Public Dristi
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Public Dristi
No Result
View All Result

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले आज विश्वासको मत लिने

Public Dristi by Public Dristi
मार्च 5, 2023
in राजनीति
7
0
4
SHARES
7
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

धनगढीः सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आज (आइतवार) विश्वासको मत लिने भएका छन्। आइतवार दिउँसो १ बजे बस्ने प्रदेशसभाको बैठकमा शाहले विश्वासको मत माग्ने कार्यतालिका छ।

मुख्यमन्त्री शाहले दिउँसो १ बजेको प्रदेश सभाको बैठकमा विश्वासको मत माग्ने बताए। माओवादी केन्द्र र नागरिक उन्मुक्ति पार्टीसंग विश्वासको मतका लागि छलफल भएको उनले बताए। बिहान ११ बजेको माओवादी दलको बैँकले निर्णय गर्ने विश्वास मुख्यमन्त्री शाहको छ। उनले भने, ‘दिउँसो १ बजे विश्वासको मत लिन्छु। उहाँहरुसँग छलफल जारी छ। ११ बजे उहाँहरु (माओवादी) दलको बैठक छ। बैठकबाट निर्णय गर्नु होला। अहिलेसम्म केही निर्णय गर्नु भएको छैन्।’ नेपाली काँग्रेसका संसदीय दलका नेता शाह नेतृत्वको सरकारलाई विश्वासको मत दिने विषयमा यसअघि नै नागरिक उन्मुक्ति पार्टी र माओवादी केन्द्रले लिखित सहमति मागेका छन्। उनीहरुले विनालिखित मत नदिने बताएका हुन्।

नागरिक उन्मुक्ति र माओवादी दुवैले विश्वासको मत नदिए शाहको मुख्यमन्त्री पद संकटमा हुनेछ। उनले एमालेको साथ लिनुपर्ने वा राजीनामा दिनुपर्ने हुन्छ्। प्रदेशमा नेपाली काँग्रेसका १९ र एक जना स्वतन्त्र प्रदेश सभा सदस्य छन्। शाहलाई विश्वासको मतका लागि थप ७ जना प्रदेश सभा सदस्यको मत आवस्यक हुन्छ। सुदूरपश्चिममा माओवादीका ११, एमालेका १०, नागरिक उन्मुक्तिका ७, एकीकृत समाजवादीका चार र राप्रपाका एक जना प्रदेश सभा सदस्य छन्।

माओवादी संसदीय दलको शनिवारको बैठकले काँग्रेससँग लिखित सहमति माग गरेको थियो। आलोपालो मुख्यमन्त्री, मन्त्रालय तथा समितिहरुको सभापतिमा माओवादीले लिखित सहमतिमा माग गरिएको हो। उक्त विषयमा लिखित सहमति नभए मुख्यमन्त्री शाहलाई विश्वासको मत दिन नसक्ने निर्णय माओवादीले गरेको छ।

संविधानको धारा १६८ को उपधारा २ अनुसार बनेको एमाले नेतृत्वको प्रदेश सरकार माघ २६ गते ढलेको थियो। सोही दिन उपधारा ३ अनुसार प्रदेश सभाको ठुलो दलको हैसियतले काँग्रेस संसदीय दलका नेता शाह मुख्यमन्त्रीमा नियुक्त भएका थिए। उनले पनि ३० दिन भित्र प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने हुन्छ।

Previous Post

प्रदेशलाई बलियो बनाउन अधिकार दिनुपर्छ : मुख्यमन्त्री शाह

Next Post

स्वास्थ्य बिमा बोर्ड पैसा भुक्तानी गर्दैन, औषधि-उपचारमा समस्या

Next Post

स्वास्थ्य बिमा बोर्ड पैसा भुक्तानी गर्दैन, औषधि-उपचारमा समस्या

Discussion about this post

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया एकेडेमी प्रा.लि. विनायकको व्यवस्थापनमा सञ्चालन भइरहेको PublicDristi.com नेपाली भाषामा प्रकाशित हुने विश्वसनीय डिजिटल अनलाइन समाचार पोर्टल हो।
Email: publicdristi@gmail.com
Phone: 9769843698

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम

साइट नेभिगेसन

कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज साामााजिक सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Public Dristi| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Public Dristi| With ❤️ by Webpal