Public Dristi
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Public Dristi
No Result
View All Result

मेयर रेणु दाहालको महानगरमा एउटा शव जलाएको २८ हजार रुपैयाँ

Public Dristi by Public Dristi
मे 17, 2021
in समाज
6
0
5
SHARES
8
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको गृहजिल्ला हो चितवन। यहाँको प्रमुख भरतपुर महानगरपालिकाको मेयर छिन रेणु दाहाल । जो प्रचण्डकी छोरी हुन्। कोरोना महामारीमा संक्रमितलाई सहज उपचार, अस्तपताल, आइसोलेसन र निःशुल्क दाहसंस्कारको व्यवस्था मिलाउनु जनप्रतिनिधिको दायित्व हो। यो रेणु दाहालको पनि दायित्व हो। तर, उनकै महानगरमा मृत्युको संस्कारमा ब्रम्हलुट गरेको खुलेको छ।

महानगर अन्तर्गतको देवघाटस्थित दियालो बंगलानजिक नारायणी नदी किनारमा संक्रमितको शव जलाउन ठाउँमा एउटा शव जलाएको २८ हजार रुपैयाँ लिने गरेको पाइएको छ।मृत्युपछिको मानवीय पीडा र संवेदना बिर्सिएर महानगर लासबाट समेत असुलीमा लागेको पाइएको छ।

यसको भुक्तभोगी भरतपुर महानगरपालिका–१ रामनगरका केशव रिमाल पैसा नहुने मान्छेले के गर्लान भनि आक्रोश पोख्छन्। कोरोनाबाट निधन भएका आफन्तको दाहसंस्कारमा सहभागी हुन घाट पुगेका उनले शव जलाउँदै गर्दा शुल्क बापत २८ हजार रुपैयाँ मागेको देखे।

घाट जान पैसा बोकिएको थिएन। सबैसँग मागेर काम चलाइयो। आफन्त वित्नुको पीडा, दाहसंस्कार गर्नुको पीडा त छँदैथियो त्यसमाथि शुल्कको पीडा पनि थपियो। रिमाल र उनका आफन्तलाई यति शुल्क लाग्छ भन्ने जानकारी थिएन। अस्पतालबाट निस्केको मान्छे घाटमा पुग्दा सबैसँग पैसा नै हुन्छ भन्ने पनि हुँदैन।

त्यसमाथि सक्नेले त २८ हजार रुपैयाँ पनि सजिलै तिर्लान्, नहुनेका लागि त यो रकम धेरै हो रिमालको नजरमा। उनले यसलाई घटाउन माग गरे। बढिमा १० हजार भन्दा बढी नलाग्नेमा चर्को असुली भइरहेको उनको गुनासो छ। चितवनका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले पनि बढि शुल्क लिइरहेको गुनासो आएको भन्दै कसरी घटाउने भन्नेबारे छलफल गरिरहेको बताए।

Previous Post

मदन–आश्रितकाे नाममा स्वार्थकाे रोटी सेक्न छोडौं : डा भट्टराई

Next Post

यहाँ आएपछि त म धेरै ठीक भइसके, बोल्न सक्छु,आचार्यले हातै जोडेर आफ्नो कुरा सुनिदिन आग्रह

Next Post

यहाँ आएपछि त म धेरै ठीक भइसके, बोल्न सक्छु,आचार्यले हातै जोडेर आफ्नो कुरा सुनिदिन आग्रह

Discussion about this post

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया एकेडेमी प्रा.लि. विनायकको व्यवस्थापनमा सञ्चालन भइरहेको PublicDristi.com नेपाली भाषामा प्रकाशित हुने विश्वसनीय डिजिटल अनलाइन समाचार पोर्टल हो।
Email: publicdristi@gmail.com
Phone: 9769843698

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम

साइट नेभिगेसन

कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज साामााजिक सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Public Dristi| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Public Dristi| With ❤️ by Webpal