Public Dristi
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Public Dristi
No Result
View All Result

स्वास्थ्य बिमा बोर्ड पैसा भुक्तानी गर्दैन, औषधि-उपचारमा समस्या

Public Dristi by Public Dristi
मार्च 5, 2023
in समाज
6
0
4
SHARES
6
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

धनगढी : स्वास्थ्य बिमा गरेकालाई सेती अस्पतालमा उपचार र औषधि पाउन समस्या भएको छ।

स्वास्थ्य बिमा बोर्डले उपचार गरेको भुक्तानी समयमा नगर्दा बिमित बिरामीको उपचारमा समस्या भएको हो। सेती अस्पतालमा उपचार गराउने बिमितहरूको संख्या सबैभन्दा बढी हुने गरे पनि उपचार पाउन समस्या हुन थालेको छ। सेती प्रादेशिक अस्पतालले गत वर्ष र यो वर्षको ५ करोड बढी रकम भुक्तानी नपाउँदा उपचार सेवा दिन समस्या भएको जनाएको छ।

स्वास्थ्य बिमा गरेका बिरामीले सेती प्रादेशिक अस्पतालबाट उपचार पाउन समस्या भएको कैलालीका मोहन जोशीले बताए। “सुरुसुरूमा सहजै उपचार र औषधि पाउने गरे पनि अहिले भने अस्पतालबाट उपचार र औषधि पाउन समस्या हुन थालेको छ,” उनले भने, “अहिले मुस्किलले १५ दिनको औषधि दिन्छन्, झन्झट पनि धेरै हुने गर्छ।”

सेती अस्पातलका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डाक्टर हेमराज पाण्डेले अस्पतालले बिमा बोर्डबाट दाबी रकम समयमै भुक्तानी नपाउँदा बिरामीलाई १५ दिनभन्दा बढीको औषधि दिन समस्या भएको बताएका छन्। “बिमा बोर्डबाट उपचार गरेको रकम भुक्तानीमा समस्या छ,” उनले भने, “हामीले औषधिको भुक्तानी तुरुन्तै गर्नुपर्ने हुन्छ, बिमाले गत वर्षको सेती अस्पतालले दाबी गरेको रकम पनि भुक्तानी गरेको छैन।” स्वास्थ्य बिमा बोर्डले सेती अस्पताललाई गत वर्षको २ करोड २९ लाख ३३ हजार भुक्तानी गरेको छैन। यस्तै, यो वर्षको माघ मसान्तसम्मको २ करोड ८३ लाख ५७ हजार रकम सेतीले भुक्तानी पाएको छैन।

तर, अस्पतालले समयमै उपचार रकम दाबी नगर्दा गत वर्षको भुक्तानी गर्न नसकिएको र यो वर्ष मात्रै अहिलेसम्म ५ पटक अस्पताललाई भुक्तानी दिइएको स्वास्थ्य बिमा बोर्ड सुदूरपश्चिम प्रदेश प्रमुख रमेशप्रसाद कुश्वाहले बताए। “उहाँहरूलाई सोध्नु होला नि गत वर्षको भुक्तानी किन हुन सकेन भनेर, समयमै रकम दाबी नगर्ने अनि पैसा दिएन भनेर हुन्छ,” उनले भने, “गत वर्षको बाँकी उहाँहरूकै कारण रहन गएको हो। यो वर्ष साउन देखि माघ १८ सम्म ५ पटक रकम भुक्तानी भएको छ। सबैभन्दा बढी रकम भुक्तानी पनि सेती अस्पतालकै भएको छ।” सेती प्रादेशिक अस्पतालले बिमा बोर्डबाट नियमित रकम भुक्तानी नपाए पनि बिमित बिरामीको उपचार सेवा नरोकिएको जनाएको छ।

तर, बिरामीलाई १५ दिनभन्दा बढीको औषधि दिन भने रोकिएको अस्पतालले बताएको छ। स्वास्थ्य बिमा बोर्डले निजी अस्पतालहरूलाई धमाधम भुक्तानी दिने गरेको तर सरकारी अस्पताललाई भने नियमित भुक्तानी नगर्दा बिमा गरेका बिरामीको उपचारमा कठिनाइ भएको प्रमुख मेडिकलसुपरिटेन्डेन्ट पाण्डेले बताए। “हामीले उपचार रोकेका छैनौँ तर भुक्तानी नपाउँदा १५ दिनसम्मको मात्रै औषधि दिइरहेका छौँ,” उनले भने, “बिमाले निजी अस्पतालमा पूरै रकम भुक्तानी गर्छ सरकारीको नगर्दा हामीलाई समस्या हुने गरेको छ।”

कैलाली जिल्लामा मात्रै स्वास्थ्य बिमा गरेका व्यक्तिहरूको संख्या २ लाख ६२ हजार ३९५ छ। प्रदेशभर स्वास्थ्य बिमा गराउनेको संख्या ५ लाख हाराहारीमा रहेको स्वास्थ्य बिमा बोर्ड सुदूरपश्चिम प्रदेशले जनाएको छ। सामाजिक सुरक्षा भत्ता पाउने नागरिकहरूको अनिवार्य स्वास्थ्य बिमा गराउने नीति सरकारको छ। तर, बिरामीको जोखिम बढी भएका नागरिकको बिमा गराएर उपचार सेवा लिन जाँदा हैरानी दिने गरेको सर्वसाधारणले गुनासो गरेका छन्।

Previous Post

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले आज विश्वासको मत लिने

Next Post

बिद्यार्थी अभियान अछामद्वारा अछामका ३ बिद्यालयमा SEE मोडेलसेट नि:शुल्क वितरण !!

Next Post

बिद्यार्थी अभियान अछामद्वारा अछामका ३ बिद्यालयमा SEE मोडेलसेट नि:शुल्क वितरण !!

Discussion about this post

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया एकेडेमी प्रा.लि. विनायकको व्यवस्थापनमा सञ्चालन भइरहेको PublicDristi.com नेपाली भाषामा प्रकाशित हुने विश्वसनीय डिजिटल अनलाइन समाचार पोर्टल हो।
Email: publicdristi@gmail.com
Phone: 9769843698

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम

साइट नेभिगेसन

कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज साामााजिक सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Public Dristi| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Public Dristi| With ❤️ by Webpal