Public Dristi
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Public Dristi
No Result
View All Result

सलमानको ‘अन्तिम’ लाई कति तिरेर नेपाल ल्याइयो- अछाम टुडे

Public Dristi by Public Dristi
नोभेम्बर 27, 2021
in कला
4
0
3
SHARES
5
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714
salman khan

 दुई वर्ष अगाडि कलाकार नीर शाहले एक कार्यक्रममा भनेका थिए, ‘काठमाडौंका  युवती सलमान खानलाई रुघा लाग्दा पनि रुन्छन् ।’ उनको यो भनाईबाट पनि बुझ्न सकिन्छ कि नेपालमा सलमानको लोकप्रियता कति छ । उनका फिल्मले भारतमा त मात्र होइन, नेपालमा पनि करोडौं छाप्ने गरेको छ । यसैले त नेपालका वितरकहरु उनका फिल्म नेपाल भित्राउन ठूलै दौडधुप गर्छन् । सलमान खान अभिनीत नयाँ फिल्म ‘अन्तिम’ यही शुक्रवार (नोभेम्बर २६) बाट प्रदर्शनमा आउँदैछ । उनको फिल्म नेपालमा रिलिज नहुने त कुरै भएन । गोपीकृष्ण मुभिज मातहतको कम्पनी ‘ए एट फिल्मस्’ ले यो फिल्मलाई ठूलो रकम तिरेर नेपाल प्रदर्शन राइट्स लिएको छ । कम्पनीका अध्यक्ष निरज पौडेलले फिल्मलाई नेपाल ल्याउन एक करोड ३५ लाख तिरेको जानकारी प्राप्त छ । नेपालका १२५ वटा हलमा फिल्म रिलिज हुने कम्पनीले जनाएको छ । तिहारमा  रिलिज भएको बलिउड फिल्म ‘सुर्यवंशी’ ले पनि नेपालमा सय बढी हल पाएको थियो । यो फिल्मले नेपालमा आक्रामक व्यापार गरेको देखेपछि ‘ए एट फिल्मस्’ ले उत्साहित भएर सलमानको फिल्मलाई मोटो रकम तिरेको हुनसक्ने देखिन्छ । ‘अन्तिम’ हेर्नका लागि पनि हलसम्म दर्शक पुग्ने अपेक्षा धेरैको छ ।  जी स्टूडियोको निर्माणमा महेश मान्जरेकरले फिल्मको निर्देशन गरेका हुन् । उनले यसअघि थुप्रै सफल मराठी फिल्मको निर्देशन गरिसकेका छन् । केही बलिउड फिल्ममा उनले सलमानसँग काम पनि गरेका छन् । फिल्ममा आयुष शर्मा र महिमा मकवानाको पनि अभिनय रहेको छ । आयुष शर्मा, सलमान खानका ज्वाईं हुन् । पहिलो पटक उनीहरुले एकसाथ फिल्ममा काम गरेका हुन् ।

Previous Post

क्यामरा भन्दा बाहिर का समाजसेवि केबि साउद

Next Post

१३ वर्षपछि राजेश हमालले फेरे गाडी

Next Post

१३ वर्षपछि राजेश हमालले फेरे गाडी

Discussion about this post

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया एकेडेमी प्रा.लि. विनायकको व्यवस्थापनमा सञ्चालन भइरहेको PublicDristi.com नेपाली भाषामा प्रकाशित हुने विश्वसनीय डिजिटल अनलाइन समाचार पोर्टल हो।
Email: publicdristi@gmail.com
Phone: 9769843698

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम

साइट नेभिगेसन

कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज साामााजिक सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Public Dristi| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Public Dristi| With ❤️ by Webpal