Public Dristi
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Public Dristi
No Result
View All Result

यहाँ आएपछि त म धेरै ठीक भइसके, बोल्न सक्छु,आचार्यले हातै जोडेर आफ्नो कुरा सुनिदिन आग्रह

Public Dristi by Public Dristi
मे 17, 2021
in सूचना प्रविधि
2
0
1
SHARES
2
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

काठमाडौं– ‘यता आउनुस् न मलाई बोल्न मन छ। म पनि केही सन्देश दिन्छु,’ नेपाल प्रहरी अस्पतालको आईसीयूमा उपचाररत दूर्गा आचार्यले हामीलाई देख्ने बित्तिकै उत्साहित हुँदै बोलाइन्। ‘अक्सिजन सपोर्टमा हुनुहुन्छ, बोल्दा गाह्रो हुन्छ होला। हामी तपाईंको कुरुवासँग कुरा गर्छौं नि, हुन्छरु’ आईसीयूमा उपचाररत बिरामीलाई बोल्दा स्वास्थ्य अवस्था विग्रिन सक्ने भएकाले हामीले सम्झायौं।

‘यहाँ आएपछि त म धेरै ठीक भइसके, बोल्न सक्छु।’ आचार्यले हातै जोडेर आफ्नो कुरा सुनिदिन आग्रह गरिन्। आईसीयूमा ड्युटीमा रहेका स्वास्थ्यकर्मी र आचार्यको आफन्तले पनि कुराकानी गर्न सक्ने अवस्थामा रहेको जानकारी दिँदै कुराकानी गर्न सहमति जनाएपछि हामीले उनीसँग कुराकानी गर्‍यौं।

‘मलाई कोरोना पोजिटिभ भएको १० दिन भयो, ५ दिनदेखि पुलिस अस्पतालमा छु, म त मर्न लागिसकेको मान्छे, यहाँ आएर उपचार पाएर बाँचे,’ आचार्यले खुसीका आँसु झार्दै भनिन्, ‘यहाँका नर्स, चिकित्सक, सबैले धेरै राम्रो उपचार गर्नुभयो। अब त मलाई धेरै ठीक भइसक्यो।’ अक्सिजन सपोर्टमै बेडमा बसेकी आचार्यले आफ्नो कुरा राखेपछि अस्पतालका सबै चिकित्सक, नर्स र स्वास्थ्यकर्मीलाई दोहोर्‍याएरै धन्यवाद भनिन्।

कोरोना संक्रमण भएपछि अस्पतालमा बेड पाइँदैन कि भन्ने डरले घरमै बस्न नहुने उनले बताइन्। ‘अहिले धेरैजना अस्पतालमा राम्रो उपचार हुँदैन, आफन्तको मुख देख्न पनि पाइँदैन कि भन्ने डरले घरमै बस्ने गर्नुभएको छ,’ उनले भनिन्, ‘अस्पतालमा राम्रो उपचार हुन्छ, आफन्तहरुले सँगै बसेर हेरचाह गर्न पनि पाउनुहुन्छ, घरमै डराएर नबसौं भन्न चाहन्छु।’

महाराजगञ्जमा रहेको नेपाल प्रहरी अस्पतालमा कोरोना संक्रमितको उपचार व्यवस्थापनको अवस्थाबारे बुझ्न आइतबार हामी अस्पतालको आइसोलेसन, एचडीयु तथा आईसीयू वार्डहरुमै पुगेका थियौं। अस्पतालकी एक नर्सले कोरोना संक्रमितको उपचार भइरहेको सबै वार्डहरु देखाइन्। अस्पतालमा उपचाररत कोरोना संक्रमितको हेरचाहका लागि कुरुवाहरुलाई पनि बिरामीसँगै रहन पाउने व्यवस्था गरेको रहेछ।तर, कोरोना संक्रमितको हेरचाहका लागि आइसोलेसन, एचडीयु तथा आईसीयूमा बस्ने कुरुवाहरुले आफैंले पीपीई व्यवस्थापन गरी अनिवार्य पीपीई लगाउनुपर्ने नियम बनाएको छ।

