अछाममा थप १० दिनका लागि निषेधाज्ञा लम्बिएको छ ।
जिल्ला प्रशासन कार्यालय अछाममा बसेको जिल्लास्तरीय कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र डीसीसीएमसीको बैठकले आगामी जेठ २२ गते मध्याराति १२ बजेसम्मका लागि निषेधाज्ञा लम्बाउने निर्णय गरेको हो ।
छिमेकी देश भारतमा र देशमै पनि संक्रमण तिब्र रुपले बढीरहेका, अछाममा अछामीबासीहरु भारतबाट घर फर्किनेक्रम जारीरहेकाले संक्रमण रोकथाम र नियन्त्रणका लागि निषेधाज्ञा लम्बाउने निर्णय गरेको हो ।
अछाममा यस अघि वैशाख १९ गतेदेखि पहिलो चरणका लागि निषेधाज्ञा लगाइएको थियो । पहिलो चरणको निषेधाज्ञा जेठ २ राति १२ बजे सकिएको थियो । तर फेरी दोस्रो पटक १० दिन थप गरिएको निषेधाज्ञा आज राती १२ बजे सकिँदै थियो ।
कोभिडका बिरामी जिल्लामा बढेको र मृत्यु दरसमेत उच्च रहेको पाइएपछि निषेधाज्ञा जेठ २२ गतेसम्मका लागि लगाउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी रुद्ध मल्लले रेडियो बान्निगढीसंग बताउनुभयो ।
रेडियो बान्निगढीसंग संक्षिप्त कुराकानी गर्दै प्रमुख जिल्ला अधिकारी मल्लले औषधि, स्वास्थ्य सामग्री बाहेक अन्य खाद्यान्न पसल, व्यवसाय पूर्ण रूपमा बन्द गर्ने र स्थानीय तह र स्थानीय उद्योग वाणिज्य सङ्घको समन्वयमा सेवा उपलब्ध गराउने सकिने निर्णय बैठकले निर्णय गरेको हो ।bannigadhitoday
बैठकले औषधि खरिद तथा उपचारका लागि बाहेक कुनै पनि व्यक्ति घर बाहिर ननिस्कने, अत्यावश्यक सेवा सञ्चालन बाहेकका सरकारी कार्यालय, सार्वजनिक संस्थान, बिमा लगायतका कार्यालयहरू स्थगन गर्ने निर्णय गरेको छ ।


Discussion about this post