Public Dristi
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Public Dristi
No Result
View All Result

युवा संजालको अध्यक्षमा सागर देवकोटाको उम्मेदवारी, सार्वजनिक गरे ५ बुँदे मुख्य प्रतिबद्धता

Public Dristi by Public Dristi
जुलाई 4, 2026
in राजनीति
86
0
67
SHARES
108
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714


​अछाम, २०८३।
पञ्चदेवल विनायक नगरपालिका, अछामका युवा नेता सागर देवकोटाले युवा संजालको अध्यक्ष पदका लागि आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको छ ।

“युवा नेतृत्व, समृद्ध समाजको आधार” भन्ने संकल्पका साथ चुनावी मैदानमा उत्रिनुभएका देवकोटाले युवाहरूको हक, हित र नगरको रूपान्तरणका लागि आफ्नो मुख्य ५ बुँदे प्रतिबद्धता पत्र समेत सार्वजनिक गर्नुभएको छ।


​युवा संजालको नेतृत्व र आवाज बन्ने अठोटका साथ अघि बढ्नुभएका उम्मेदवार देवकोटाले सार्वजनिक गर्नुभएका मुख्य प्रतिबद्धताहरू यसप्रकार रहेका छन्:
​बजेट पारदर्शिता र खुला छलफल: युवाहरूको क्षेत्रमा मुख्यमन्त्री कार्यालयबाट विनियोजित हुने बजेट कुन-कुन क्षेत्रमा कसरी खर्च भयो, त्यसको क्षेत्रगत खर्च विवरण सार्वजनिक गरी युवाहरू माझ पारदर्शी र खुला छलफल चलाउने ।


​तालिम र सुनिश्चित स्वरोजगार: विभिन्न सरकारी तथा गैरसरकारी कार्यक्रमहरूबाट तालिम प्राप्त गरिसकेका सम्पूर्ण युवाहरूको अवस्था र रुचिको वर्गीकरण गरी उनीहरूलाई स्थानीय स्तरमै स्वरोजगारको सुनिश्चित अवसर सिर्जना गर्न ठोस प्रयत्न गर्ने ।


​सशक्त नेतृत्व र निरन्तर खबरदारी: युवा संजालको तर्फबाट सबल नेतृत्वदायी भूमिका निर्वाह गर्दै युवाका समसामयिक सवाल, आवश्यकता र अधिकारका पक्षमा सम्बन्धित निकायहरूमा निरन्तर खबरदारी गर्ने ।


​युवा क्षेत्रमा बजेट सुनिश्चितता: स्थानीय तथा प्रदेश तहमा युवा लक्षित उद्यमशीलता, नवीन व्यवसाय र क्षमता विकासका क्षेत्रमा पर्याप्त बजेट विनियोजन गराउनका लागि प्रभावकारी पहल गर्ने ।


​युवा प्रोत्साहन तथा रचनात्मक कार्यक्रम: नगरभित्रका युवाहरूको लुकेको प्रतिभा पहिचान गर्ने, खेलकुद क्षेत्रको प्रवर्द्धन गर्ने र युवाहरूलाई रचनात्मक विकासतर्फ आकर्षित गर्न विभिन्न सचेतनामूलक तथा प्रोत्साहनका कार्यक्रमहरू सञ्चालन गर्ने ।


​पञ्चदेवल विनायक नगरपालिकाका युवाहरू माझ लोकप्रीय र उर्जावान् चेहराका रूपमा चिनिनुहुने देवकोटाले सक्षम युवा र समृद्ध नगर निर्माणका लागि आफ्नो उम्मेदवारी रहेको बताउँदै सम्पूर्ण युवा तथा सरोकारवालाहरूलाई अमूल्य मत दिई विजयी गराउन हार्दिक अपिल समेत गर्नुभएको छ।

Previous Post

महिलाहरूका लागि मानसिक स्वास्थ्य तथा क्षमता विकास अभिमुखीकरण सम्पन्न

Discussion about this post

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया एकेडेमी प्रा.लि. विनायकको व्यवस्थापनमा सञ्चालन भइरहेको PublicDristi.com नेपाली भाषामा प्रकाशित हुने विश्वसनीय डिजिटल अनलाइन समाचार पोर्टल हो।
Email: publicdristi@gmail.com
Phone: 9769843698

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम

साइट नेभिगेसन

कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज साामााजिक सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Public Dristi| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Public Dristi| With ❤️ by Webpal