Public Dristi
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Public Dristi
No Result
View All Result

अझै तंग्रिएन सार्वजनिक यातायात-उड्न र गुड्न उस्तै भाडा

Public Dristi by Public Dristi
अप्रिल 24, 2021
in विचार
2
0
2
SHARES
3
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

कोरोना महामारीबाट सबैभन्दा प्रभावित क्षेत्रमा पर्यटनपछि दोस्रो स्थानमा आउँछ, सार्वजनिक यातायात। सरकारले कोभिड–१९ को नियन्त्रण र रोकथामका लागि २०७६ चैत ११ बाट लकडाउन घोषणा गरेसँगै सार्वजनिक यातायातको दुरवस्थाका दिन सुरु भएका थिए। कोभिड महामारीले वर्ष दिन नाघिसकेको छ। यसबीचमा प्रभावित धेरै उद्योग व्यवसाय बामे सर्न थालेका छन्। पर्यटन, साना तथा मझौला उद्योगसँगै यातायात क्षेत्र पनि अझै उठ्न सकेको छैन।

सार्वजनिक यातायात क्षेत्रमा मात्र निजी क्षेत्रबाट करिब १० खर्ब रूपैयाँ लगानी भएको छ भने ११ लाखभन्दा बढी मजदुर आश्रित छन्। यातायात मजदुर तथा सञ्चालकको दैनिकी यही सेवा सञ्चालन गरेर आउने आम्दानीले टर्दै आइरहेको छ। बिहानदेखि बेलुकासम्म सार्वजनिक यातायात चलाएर आउने आम्दानीले जीवन गुजारा गर्दै आएका छन्। सरकारले कोभिडका कारण तीन महिना लामो लकडाउन गरेपछि सार्वजनिक यातायात ठप्प रह्यो। तीन महिनापछि सरकारले यातायात सञ्चालनमा ल्याए पनि पुरानै अवस्थामा फर्किन सकेको छैन। यसका प्रमुख रूपमा चारपाँच कारण छन्।

पहिलो कारण हो, कोरोना सर्ने त्रासका कारण सर्वसाधारण सार्वजनिक यातायातमा चढ्न नचाहनु। कोरोना काल एक वर्ष भए पनि सर्वसाधारणमा महामारीको त्रास अझै हटेको छैन। कोभिड सर्ने डर नहटेका कारण सर्वसाधारण सकेसम्म घरैबाटै निस्कँदैनन्। निस्कनै परे उपाय भएसम्म सार्वजनिक यातायातमा चढदैनन्। यसबीचमा सीप र धन भएकाहरूले गच्छेअनुसार सवारीसाधन किनेर चढिरहेका छन्। यिनै कारण विगतमा जस्तो सार्वजनिक यातायातमा यात्रुको चाप छैन। अहिले बिहान र बेलुकाको कार्यालय समयभन्दा अघिपछिका कुनै समयमा पनि सार्वजनिक यातायातका साधनमा सिट भरिएको देखिँदैन। लामो दूरीका बसले अवस्था पनि यस्तै छ।

यही कारण व्यवसायीले सार्वजनिक यातायाततर्फ लगानी गर्न हिच्किचाएको अवस्था छ। विगतमा रुट परमिट लिएर सञ्चालनमा रहेका थोत्रा बस किन्दा पनि मूल्य चर्को तिर्नुपथ्र्यो। अहिले सस्तोमा दिँदा पनि नयाँ बस खरिद गर्ने कोही छैनन्। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौला कोभिड–१९ ले थला परेको सार्वजनिक यातायातको दुरवस्था अझै पनि अन्त्य नभएको बताउँछन्।

‘कोरोना कहरबाट सार्वजनिक यातायात अझै पनि बाहिर निस्किन सकेको छैन,’ उनले भने, ‘फेरि पनि कोरोनाको दोस्रो लहर आउने चरणमा छ। फेरि कति बेला लकडाउन हुने हो भन्नेमा संशय कायमै छ।’ कोभिडका कारणले लामो दूरीका सवारीसाधन तथा छोटो दूरीका यात्रु संख्या घटेको उनले जानकारी दिए। महासचिव सिटौला सहरी क्षेत्रमा सार्वजनिक सवारीसाधन पूर्ण रूपमा चले पनि लामो दूरीमा ८० प्रतिशत मात्र गुडेको बताउँछन्। ‘कोभिड–१९ ले १० खर्बको लगानी भएको यातायात क्षेत्र झण्डै सात महिना ठप्पजस्तै भएको थियो,’ उनले भने, ‘अहिले सार्वजनिक यातायात खुले पनि पहिलाको जस्तो कमाइ छैन।’

