Public Dristi
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Public Dristi
No Result
View All Result

धनगढीको सहिदगेट–राजघाट सडक दुई वर्षदेखि अलपत्र

Public Dristi by Public Dristi
अप्रिल 6, 2023
in प्रदेश
9
0
6
SHARES
10
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

धनगढीः धनगढीको सहिदगेट–राजघाट सडक निर्माणको ठेक्का २०७७ असार १४ गते सम्झौता भयो। तीन करोड ४७ लाखमा एक दशमलव २ किलोमिटर सडक निर्माण गर्न सम्झौता भएको हो।

तर, अझै सडक निर्माणको काम ६५ प्रतिशकत बाँकी छ। चालु आर्थिक वर्षको असारमा निर्माणको काम पूरा गर्नुपर्ने भए पनि सडकको ३५ प्रतिशत मात्र काम भएको धनगढी उपमहानगरपालिकाका इन्जिनियर दीजराज भट्टले बताए। उनले भने, ‘सडकको काम भएको छैन। ३५ प्रतिशत जति मात्रै काम भएको छ। अहिले काम सुरु भएको छ। असार मसान्तसम्म समय छ।’

धनगढी उपमहानगरपालिका र एड्भेन्चर निर्माण कम्पनीबीच सडक निर्माण गर्न सम्झौता भएको हो। निर्माण कम्पनीले दुई वर्षदेखि सडक निर्माणको काम अलपत्र पारेको हो। सडक निर्माणको काम अलपत्र पारेको निर्माण कम्पनीलाई कुनै कारबाही गरिएको छैन। सडक निर्माणको काम सुरु भएकाले असारसम्म पूरा हुने दाबी उपमहानगरपालिकाको छ। भट्टले भने, ‘काम नगरेको हो, म्याद छ। काम गर्यो भने त, असारसम्म सकिन्छ।’

कैलालीको धनगढी र कञ्चनपुरको राजघाट जोड्ने उक्त सडकको काम सोमवारदेखि सुरु भएको हो। लामो समयदेखि निर्माणको काम अलपत्र रहेकोमा सोमवारदेखि सुरु भएको छ। तर, सम्झौता अवधिभित्र पूरा हुनेमा भने आशंका गरिएको छ। धनगढी उपमहानगरपालिका वडा नम्बर ३ का अध्यक्ष राजबहादुर ऐरले सडकको नालीसमेत निर्माणको काम पूरा नभएको बताए। उनले भने, ‘माटा सम्याउने काम हुँदैछ। नालीको पनि काम बाँकी छ। यहीँ गतिमा काम गर्ने हो भने सम्भव छैन। जनशक्ति बढायो भने मात्र सम्भावना छ। कालोपत्र नभए पनि ग्राभेलसम्म भए बर्खामा सहज हुने थियो।’

उक्त सडकको पुरानो कालोपत्रे भत्काइएको छ। साँघुरो सडकमा निर्माण सामग्री थुपारिएका कारण स्थानीयले सास्ती खेप्नु परिरहेको छ।

Previous Post

टीकापुरका दुबै क्याम्पसमा नेविसंघको प्यानल विजयी

Next Post

कैलालीको एक पालिकामा नगरप्रमुखले नै गरे छड्के अनुगमन

Next Post

कैलालीको एक पालिकामा नगरप्रमुखले नै गरे छड्के अनुगमन

Discussion about this post

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया एकेडेमी प्रा.लि. विनायकको व्यवस्थापनमा सञ्चालन भइरहेको PublicDristi.com नेपाली भाषामा प्रकाशित हुने विश्वसनीय डिजिटल अनलाइन समाचार पोर्टल हो।
Email: publicdristi@gmail.com
Phone: 9769843698

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम

साइट नेभिगेसन

कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज साामााजिक सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Public Dristi| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Public Dristi| With ❤️ by Webpal