Public Dristi
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Public Dristi
No Result
View All Result

भवन निर्माण प्रक्रिया छिट्टै सुरु हुन्छ : नवनिर्वाचित अध्यक्ष खत्री-

Public Dristi by Public Dristi
अप्रिल 9, 2021
in साामााजिक
2
0
1
SHARES
2
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

अछाम । नेपाल पत्रकार महासंघ अछामका नव निर्वाचित अध्यक्ष खम्म खत्रीले आफ्नो कार्यकालमा महासंघ अछामको भवन निर्माण सम्पन्न गर्ने प्रतिवद्धता जनाएका छन् । निर्वाचित कार्यसमिती घोषणा सभा पदभार ग्रहण कार्यक्रममा बोल्दै अध्यक्ष खत्रीले तत्काल भव निर्माणको प्रक्रिया सुरु गरिने बताएका हुन् ।

अध्यक्ष खत्रीले तत्काल कार्यालय स्थापना गरी महासंघको काम कारबाही अगाडी बढाईने बताए । जिल्ला सदरमुकाम मंगलसेनमा कार्यलयको व्यावस्थापन लगायतका काम पहिलो चरणमा सक्ने लक्ष्य रहेको उनले बताए । पत्रकारको बृद्धि विकास, संचारगृहका समस्या, व्यावसायिक पत्रकारीता संगै समाज परिर्वतनका लागि कार्य समिती सधैँ क्रियाशिल रहने उनको उद्घोष छ । आफ्नो टिमलाई विजयी गराउने सबै सदस्यहरुलाई उनले धन्यवाद दिएका छन् ।

निर्वाचित पदाधिकारीको घोषणा सभा तथा प्रमाण पत्र वितरण कार्यक्रमका प्रमुख अथिति जिल्ला समन्वय समिती अछामका प्रमुख नर बहादुर कुवँरले समाजको ऐनाका रुपमा पत्रकारले काम गर्नु पर्ने बताए । समाजका विकृती विसंगती बिरुद्ध बुलन्द आवाज उठाउने अभिभार पत्रकारहरुको रहेको भन्दै कुवँरले सोही अनुसार काम गर्ने महासंघलाई सुझाब दिएका छन् ।

जिल्ला समन्वय समितीका उपप्रमुख टोप बहादुर रावलले पत्रकारले जनताको आवाज बोल्नु पर्नेमा जोड दिए । यस्तै तुर्माखाँद गाँउपालिकाका अध्यक्ष पुष्पराज शर्माले राज्यको चौँथो अंगका रुपमा रहेको संचार जगतले सोही बमोजिम काम गर्नु पर्ने बताए । आफु जहिले पनि महासंघलाई साथ र सहयोग गर्न प्रतिवद्ध रहेको उनले बताए ।

नेपाल पत्रकार महासंघका संस्थापक अध्यक्ष एवंव बर्तमान सल्लाहकार बेदप्रकाश तिमिल्सैनाले नयाँ कार्य समितीलाई बधाई तथा शुभकामना दिदैँ आफ्नो कार्यकालमा उत्कृष्ट काम गरेर देखाउन आग्रह गरे । महासंघ अछाममा पहिलो पटक क्रियाशिल र जुझारु टिम आएको भन्दै तिमिल्सैनाले यसपटक जिल्लामा राम्रो प्रभाव पार्न सक्नुपर्ने उनको भनाई थियो ।

एक अर्को प्रसंगमा बोल्दै तिमिल्सैनाले पत्रकार जहिले पनि स्थायी प्रतिपक्ष हुनुपर्ने औल्याए । समाजमा हरेक क्षेत्रमा हुने विभिन्न राम्रा नराम्रा कुराको वकालत गर्दै जनता साुम छर्लगं पार्ने काम पत्रकारको भएकोले त्यस तर्फ जोड दिनुपर्ने उनको भनाई थियो । जिल्लाका गुणात्मक रुपमा पत्रकारीताको बृद्धि विकास गर्न तर्फ शाखा क्रियाशिल हुनुपर्नेमा उनको जोड थियो ।