महासचिव सिटौला सार्वजनिक यातायातमा कोरोना फैलिन्छ भन्ने नकारात्मक मनोविज्ञानका कारणले यात्रुको रोजाइमा पर्न छाडेको बताउँछन्। कोभिड अन्त हुने निश्चित समय कसैले भन्न सकेको छैन। यही कारण व्यवसायीले यातायातमा लगानी गर्न डराइरहेको अवस्था छ। अघिल्ला वर्षमा वार्षिक दुई हजारभन्दा धेरै ठूला सार्वजनिक बस खरिद हुने गरेकामा चालु आर्थिक वर्षमा ५ देखि १० प्रतिशत मात्रै बस आयात हुने अनुमान महासंघको छ। सिटौलाका अनुसार कोभिड–१९ को प्रभाव केही कम भएको बेला बदलिँदो राजनीतिक परिवेशले लगानी गर्न समस्या परेको छ। राजनीतिक अन्योल कायमै रहँदा लगानीकर्तामा ढुक्क भएर लगानी गर्ने आत्मविश्वास बनिसकेको छैन।

व्यवसायीले लकडाउन घोषणा भएको दिनदेखि नै सवारीसाधनलाई घर तथा ग्यारेन्जमा थन्काएका थिए। तीन महिनामा सार्वजनिक यातायातले एक रूपैयाँ पनि आम्दानी गर्न सकेनन्। यो अवधिको बैंक ब्याज भने बढिरह्यो। अहिले सार्वजनिक यातायातका सञ्चालकले बैंक ऋणको ब्याज तिर्न सकेका छैनन्। यो क्षेत्रमा लगानी भएको १० खर्ब रूपैयाँमध्ये ७० प्रतिशत बैंक तथा वित्तीय संस्थाबाट ऋण प्रवाह भएको छ। व्यवसायी समस्यामा परे बैंक तथा वित्तीय संस्थामा पनि समस्या देखिन सुरु हुनेछ।

मुलुकभर ४ लाखभन्दा धेरै सार्वजनिक यातायातका साधन चल्छन्। आर्थिक वर्ष २०७६÷७७ को फागुन मसान्तसम्म मुलुकभर ३८ लाख २३ हजार १ सय सवारीसाधन यातायात व्यवस्था विभागमा दर्ता भएका छन्। २०७६÷७७ को आर्थिक सर्वेक्षणअनुसार कुल सवारीसाधनमध्ये ७८।८ प्रतिशत दुईपांग्रे, ७।१ प्रतिशत कार, जिप÷भ्यान र अन्य सवारीसाधन १४।१ प्रतिशत छन्।

दुईपांग्रेमा आकर्षण

कोभिडको समयमा सार्वजनिक यातायात थलिएको बेला दुईपांग्रे सवारीसाधन भने थपिएका छन्। यसको व्यापार पनि व्यवासायीले सोचेभन्दा बढेको छ। सार्वजनिक यातायात अहिले माथि उठ्न नसक्नुमा अर्को प्रमुख कारण सर्वसाधारणको दुई र चारपांग्रेप्रतिको आकर्षण हो।

अहिले कोभिड सर्ने डरले सर्वसाधारण सार्वजनिक यातायातमा चढ्न गाह्रो मान्ने अवस्था बनेको छ। पहिलो चरणको तीन महिनाको कडा खालको लकडाउन खुकुलो भएपछि सार्वजनिक यातायात चढ्ने कामकाजी अहिले दुईपांग्रे मोटरसाइकल तथा स्कुटरतर्फ आकर्षित भएको देखिएको छ। सार्वजनिक यातायातमा यात्रुको भिडभाड र कोभिडको जोखिम अत्यधिक हुने भएकाले क्षमता भएका सर्वसाधारणले दुई तथा चारपांग्रे सवारीसाधन खरिद गरेर प्रयोगमा ल्याएका छन्। निजी सवारीसाधन खरिद गर्न नसक्ने सर्वसाधारण भने राइडिङ सेयरिङ एप्समा आधारित पठाओ, टुटलजस्ता सेवातर्फ आकर्षित भएको देखिन्छ। अहिले उपत्यकाको सडकमा विगतका वर्षमा भन्दा दुईपांग्रे सवारीसाधनको भिडभाड बढी छ।

भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको आठ महिनामा २ लाख ३१ हजार ३ सय थान दुईपांग्रे सवारीसाधन आयात भएको छ। यही समयमा १९ हजार १ सय ४ पटा चारपांग्रे सवारीसाधन आयात गरिएको छ। विभागका अनुसार दुईपांग्रे सवारीसाधन खरिदमा २१ अर्ब ५४ करोड रूपैयाँ र चारपांग्रे सवारीसाधन किन्न २२ अर्ब २८ करोड रूपैयाँ खर्च गरिएको छ। अटोमोबाइल एसोसिएसन अफ नेपाल ९नाडा० का अध्यक्ष कृष्णप्रसाद दुलालले कोभिड–१९ पछि दुईपांग्रे र कारको बिक्री ह्वात्तै बढेको बताए। ‘कोभिडको समयमा दुईपांग्रे सवारीसाधनको बिक्री ह्वात्तै बढेको छ,’ उनले भने, ‘कारको व्यापार पनि राम्रै छ।’

अध्यक्ष दुलालले अटोमोबाइलको व्यापार पहिलाकै अवस्थामा फर्किसकेको बताए। ‘समग्रमा अटोमोबाइलको व्यापार पहिलाकै लयमा फर्किसकेको छ,’ उनले भने, ‘बस र ट्रकबाहेक अन्य सवारीसाधनको व्यापार ह्वात्तै बढेको छ।’ अध्यक्ष दुलालले दुईपांग्रे सवारीसाधनको बिक्री गत वर्षको तुलनामा ५० प्रतिशतले वृद्धि भएको दाबी गरे।

सरकारले कोभिड–१९ नियन्त्रण तथा रोकथामका लागि गत चैत ११ देखि साउन पहिलो साता र भदौमा पुनः लकडाउन गरेको थियो। जसले गर्दा लामो दूरीका सवारीसाधन भदौ मसान्तसम्म ठप्प नै रह्यो। सरकारले असोज १ देखि सामाजिक दूरी कायम गरेर सार्वजनिक यातायात खोल्ने निर्णय गरेसँगै बजारमा केही रूपमा चहलपहल देखिन थालेको थियो।

उड्न र गुड्न उस्तै भाडा

सार्वजनिक यातायात उठ्न नसकेको अर्को कारण उड्ने र गुड्ने भाडा लगभग उस्तै हो। अहिले लामो दूरीको हवाई यातायात र सार्वजनिक यातायातको भाडा लगभग उस्ताउस्तै छ। यही कारण सर्वसाधारण लामो दूरीको यात्रामा सार्वजनिक यातायातभन्दा हवाई यातायाततर्फ आकर्षित भएको देखिन्छन्। निजी क्षेत्रको एयरलाइन्स कम्पनी यती एयरलाइन्सले नयाँ वर्ष २०७८ को अवसर भन्दै काठमाडौं–पोखरा हवाई यात्राको भाडादर १ हजार ७८ रूपैयाँ तोकेको छ। यस्तै काठमाडौं भैरहवा १६ सय ७८, काठमाडौं विराटनगर २ हजार ७८ र काठमाडौं–नेपालगन्जका लागि २ हजार ९ सय ७८ रूपैयाँ हवाई भाडा तोकिएको छ।

अन्य हवाई कम्पनीको भाडादर पनि यतीको भन्दा खासै भिन्न छैन। जबकि काठमाडौं–नेपालगन्जको साधारण बस भाडा १ हजार २५ रूपैयाँ छ। एसी तथा डिलक्स बसले सरकारले तोकेको भाडादरमा २० प्रतिशतसम्म बढी लिन पाउँछन्। यी गन्तव्यमा पुग्न दिनभर यात्रा गर्नुपर्ने र त्यसबीचमा खाना तथा खाजामा गर्नुपर्ने खर्च जोड्ने हो भने हवाई यात्राको खर्च बढी पर्ने देखिँदैन। यही कारण अहिले धेरै सर्वसाधारणको रोजाई हवाई यात्रा परेको छ। यसको असर सार्वजनिक यातायातले भोग्नुपरेको छ।

Previous Post

जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, १६ जना घाइते

Next Post

दैनिक उपभाेग्य वस्तुमा कृतिम अभाव हुन नदिन अनुगमन गरिने

Next Post

दैनिक उपभाेग्य वस्तुमा कृतिम अभाव हुन नदिन अनुगमन गरिने

Discussion about this post

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया एकेडेमी प्रा.लि. विनायकको व्यवस्थापनमा सञ्चालन भइरहेको PublicDristi.com नेपाली भाषामा प्रकाशित हुने विश्वसनीय डिजिटल अनलाइन समाचार पोर्टल हो।
Email: publicdristi@gmail.com
Phone: 9769843698

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम

साइट नेभिगेसन

कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज साामााजिक सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Public Dristi| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Public Dristi| With ❤️ by Webpal