अछामको विनायक बजारमा आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेड, विनायक बजार शाखाले आयोजना गरेको वित्तीय साक्षरता तथा व्यावसायिक तरकारी खेती तालिम आईतवार सफलतापूर्वक सम्पन्न भएको छ।
जोशिपुर स्टेसन प्रमुख दिपक बहादुर बोहोराको अध्यक्षतामा सुरु भएको कार्यक्रमको प्रमुख अतिथि पञ्चदेवल बिनायक नगरपालिका वडा नं ३ का अध्यक्ष बज्जिर शाही रहनु भएको थियो ।
प्रमुख अतितको बोल्दै ग्रामीण भेगमा वित्तीय साक्षरता र व्यावसायिक कृषि सीपको आवश्यकता दिनप्रतिदिन बढिरहेको उल्लेख गर्नुभयो। उहाँका अनुसार यस्ता तालिमहरूले समुदायलाई आत्मनिर्भर बनाउन र आय–आर्जनका नयाँ सम्भावना खोल्न महत्वपूर्ण भूमिका खेल्छन्। शाहीले भन्नुभयो—“हामीले गाउँका परिवारलाई आर्थिक रूपमा सशक्त बनाउने हो भने उनीहरूको बचत सही ऋण उपयोग, बीमा, र वित्तीय योजनाबद्धता अनिवार्य हुन्छ। त्यस्तै, कृषि क्षेत्रमा आधुनिक प्रविधि र व्यावसायिक सोच अपनाउन सके कृषकको आम्दानी उल्लेख्य रूपमा बढ्न सक्छ।

उहाँले स्थानीय महिलाको उल्लेखनीय सहभागिताको प्रशंसा गर्दै यस्ता तालिमले महिला उद्यमशीलता र आर्थिक स्वतन्त्रता विस्तारमा ठोस योगदान पुर्याउने विश्वास व्यक्त गर्नु भएको हो ।
यस्त अन्य अतिथि मा माछापुच्छ्रे बैंकका शाखा प्रबन्धक
दलित सृजनशिल बचत तथा ऋण सहकारीका ब्याब्स्थापक भिम नेपाली, महिला उद्यमशीलता अछामका अध्यक्ष इन्दिरा रेग्मी लगायतको उपस्थिति थियो।

नेपाल राष्ट्र बैंक ‘घ’ वर्गको इजाजतप्राप्त संस्थाका रूपमा ८८ औ आराम्भ चौतारी शाखा लघुवित्तले ग्रामीण भेगका विपन्न तथा साना उद्यमीहरूलाई लक्षित गर्दै आय–आर्जन वृद्धि र सीप विकास गर्ने उद्देश्यले तालिम सञ्चालन गरेको हो।
कार्यक्रममा वित्तीय साक्षरता सम्बन्धी बचत, कर्जा, बीमा, घरायसी बजेट, ऋणको सदुपयोग, आर्थिक जोखिम व्यवस्थापन जस्ता विषयमा विस्तृत जानकारी गराईएको थियो ।
त्यसैगरी व्यावसायिक तरकारी खेती सम्बन्धी तालिममा स्थानीय कृषि प्राविधिकहरूले आधुनिक खेती प्रविधि, नर्सरी व्यवस्थापन, बिउ छनोट, मल–विरुवा प्रयोग, रोग–कीरा नियन्त्रण, र बजार व्यवस्थापन लगायतका विषयमा पञ्चदेवल बिनायक नगरपालिका का कृषि प्राबिधिक सहायक महाजित बि क ले सहजीकरण गर्नु भएको थियो ।

उक्त कार्यक्रममा प्रत्येक केन्द्र समुहका लागि उतकृष्ट बचतकर्ता उतकृष्ट ऋणि समुह अनुसाशन भएका हरु लाई प्रमाण पत्र बितरण गरिएको थियो। भने विभिन्न तरकारीको बीउ बितरण गरिएको थियो ।
संस्थाले ५७ जिल्लाका १४० शाखामार्फत १,०५,००० सदस्यलाई कर्जा तथा बचत सेवा प्रदान गरिरहेको तथा विशेष लक्षित वर्गका लागि कर्जामा १४.७२ उपलब्ध गराइरहेको जानकारी दिएको छ ।
तालिम श्री विध्या मन्दिर मा बि को हल, विनायक बजारमा सम्पन्न भएको हो। आरम्भ चौतारी लघुवित्तले आगामी दिनमा पनि महिला सशक्तिकरण, कृषि उद्यम विकास र वित्तीय पहुँच विस्तार जस्ता कार्यक्रमलाई निरन्तरता दिने बताएको छ। शाखा प्रबन्धक मनोज कुमार दर्जिको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको संचालन आरम्भ चौतारी बिनायक कर्मचारी निषा भट्टराई ले गर्नु भएको थियो।


Discussion about this post