दैलेख ; महाबु गाउँपालिकाले कोरोनाबाट मृत्यु भएका परिवारलाई ५० हजार रकम दिने भएको छ । कोरोना भाइरसका कारण गाउपालीका भित्र बसोबास गर्ने नागरिकको मृत्यु भएमा प्रति व्यक्ति ५० हजार दिने निर्णय गाँउकार्यपालिकाले गरेको हो ।
कोरोनाबाट संक्रमित बिरामीको निशुल्क उपचार गर्नुका साथै मृत्यु भएका व्यक्तिका परिवारलाई ५० हजार राहत स्वरूप रकम उपलब्ध गराउने निर्णय गरिएको गाँउपालिकाका अध्यक्ष जंग बहादुर शाहीले जानकारी दिए ।
‘नया भेरियन्ट सहितको कोरोना भाइरसले आक्रान्त परिरहेको छ । समुदायस्तरमा ५० प्रतिशत भन्दा बढी संक्रमित देखा परिसकेको अवस्थामा छ ।’ अध्यक्ष शाहीले भने, ‘ उपचारको अभावमा नागरिकको ज्यान गुमाउन पर्ने अवस्था सृजना हुन नदिन लगाइरहेका छौ ।’
गाउँपालिका मार्फत कोरोना लक्षण देखिएका बिरामीको औषधि उपचार, अक्सीजन, खाजा, खाना लगायतको सबै सेवा निशुल्क गरिएको अध्यक्ष शाहीले बताए ।
दोस्रो चरणको कोरोना लहर पश्चात ६६ जना सक्रिय संक्रमित रहेको गाँउपालिकाका स्वास्थ्य शाखा प्रमुख रमेश दशौंदीले जानकारी दिए। उनका अनुसार एन्टीजेन्ट विधिबाट गरिएको परिक्षणबाट ३१ जना र पिसिआर ३५ जना कोरोना संक्रमित पुष्टि भएका हुन् । साथै, हालसम्म कोरोनाबाट २ जनाको मृत्यु भएको छ । dullukhabar

Discussion about this post