पीपीई लगाएरै भएपनि कोरोना संक्रमित प्रियजनलाई खाना खुवाउन तथा आफैंले हेरचाह गर्न पाउँदा कुरुवाहरु खुसी थिए। बिरामीसँगै रहेकी कुरुवा अस्मिता गुरुङले नर्सहरुले मात्र केयर गर्न नभ्याउने भएकाले आफैं खटिएर आफन्तको हेरचाह गरिरहेको सुनाइन्। ‘आईसीयूमा लगेपछि त देख्न पनि पाइँदैन कि भन्ने डर लागेको थियो, तर पीपीई लगाएपछि आउन पाइयो,’ उनले भनिन्, ‘यसरी बस्दा बिरामीलाई पनि खुसी लाग्छ, उहाँको आत्मबल बढ्छ, हामीले केयर गर्न पनि पाउछौं। आफ्नो सुरक्षाको लागि पीपीई लगाउनु नराम्रो कुरा पनि त होइन।’

कोरोना संक्रमण भएर आईसीयूमा पुग्नुपर्ने अवस्था भने नराम्रो अनुभव भएको गुरुङ सुनाइन्। ‘यसरी कोरोना संक्रमण भएर आईसीयूमा पुग्नु एकदमै नराम्रो अनुवभ हो,’ उनले भनिन्, ‘यस्तो अनुभव कसैले भोग्न नपरोस् भन्ने कामना गर्छु।’ आईसीयू कक्षमा पीपीई लगाएकी एकजना स्वास्थ्यकर्मी खरबुजा, चिया र विस्कुट लिएर आइन्। बेडको छेउमा पीपीई लगाएर बसेका कुरुवाले बिरामी आफन्तलाई चिया, बिस्कुट र खरबुजा खुवाउन थाले।

खरबुजा देख्नेवित्तिकै आईसीयूमा रहेकी एक महिलाले खान चाहेको कुरा हातले इसारा गरिन्। बिरामी कुरुवा र एक नर्सले ती महिलालाई खरबुजा खान दिइन्। खरबुजा आफ्नो हातमा परेपछि खुसी हुँदै हतार हतार खान लागिन्। केही मात्रामा खाएपछि नर्सले उनको मुखमा फेरी अक्सिजन मास्क लगाइदिइन्। केही समयपछि नर्सले अक्सिजन मास्क खोलिदिइन् ती बिरामीले फेरी खरबुजा खाइन्।

बिरामी कुरुवा र नर्स मिलेर उनलाई बेला बेलामा खरबुजा खुवाउने र अक्सिजन मास्क लगाउने गरिरहे। खरबुजा सकिएपछि ती बिरामीलाई नर्सले अक्सिजन मास्क लगाइदिन्। उनी बेडमा सुतिन्। कोरोना संक्रमितको उपचार तथा केयरमा आईसीयूमा खटिरहेकी थिइन् अर्की नर्स हिमाला रिमाल। पछिल्लो समय युवाहरु पनि कोरोना संक्रमणले गम्भीर अवस्थामा पुग्ने र मृत्यु हुने क्रम बढिरहेको रिमालले सुनाइन्।

‘कोरोनाले गम्भीर अवस्थामा पुगेर आईसीयूमा आएका भाइहरु एकैछिन अघि बोलिरहेका हुन्छ, एकैछिनमा दिदी मलाई गाह्रो भयो भन्छन्, हामीले केयर गर्दागर्दै पनि एकदैछिनमा उहाँहरुको मृत्यु हुन्छ,’ रिमालले दुखी हुँदै भनिन्, ‘अहिलेको कोरोना अलि डरलाग्दो छ, बोलीरहेका युवाहरुको एकैछिनमा मृत्यु भइरहेको हुन्छ।’

