमा ढुकढुके रोटी पकाएर खाने तथा टोल टोलमा सामुहिक रुपमा पनि पकाउने रातभर त्यहि रोटी खाएर वृद्धवृद्धाबाट लोक कथा एवम् दन्त्य कथा, गाउखाने कथा सुन्ने सुनाउने प्रचलन रहेको छ।


Discussion about this post