Public Dristi
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Public Dristi
No Result
View All Result

छिमेकीको कुटाइबाट दलितको ज्यान गयो

Public Dristi by Public Dristi
अप्रिल 10, 2021
in विशेष
2
0
1
SHARES
2
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714


जातीय दुर्व्यवहार गर्दै एक गैरदलितले निर्घात कुटपिट गर्दा झापामा एक दलितको ज्यान गएको छ । गैरदलित छिमेकीको कुटाइबाट कन्काई– ५ टेक्रास्थित दार्जेलिङ टोलका ५७ वर्षीय बलबहादुर विश्वकर्माको मृत्यु भएको हो ।

आर्थिक रूपमा विपन्न बलबहादुरलाई छिमेकी मोहन घिमिरेले गत सोमबार निर्घात कुटेका थिए । गम्भीर घाइते भएका विश्वकर्माको उपचारका क्रममा बिहीबार राति मृत्यु भएको हो । जातीय विभेदकै कारण घटना भएको पीडित परिवार र छिमेकीको भनाइ छ ।

घिमिरे परिवारले विगतदेखि नै आफ्ना बाबुलाई जातीय दुव्र्यवहार गर्दै आएको छोरी कञ्चनले बताइन् । आर्थिक रूपमा कमजोर विश्वकर्मा परिवार सामाजिक रूपमा पनि बहिष्कृत थिए । ‘सानो जातको भनेर हामीलाई सधैँ गाली गर्ने, हेप्ने गर्थे,’ उनले नयाँ पत्रिकासँग भनिन्, ‘हाम्रो बुबा सोमबार मातेर सुतिरहनु भएको थियो । सुतिरहेको ठाउँमा आएर मोहन घिमिरे कुट्न खोजे । हामीले मिलाएर पठायौँ । पछि बुबा आफूलाई हेपेको विषयमा कुरा गर्न जानुभयो । त्यसपछि उहाँलाई कुटे । बुबाले प्रतिकार गर्न सक्नुभएन ।’

दृष्टिविहीन पत्नीका दुःख थपिए
पति बलबहादुरको ज्यान गएपछि पत्नी मुना ठूलो सन्तापमा छिन् । उनी दुवै आँखा देख्दिनन् । घिमिरे परिवारले विगतदेखि नै आफूहरूमाथि जातीय विभेद गर्दै आएको उनले बताइन् । ‘मोहन र उनको परिवारका सदस्यले हामीलाई सधैँ दलित भनेर हेप्दै आएका थिए । श्रीमान्लाई पनि सधैँ कुट्न झम्टन्थे,’ उनले भनिन्, ‘दुई वर्षअघि रक्सी खाएर हल्ला गरिस् भन्दै मलाई बाँधेर गोबर खुवाएका थिए । अहिले मेरो बुढालाई मारे ।’

५७ वर्षीय बलबहादुरले दैनिक ज्याला–मजदुरी गरेर परिवार पालेका थिए । उनको घर फुसले बारेको र फुसले नै छाएको छ । बर्खामा उनको घरमा ओत लाग्ने ठाउँ हुँदैन । न्याय नपाइने हो कि भन्ने चिन्तासँगै श्रीमान्को ज्यान गएपछि अब कसरी परिवार चलाउने भन्ने ठूलो पिरलो मुनालाई थपिएको छ ।

छिमेकी भन्छन्– सधैँ विभेद गर्थे, अहिले ज्यानै लिए
घाइते उनलाई उपचारका लागि लैजान पनि मोहनको परिवारले बेवास्ता गरेको छिमेकी कविता विश्वकर्माले बताइन् । ‘कुटपिटपछि उहाँ घाइते हुनुभएको थियो । मोहनकी छोरीले मेरो बुबाले एक लात्ता हान्दा मर्छ भने मरोस् भन्दै बेवास्ता गर्दा समयमा उपचार हुन सकेन । ढिलो अस्पताल पुर्‍याउँदा उहाँको मृत्यु भयो,’ उनले भने ।

गाउँमा सधैँ उनीमाथि विभेद हुने गरेको कविताले बताइन् । ‘गरिब हुनुहुन्थ्यो । घर पनि झुप्रो छ । जात पनि मिलेन । सधैँ यी कामीका सन्तानलाई नमारी छाड्दिनँ भन्नुहुन्थ्यो । आज मारेरै छाड्नुभयो,’ उनले भनिन् । अर्की छिमेकी अञ्जली विश्वकर्माले पनि मोहनको कुटपिटबाटै बलबहादुरको ज्यान गएको बताइन् । ‘कुटेको हामीले पनि देखेका थियौँ । कुटेर लडाएपछि निकैबेरसम्म उहाँ उठ्न सक्नुभएन । अनावश्यक विवादमा परिने हो कि भनेर हामी हेर्न जान डरायौँ, तर उहाँको त्यही कुटाइले ज्यान गयो,’ अञ्जलीले नयाँ पत्रिकासँग भनिन् ।

प्रहरी भन्छ– पोस्टमार्टम रिपोर्ट कुर्दै छौँ
बलबहादुरको शव अझै परिवारले बुझेको छैन । उनको शव बिर्तामोडस्थित बिर्तासिटी अस्पतालमा छ । घटना सार्वजनिक भएपछि प्रहरीले मोहनलाई पक्राउ गरेको छ । ‘घटना शंकास्पद छ । झगडा हुँदा भएको कुटपिटले मृत्यु भएको हो कि के हो भन्ने छानबिन गर्दै छौँ,’ जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राकेश थापाले भने, ‘पोस्टमार्टम रिपोर्ट आएपछि मात्र के भएको हो भन्ने स्पष्ट हुन्छ ।’

Previous Post

भवन निर्माण प्रक्रिया छिट्टै सुरु हुन्छ : नवनिर्वाचित अध्यक्ष खत्री-

Next Post

बिश्व हिन्दु युवा सँघ को मेल्लेख गाउँपालिका स्तरिय समिति गठन

Next Post

बिश्व हिन्दु युवा सँघ को मेल्लेख गाउँपालिका स्तरिय समिति गठन

Discussion about this post

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया एकेडेमी प्रा.लि. विनायकको व्यवस्थापनमा सञ्चालन भइरहेको PublicDristi.com नेपाली भाषामा प्रकाशित हुने विश्वसनीय डिजिटल अनलाइन समाचार पोर्टल हो।
Email: publicdristi@gmail.com
Phone: 9769843698

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम

साइट नेभिगेसन

कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज साामााजिक सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Public Dristi| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Public Dristi| With ❤️ by Webpal