Public Dristi
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Public Dristi
No Result
View All Result

१३ वर्षपछि राजेश हमालले फेरे गाडी

Public Dristi by Public Dristi
नोभेम्बर 27, 2021
in कला
2
0
2
SHARES
3
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

हलिउड र बलिउडका सेलिब्रेटीहरु संसारकै महंगो मानिने गाडीमा हुँइकिने गरेका छन् । उनीहरु एउटा गाडी त्यति लामो समय प्रयोग पनि गर्दैनन् । बजारमा आउने विभिन्न कम्पनीका नयाँ-नयाँ मोडलका गाडीहरु उनीहरुले किन्ने गरेको पाइन्छ । नेपाली फिल्मका कलाकारहरु पनि गाडीका सौखिन छन् । ३५ लाखदेखि ८५ लाखसम्मको गाडीमा हुँइकिने कलाकारहरु यहाँ धेरै छन् । तर, नायक राजेश हमालले भने विगत १३ वर्षदेखि एउटै गाडी प्रयोग गर्दै आएका थिए । जीप गाडी मनपर्ने उनले १३ वर्ष अगाडि सन् २००० मा कियाले बजारमा ल्याएको स्पोर्टेज गाडी खरिद गरेका थिए । फिल्मको छायांकनदेखि नेपालका विभिन्न ठाउँमा हुने कार्यक्रममा उनी यही गाडी चढेर जाने गरेका थिए । कतिपयले उनलाई नयाँ गाडी खरिद गर्न लोभ गरेको समेत भन्ने गरेका थिए ।  अब भने उनले पुरानो गाडीलाई विदा गरेर घरमा नयाँ गाडी भित्राएका छन् । उनले जीप कम्पास गाडी खरिद गरेका हुन् । हमाल र उनकी श्रीमती मधु भट्टराईले बिहीबार नक्सालस्थित जीप शोरुमबाट जीप कम्पासको डेलिभरी लिए । ‘मैले युवा अवस्थादेखि नै जीपको बारेमा निकै सुन्दै आएको थिएँ । म जीपको आइकनिक डिजाइन र अफरोड क्षमताबाट एकदमै प्रभावित छु,’ उनले भने । चार वर्षपछि फिल्म ‘सत्यम्’ बाट अभिनयमा फर्किने तयारीमा रहेका उनले जीप कम्पास ८४ लाखमा खरिद गरेको जानकारी प्राप्त छ । केही समय अगाडि सुपरस्टार भुवन केसीले पनि जीप कम्पास खरिद गरेका थिए । पछिल्लो समय नेपाली कलाकारहरुको रोजाई बनेको यो गाडीको बजार मूल्य ८४ लाख ९० हजारदेखि एक करोड ३६ लाख ९० हजार रुपैयाँसम्म रहेको बताइएको छ ।

Previous Post

सलमानको ‘अन्तिम’ लाई कति तिरेर नेपाल ल्याइयो- अछाम टुडे

Next Post

एमाले महाधिवेशन : सुवास नेम्वाङलाई राष्ट्रपति र अष्टलक्ष्मीलाई उपराष्ट्रपतिको आश्वासन

Next Post

एमाले महाधिवेशन : सुवास नेम्वाङलाई राष्ट्रपति र अष्टलक्ष्मीलाई उपराष्ट्रपतिको आश्वासन

Discussion about this post

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया एकेडेमी प्रा.लि. विनायकको व्यवस्थापनमा सञ्चालन भइरहेको PublicDristi.com नेपाली भाषामा प्रकाशित हुने विश्वसनीय डिजिटल अनलाइन समाचार पोर्टल हो।
Email: publicdristi@gmail.com
Phone: 9769843698

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम

साइट नेभिगेसन

कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज साामााजिक सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Public Dristi| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Public Dristi| With ❤️ by Webpal