Public Dristi
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Public Dristi
No Result
View All Result

महिलाहरूका लागि मानसिक स्वास्थ्य तथा क्षमता विकास अभिमुखीकरण सम्पन्न

Public Dristi by Public Dristi
मे 10, 2026
in स्तानिय समचार
13
0
10
SHARES
16
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

पञ्चदेवल विनायक नगरपालिका वडा नं १ स्थित देवलक्ष्मी सामुदायिक सिकाइ केन्द्रको आयोजनामा महिलाहरूको क्षमता विकास तथा मानसिक स्वास्थ्य सम्बन्धी १ दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।

सशक्त महिला, स्वस्थ मन, समृद्ध समाज भन्ने मूल नाराका साथ सञ्चालन गरिएको कार्यक्रमले महिला सशक्तीकरण, मानसिक स्वास्थ्य सचेतना तथा सामाजिक समावेशीकरणका विषयलाई प्राथमिकतामा राखेको थियो।

कार्यक्रमको पहिलो दिन पञ्चदेवल बिनायक नगरपालिका वडा नं १ का अमरसैन टोल र देउडाडा पहिलो दिन र दोस्रो दिन वडा नं १ का ३ वटा महिला समूहका सदस्यहरू, महिला स्वास्थ्य स्वयंसेविका, विद्यार्थी तथा स्थानीय सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

अभिमुखीकरणमा विशेषगरी लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण स्वास्थ्यको महत्व, तनाव व्यवस्थापन तथा समाजमा बढ्दो आत्महत्या न्यूनीकरणका उपायहरूबारे विस्तृत छलफल गरिएको आयोजकले जनाएको छ।

सहभागीहरूले यस्ता कार्यक्रमले महिलाहरूलाई आत्मविश्वासी, सचेत र सामाजिक रूपमा सक्रिय बन्न प्रेरणा मिलेको बताएका थिए।

कार्यक्रममा मानसिक स्वास्थ्यलाई परिवार र समाजसँग प्रत्यक्ष जोडिएको विषयका रूपमा व्याख्या गर्दै समयमै सचेतना र सहकार्य आवश्यक रहेकोमा जोड दिइएको थियो। कार्यक्रमको सहजीकरण सञ्जय न्यौपाने र हंसराज अधिकारीले गर्नुभएको थियो।

आयोजक देवलक्ष्मी सामुदायिक सिकाइ केन्द्रले आगामी दिनहरूमा पनि महिला सशक्तीकरण, सामाजिक जागरण तथा स्वास्थ्य सचेतनासम्बन्धी कार्यक्रमहरूलाई निरन्तरता दिने सामुदायिक सिकाई केन्द्रका सहजकर्ता जिता कुमारी उपाध्याय ले जानकारी दिनु भएको छ ।

Previous Post

पञ्चदेवल क्याम्पसको अध्यक्षमा टंक बहादुर धामी पुनः सर्वसम्मत निर्वाचित

Discussion about this post

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया एकेडेमी प्रा.लि. विनायकको व्यवस्थापनमा सञ्चालन भइरहेको PublicDristi.com नेपाली भाषामा प्रकाशित हुने विश्वसनीय डिजिटल अनलाइन समाचार पोर्टल हो।
Email: publicdristi@gmail.com
Phone: 9769843698

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम

साइट नेभिगेसन

कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज साामााजिक सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Public Dristi| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Public Dristi| With ❤️ by Webpal