Public Dristi
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Public Dristi
No Result
View All Result

टीकापुरका दुबै क्याम्पसमा नेविसंघको प्यानल विजयी

Public Dristi by Public Dristi
अप्रिल 5, 2023
in विशेष
7
0
4
SHARES
7
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

टीकापुरः कैलालीका अधिकांश क्याम्पसमा लज्जास्पद हार व्यहोरेको नेपाल विद्यार्थी संघ टीकापुरका दुईवटै क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन कब्जा गर्न सफल भएको छ। सुदूरपश्चिम विश्वविद्यालयअन्तर्गत रहेको टीकापुर बहुमुखी क्याम्पसमा मंगलबार सम्पन्न स्ववियु निर्वाचनमा प्यानलसहित विजयीहुँदै नेविसंघले स्ववियु कब्जा गर्न सफल भएको हो।

स्वतन्त्र विद्यार्थी युनियनको अध्यक्षमा नेविसंघका नृप थापा निर्वाचित भएका छन्। यसअघि वीरेन्द्र विद्यामन्दिर क्याम्पसमा सम्पन्न भएको स्ववियु निर्वाचनमा नेविसंघका नविन अधिकारी अध्यक्षमा निर्वाचित भएका थिए। आज बिहान सम्पन्न मतगणना अनुसार नेविसंघका थापा ४ सय ७५ मतसहित विजयी भएका हुन्।

निर्वाचनमा अनेरास्ववियुका सुन्दर विश्वकर्माले ३ सय ४२, नागरिक विद्यार्थीका भीमबहादुर चौधरीले २ सय ६६ र क्रान्तिकारीका भुपेन्द्र रावलले २ सय ३३ मत प्राप्त गरेका हुन्। त्यसैगरी सचिवमा ५ सय १० मत प्राप्त गर्दै नेविसंघका मणिराज भट्ट विजयी भएका छन्। सचिवमा प्रत्यासी नागरिक विद्यार्थी समाजका अनुज चौधरीले २ सय ८७ मत, अखिल क्रान्तिकारीका मनिषा चन्दले २ सय २६ र अनेरास्ववियुका लक्ष्मी ढकालले २ सय २४ मत प्राप्त गरेका छन्।

कोषाध्यक्षमा नेविसंघकै अनिता डगौरा थारु ४ सय ७४ मतसहित विजयी भएकी छन्। उनका प्रतिस्पर्धी अखिल क्रान्तिकारीका गणेश ओलीले २ सय ८४ मत, अनेरास्वयिुका यमराज साउँदले २ सय ६९ र नागरिक विद्यार्थी समाजका निर्मला धामीले २ सय २३ मत प्राप्त गरेका हुन्। हिजो सम्पन्न भएको मतदानमा १ हजार ३ सय ४३ मत खसेको निर्वाचन अधिकृत लालसिंह कार्कीले बताए। क्याम्पसमा एक हजार ६ सय १२ मतदाता रहेका थिए।

Previous Post

उपनिर्वाचन : आज उम्मेदवारको नामावली प्रकाशित गरिँदै

Next Post

धनगढीको सहिदगेट–राजघाट सडक दुई वर्षदेखि अलपत्र

Next Post

धनगढीको सहिदगेट–राजघाट सडक दुई वर्षदेखि अलपत्र

Discussion about this post

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया एकेडेमी प्रा.लि. विनायकको व्यवस्थापनमा सञ्चालन भइरहेको PublicDristi.com नेपाली भाषामा प्रकाशित हुने विश्वसनीय डिजिटल अनलाइन समाचार पोर्टल हो।
Email: publicdristi@gmail.com
Phone: 9769843698

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम

साइट नेभिगेसन

कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज साामााजिक सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Public Dristi| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Public Dristi| With ❤️ by Webpal