Public Dristi
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Public Dristi
No Result
View All Result

अछाममा थप ३० जना कोरोना मुक्त,९३ जनामा पुष्टि

Public Dristi by Public Dristi
मे 25, 2021
in साामााजिक
2
0
2
SHARES
3
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

अछाम : अछाममा मंगलबार थप ३० जना कोरोना संक्रमण मुक्त भएका छन् ।

दोस्रो लहरमा जिल्लाका विभिन्न स्थानीय तहका, स्वास्थ्यकर्मी, कर्मचारी र स्थानीय गरि ३ सय ४७ जना महिला र ७ सय ३२ जना पुरुष गरी १ हजार ७९ जना कोरोना संक्रमणमुक्त भएका जिल्ला स्वास्थ्य कार्यालय अछामले जनाएको छ ।

अब जिल्लाभर ८ सय जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये ७ सय ७४ जना होम आईसोलेसनमा छन् , भने १४ जना अस्पतालको आईसोलेसनमा रहेका छन् ।

आज आईसोलेसनबाट नीको भई २ जना बिरामी डीस्चार्ज भएका छन् भने आज नयाँ बिरामी अस्पताल भर्ना भएका छैनन् ।

यसैबिच जिल्लाको मंगलसेन नगरपालिका र साँफेबगर नगरपालिकामा स्वाव सकलन गरी ८ जनाको एन्टीजेन परीक्षण भएकोमा २ जनामा कोरोना भाईरसको संक्रमण पुष्टी भएको जिल्ला स्वास्थ्य कार्यालय अछामका कोरोना सम्पर्क व्यक्ति मिन बहादुर कुवँर जानकारी दिनुभयो ।

संक्रमण देखीनेमा मंगलसेन नगरपालिका वडा नम्बर ५ का १ जना पुरुष र साँफेबगर नगरपालिका वडा नम्बर ३ का १ जना पुरुषमा संक्रमण देखीएको कोरोना सम्पर्क व्यक्ति कुवँरले बताउँनुभयो ।

हाल सम्म अछाममा पहिलो लहरमा ५ जना र दोस्रो लहरमा १४ जना गरी १९ जनाको कोरोनाका कारण ज्यान समेत गैसकेको छ ।

यसैबिच : अछाममा मंगलबार थप ९३ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा जिल्लाको कमलबजार पिसीआर प्रयोगशालामा १ सय २० नमुना परीक्षण गरीएकामा ९३ जनामा संक्रमण पुष्टि भएको हो ।

पञ्चदेवल बिनायक नगरपालिका, रामारोशन गाउँपालिका र दैलेखको आठविस नगरपालिका मार्फत १ सय २० जनाको स्वाब संकलन गरि गरिएको परिक्षणमा १५ जना महिला र ७८ जना पुरुषमा कोरोना संक्रमण देखिएको प्रयोगशालाले जनाएको छ ।

आज थपीएका संक्रमितमध्ये सबैभन्दा धेरै जिल्लाको पञ्चदेवल बिनायक नगरपालिकाका रहेका छन् । नगरपालिकाको वडा नम्बर ५, ७ र ८ का १३ जना महिला र ६७ जना पुरुष गरी ८० जनामा संक्रमण देखिएको छ ।

यस्तै रामारोशन गाँउपालिका वडा नम्बर १ का २ जना महिला र १० जना पुरुष गरि १२ जनामा कोरोना संक्रमण पुष्टी भएको प्रयोगशालाका सुचना अधिकारी टेक बहादुर बिष्टले जानकारी दिनुभयो ।

उहाँका अनुसार जिल्ला बाहिरका १ जनामा पनि कोरोना संक्रमण देखिएको छ । संक्रमण देखिनेमा दैलेख जिल्लाको आठविस नगरपालिका वडा नम्बर ६ का १ जना पुरुष हुन् ।

हाल सम्म कमलबजार पिसिआर प्रयोगशालामा ६ हजार ६ सय ५७ जनाको कोरोना परीक्षण गर्दा २ हजार ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।Ramaroshan Today

Previous Post

अछाममा थप १० दिनका लागि निषेधाज्ञा लम्बियो

Next Post

महाबु गाउँपालिकाले कोरोनाबाट मृत्यु भएका परिवारलाई ५० हजार रकम दिने

Next Post

महाबु गाउँपालिकाले कोरोनाबाट मृत्यु भएका परिवारलाई ५० हजार रकम दिने

Discussion about this post

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया एकेडेमी प्रा.लि. विनायकको व्यवस्थापनमा सञ्चालन भइरहेको PublicDristi.com नेपाली भाषामा प्रकाशित हुने विश्वसनीय डिजिटल अनलाइन समाचार पोर्टल हो।
Email: publicdristi@gmail.com
Phone: 9769843698

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम

साइट नेभिगेसन

कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज साामााजिक सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Public Dristi| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Public Dristi| With ❤️ by Webpal