उनले अस्पतालमा कोरोना संक्रमितको उपचार तथा केयरमा खटिँदा आफ्नो कर्तव्य हो भन्ने सोचे पनि घर–परिवार र बालबच्चाको नजिक जाँदा भने डर लाग्ने गरेको सुनाइन्। ‘यहाँ बिरामीको केयरमा खटिदा त खाँसै डर लाग्दैन, तर घर जाँदा तीन वर्षको बच्चा र बुवाआमाको नजिक पर्न भने डरलाग्छ, कतै आफू पनि संक्रमित छु कि भनेर,’ उनले भनिन्, ‘ठूलो मान्छेसँग टाढा बसेपनि बच्चाले बुझ्दैन, मम्मी भन्दै अंगालो हाल्न आइपुग्छ। त्यो बेलामा अलि झस्किन्छु।’

आईसीयू वार्डभन्दा तल्लो तलामा रहेको एचडीयु वार्डमा पीपीई लगाएर वार्डमा रहेका बिरामीको अक्सिजन मास्क मिलाउदै थिइन् नर्स लक्ष्मी भण्डारी। पीपीई, मास्क र भाइजर भित्र अलिकति मात्र देखिएको उनको आँखा र निधारको भागमा पसिना निस्किरहेको थियो।

‘यसरी कतिसमय सम्म काम गर्नुपर्छरु गाह्रो महशुस हुदैनरु’ हामीले साध्यौं। ‘गाह्रोको त कुनै नगरौं, ट्रिपल मास्क लगाउँदा, पीपीई लगाउँदा पसिना आएर उकुसमुकुस हुन्छ, पसिना पुछ्न मिल्दैन। ७–८ घण्टासम्म त पसिनाले भिजिसकेका हुन्छौं,’ उनले भनिन्, ‘हामीलाई भन्दा गाह्रो त कोरोनाले जटिल अवस्थामा पुगेका बिरामीहरुलाई छ, त्यसैले हामी हाम्रो असहजतालाई भुलेर बिरामीलाई कसरी सहज गराउने भन्नेतिर ध्यान दिन्छौं।’

अस्पतालका रेडियोलोजिष्ट डा केदार खड्कीले अहिले कोरोना संक्रमण हुनेमा छिट्टै जटिल अवस्थामा पुग्ने गरेको सुनाए। अहिले देशलाई नै संकट परिरहेकाले कोरोना संक्रमण फैलिन नदिन घरमै सुरक्षित भएर बस्न सबैलाई आग्रह गरे।

‘अहिले संक्रमणको अवस्था धान्न सरकारलाई गाह्रो परेको छ,’ उनले भने, ‘आकस्मिक सेवा लिन आउने अघिकांश बिरामीहरु गम्भीर अवस्थामा आइपुगेका छन्, यो कोरोना संक्रमणको दर कम गर्न घरबाहिर ननिस्किनुस्।’ अस्पतालका पल्मोनोलोष्टि तथा क्रिटिकल केयर विशेषज्ञ डाक्टर मनोज यादवका अनुसार नेपाल प्रहरी अस्पतालले सबै नेपाल प्रहरी तथा उनका परिवारका सदस्यहरुलाई विशेष व्यवस्थाका साथ उपचार गर्ने गर्छ।

कोरोना महामारीको समयमा आम सर्वसाधारणलाई पनि प्रहरी र उनका परिवारका सदस्यलाई जस्तै उपचार र केयर गरिएको डा यादवको भनाइ छ। नेपालमा देखिएको दोस्रो लहरको कोरोना संक्रमण पहिलाको तुलनामा संक्रामक रहेको डा यादवले बताए। ‘अहिलेको संक्रमण पहिलाको जस्तो छैन, आज आकस्मिकमा आएका बिरामी आइसोलेसनमा भर्ना हुन्छ, भोलिपल्ट सम्म त उसलाई आईसीयू, भेन्टिलेटर नै चाहिन्छ,’ उनले भने, ‘अहिले संक्रमण भएपछि धेरैजस्तो बिरामीको फोक्सोमा असर पर्ने र सिकिस्त भइहाल्ने गरेको पाइन्छ।’