निर्वाचन समितीका संयोजक रामबहादुर कुवँरको अध्यक्षतामा भएको घोषणा सभामा पूर्व अध्यक्ष जनकराज भण्डारी, प्रदेश सदस्य नरेन्द्र रावल, प्रेस युनियनका पूर्व अध्यक्ष यज्ञराज ढुंगाना, वर्तमान अध्यक्ष टंकप्रसाद रिमाल लगायतको सहभागती रहेको थियो । कार्यक्रममा नव निर्वाचित पदाधिकारीलाई खादा अविर र प्रमाण पत्र वितरण गरिएको थियो ।

शाखाको पहिलो बैठकद्धारा धन्यवाद ज्ञापन ।

यसै विच नेपाल पत्रकार महासंघ अछामको पहिलो बैठक सम्पन्न भएको छ । शाखा अध्यक्ष खम्म सिंह खत्रीको अध्यक्षतामा बसेको बैठकले निर्वाचन सफलतापूर्वक सम्मन्न गर्न महत्वपूर्ण भुमिका खेल्ने सबैलाई धन्यवाद ज्ञापन गरेको छ । बैठकले निर्वाचन समितीका संयोजक रामबहादुर कुवँर, सदस्य मातृका भण्डारी, गणेश प्रसाद ढुंगाना, सुरक्षा निकाय तथा प्रेस संगठनका प्रतिनिधीलाई धन्यवाद ज्ञापन गरेको सचिव पूर्ण बहादुर खड्काले बताए ।

महाससंघ अछाममा युनियनको एकल वच्र्चश्व ।

नेपाल पत्रकार महासंघ अछामको ५ औँ शाखा अधिबेशन बाट खम्म सिहं खत्रीको नेतृत्वको टिम विजयी भएको छ । बाम गठबन्धनका साझा उम्मेद्धार शिवराज ढुंगानालाई पराजित गर्दै खत्री समुहको प्यानल विजयी भएको हो ।

१ सय १ मतले अध्यक्षमा खत्री, १ सय ४ मतका साथ उपाध्यक्षमा गीता कुवँर, ८५ मतका साथ उपाध्यक्षमा रमेश रावत, ९० मतका साथ सचिवमा पूर्ण बहादुर खड्का, ९० मतका साथ सहसचिवमा सरिता खड्का, ८५ मतका साथ सहसचिवमा नमराज भण्डारी र ९१ मतका साथ कोषाध्यक्षमा भवानी प्रसाद भण्डारी विजयी भएका छन् ।

यस्तै सदस्यहरुमा युनियनका पवित्रा खड्का, शुशिल बटाला, राकेश ताम्राकार, हिक्मेन्द्र माझी निर्विरोध, तारामान खड्का, दिनेश केसी, सागर देवकोटा, सुवास अधिकारी विजयी भएका छन् भने प्रेस चोतारीबाट टिकेन्द्र भण्डारी र शंकर थापाले जित हासिल गरेका छन् ।

प्रदेश परिषद सदस्यमा यूनियनका ८ र बाम गठबन्धनका ३ जना निर्विरोध निर्वाचित भएका थिए भने राष्टिय परिषद सदस्यमा चारै जना प्रेस यूनियनको तर्फबाट बिजयी भएका थिए । सुदूर आज बाट साभार

Previous Post

अछामको एक घर आगलागीबाट ध्वस्त

Next Post

छिमेकीको कुटाइबाट दलितको ज्यान गयो

Next Post

छिमेकीको कुटाइबाट दलितको ज्यान गयो

Discussion about this post

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया एकेडेमी प्रा.लि. विनायकको व्यवस्थापनमा सञ्चालन भइरहेको PublicDristi.com नेपाली भाषामा प्रकाशित हुने विश्वसनीय डिजिटल अनलाइन समाचार पोर्टल हो।
Email: publicdristi@gmail.com
Phone: 9769843698

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम

साइट नेभिगेसन

कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज साामााजिक सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Public Dristi| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Public Dristi| With ❤️ by Webpal