अछाम — नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिको आयोजनामा एआई, मल्टिमिडिया तथा मोबाइल पत्रकारितासम्बन्धी दुई दिने प्रशिक्षण कार्यक्रम मंगलसेनमा सम्पन्न भएको छ।
कार्यक्रम नेपाल पत्रकार महासंघ अछाम शाखा को आतिथ्यता तथा सुदूरपश्चिम प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालय को सहयोगमा सञ्चालन गरिएको हो।
तालिममा अछाम, डोटी र बाजुरा जिल्लाका गरी ४५ जना पत्रकारहरुको सहभागिता रहेको आयोजकले जनाएको छ। प्रशिक्षणमा बदलिँदो सञ्चार परिवेशअनुसार पत्रकारितामा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोग, पत्रकार आचारसंहिता, तथा मल्टिमिडिया सामग्री निर्माणका व्यावहारिक पक्षहरूबारे प्रशिक्षण दिइएको थियो।
तालिममा विकास कार्की र वेद प्रकाश तिमिल्सैना लगायतका प्रशिक्षकहरूले सहजीकरण गरेका थिए। सहभागीहरूले तालिम उपयोगी र समयसापेक्ष रहेको प्रतिक्रिया दिँदै सिकेका सीपहरूलाई आफ्नो कार्यक्षेत्रमा प्रयोग गर्ने प्रतिबद्धता जनाएका छन्।
समापन कार्यक्रम भरत बहादुर शाह को अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा उनले तालिमले पत्रकारितामा नयाँ प्रविधि बुझ्न मद्दत गरे पनि सिकाइ प्रक्रिया निरन्तर रहने भएकाले पत्रकार स्वयं सक्रिय हुनुपर्ने धारणा राखे।
छोटो अवधिको तालिमलाई व्यवहारमा उतार्दै क्षमता अभिवृद्धिमा जोड दिन उनले आग्रह गरे।
कार्यक्रमको सञ्चालन शिवराज भट्ट ले गरेका थिए।


Discussion about this post