अस्पतालकी मेडिकल डाइरेक्टर ९प्राविधिक प्रहरी अतिरिक्त महनिरीक्षक० डा आशा सिंहले पछिल्लो समय कोरोना संक्रमितको चाप बढ्दै गएकाले आकस्मिक सेवा र आकस्मिक अपरेशनको सेवा बाहेक अन्य ननकोभिड सेवा बन्द गरिएको सुनाइन्। अस्पतालमा कोभिड इमर्जेन्सी, आइसोलेसन, एचडीयु र आईसीयू गरी २६० वटा बेड छुट्याइएको डा सिंहले बताइन्।

‘हामीसँग कोरोनाका बिरामीको उपचारका लागि जनरल बेड १८०, एचडीयु ५०, भेन्टिलेटर सहितको आईसीयू बेड २० र आईसीयू बेड १० वटा छ,’ उनले भनिन्, ‘हामीले अहिलेसम्म ३ हजार ६४ जनालाई उपचार सेवा दिइसकेका छौं, तीमध्ये अहिलेसम्म ५५ जना संक्रमितको मृत्यु भयो।’ उनका अनुसार नेपाल प्रहरीमा आवद्ध व्यक्तिहरुका लागि रेम्डेसिभिर लगायत सबै किसिमको औषधि उपचार निशुल्क गरिएको छ। औषधि अभावको समयमा सर्वसाधारण र प्रहरीका परिवारलाई भने रेम्डेसिभिर औषधि बिरामीले खरिद गर्नुपर्ने व्यवस्था गरिएको जानकारी दिइन्।

डा सिंहका अनुसार अस्पतालका सबै चिकित्सक, नर्स, पारामेडिक्स लगायत सबै स्वास्थ्यकर्मीलाई तीनवटा समुहमा विभाजन गरि ड्युटीमा खटाइएको छ। हरेक ५ दिनसम्म ड्युटीमा खटिएका स्वास्थ्यकर्मीहरुलाई आइसोलेसनमा पठाउने गरी रोटेसन मिलाइएको डा सिंहको भनाइ छ। उनले कोरोना संक्रमितको उपचारमा खटिने डाक्टर तथा नर्सलाई अस्पतालमै बस्ने व्यवस्था गरिएको पनि बताइन्।

अस्पतालमा आफ्नै अक्सिजन प्लान्ट भएपनि अस्पतालको प्लान्टले धान्न नसक्ने भएकाले अक्सिजनको माग धान्न गाह्रो भएको डा सिंहले सुनाइन्। ‘अहिले हामीलाई अक्सिजनको व्यवस्थापन गर्न गाह्रो भइरहेको छ, करिब १० दिनदेखि दिनहुजस्तो अक्सिजन १० मिनेटको लागि मात्र बाँकी छ, अक्सिजन लिन गएको गाडी कम्पनीमा लाइनमै छ,’ उनले भनिन्, ‘यस्तो अवस्थाको सामना गर्नुपर्ने अवस्था छ, अक्सिजनकै लागि दौडधुप गर्नुपरिरहेको छ।’ नेपाल लाईभ

Previous Post

मेयर रेणु दाहालको महानगरमा एउटा शव जलाएको २८ हजार रुपैयाँ

Next Post

मुख्यमन्त्री भट्टलाई कोरोना पुष्टी, यस्तो छ अवस्था

Next Post

मुख्यमन्त्री भट्टलाई कोरोना पुष्टी, यस्तो छ अवस्था

Discussion about this post

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया एकेडेमी प्रा.लि. विनायकको व्यवस्थापनमा सञ्चालन भइरहेको PublicDristi.com नेपाली भाषामा प्रकाशित हुने विश्वसनीय डिजिटल अनलाइन समाचार पोर्टल हो।
Email: publicdristi@gmail.com
Phone: 9769843698

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम

साइट नेभिगेसन

कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज साामााजिक सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Public Dristi| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Public Dristi| With ❤️ by Webpal