Public Dristi
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Public Dristi
No Result
View All Result

बदाम खेतीबाट राम्रो आम्दानी

Public Dristi by Public Dristi
मार्च 8, 2023
in प्रदेश
6
0
4
SHARES
6
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

बझाङः खप्तडछान्ना गाउँपालिका वडा नं ५ कालुखेतीका गिरीले बदाम खेती गर्न थालेको दुई दशक भइसक्यो।

विसं २०५८÷५९ सालतिर खानेपानी कार्यालय बाजुराबाट फर्किएपछि व्यावसायिक रूपमा कृषिखेती सुरु गरेका गिरीले मौसमी तरकारी, उन्नत जातको खाद्यबाली आफैँ पटक–पटक परीक्षण गर्दै खेती बढाएका हुन्। व्यावसायिक रूपमा बदाम खेती गर्ने एक्ला किसान हुन, नारु गिरी।

विभिन्न तरकारी, खाद्यबाली र फलफूलको परीक्षण गरेका उनलाई सबैभन्दा बढी सफलता भने बदाम खेतीबाटै मिलेको छ। एक बोरा धान फल्ने गह्रामा तीन बोरा बदाम फल्ने भएपछि उनीँ बदामतर्फ आकर्षित भएका हुन्। ‘बाजुराबाट आइसकेपछि तरकारी खेतीतर्फ लागेँ, त्यसबेलामा मेरै बारीमा हरियो साग, गोलभेडा र आलु राम्रो उत्पादन हुन्थ्यो’, उनले भने,‘गाउँमा सबैले तरकारीखेतीमा लागेपछि हामीले आफूलाई पुग्ने मात्रै तरकारी खेती गरेर बाँकीमा बदाम खेती सुरु ग¥यौँ।’

गिरीलाई बदाम खेती गर्न धेरै सङ्घर्ष गर्नुपरेन। वर्षौंदेखि बाँझो रहेको जमिनमा बदाम लगाएपछि सुरूकै वर्ष आकर्षक उत्पादन भएको थियो। त्यो बेलाको अवस्था सम्झँदै गिरी भन्छन्, ‘पहिलो वर्ष उत्पादन भएको एक बोरा बदाम त धनगढी पनि पु¥याएको थिएँ।’ गिरीले हरेक पटक फरक–फरक खेती गर्छन। उनले हरेक खेती पटक–पटक राम्रो हुँदैन भन्ने बुझेका छन्।

बगरको ठाउँ, सडक खनेको माटोमा बदाम राम्रो फल्ने गरेको उनकोे अनुभव छ। ‘हरेक खेती जति फेरबदल भयो त्यति राम्रो हुन्छ’, उनले भने। खप्तडछान्ना गाउँपालिकाका कृषि शाखाका निमित्त प्रमुख गौरीशङ्कर रोकायाले पनि बदामका लागि ठाउँ फेरिनुपर्ने बताए। ‘बदाम बगर क्षेत्र र गर्मीमा राम्रो उत्पादन हुन्छ,’ उनले भने, ‘ताप बढी भइरहने ठाउँ बदाम खेतीका लागि उपयुक्त मानिन्छ।’

बदाम खेती बढाउनका लागि पालिकाले किसानलाई पनि सल्लाह तथा सुझाव दिनुका साथै अनुदानका कार्यक्रम पनि ल्याएको छ। खप्तडछान्ना गाउँपालिकामा व्यावसायिक रूपमा गिरीबाहेक बदामखेती अरू कसैले गरेको छैन्। गिरीले पनि आफ्नै बारीमा मात्रै बदाम खेती गरिरहेका छन्। ‘मैले पनि धेरै लगाउन सकेको छैन,’गिरीले भने।

गिरीले स्थानीय सरकारले पनि बजारका लागि सहयोग गर्ने आश्वासन दिएकाले अर्को वर्षदेखि थप जमिनमा बदाम लगाउने तयारी गरेको बताए।

Previous Post

११३ औ अन्तर्राष्ट्रीय महिला दिवस भब्यताका साथ तोलीमा सम्पन्न ।

Next Post

बाढीजन्य विपद्मा उद्धारका लागि ‘रबर बोट’

Next Post

बाढीजन्य विपद्मा उद्धारका लागि ‘रबर बोट’

Discussion about this post

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया एकेडेमी प्रा.लि. विनायकको व्यवस्थापनमा सञ्चालन भइरहेको PublicDristi.com नेपाली भाषामा प्रकाशित हुने विश्वसनीय डिजिटल अनलाइन समाचार पोर्टल हो।
Email: publicdristi@gmail.com
Phone: 9769843698

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम

साइट नेभिगेसन

कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज साामााजिक सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Public Dristi| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Public Dristi| With ❤️ by Webpal