Public Dristi
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Public Dristi
No Result
View All Result

प्रदेशलाई बलियो बनाउन अधिकार दिनुपर्छ : मुख्यमन्त्री शाह

Public Dristi by Public Dristi
मार्च 5, 2023
in राजनीति
9
0
6
SHARES
10
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

धनगढीः सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेशलाई बलियो बनाउन संघीय सरकारले आवश्यक कानून बनाएर पर्याप्त अधिकार दिनुपर्ने बताएका छन्।

नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेशको तेस्रो साधारण सभाको उद्घाटन गर्दै मुख्यमन्त्री शाहले सो कुरा बताएका हुन्। संघीय सरकारबाट अधिकार लिन आफूले प्रयास गर्ने उनको भनाइ छ । सुदूरपश्चिमसँग सेती, महाकाली, कर्णालीजस्ता ठूला नदी, धार्मिक तथा पर्यटकीय क्षेत्र र जडीबुटी हुँदा समेत गरिब हुनु दुःखद भएको उनको तर्क छ।

आफू समस्यासँग जुधेर परिणाम ल्याउने प्रतिवद्धता उनले जनाए। “मलाई पत्रकारिता क्षेत्रको सहयोग चाहिन्छ, पत्रकारिता क्षेत्रले प्रदेशको सल्लाहकारका रुपमा सहयोग गर्न जरुरी छ” उनले भने।

मुख्यमन्त्री शाहले आवश्यक अध्ययन गरेर सुदूरपश्चिम प्रदेशको सञ्चार नीति पारित गर्ने प्रतिवद्धता जनाए। सञ्चार नीति र विज्ञापन नीति नबन्दा पत्रकारलाई चिन्तित भएको आफूले देखेको उनल बताए। उनले भने, “विज्ञापन नीतिबारे तपाईहरु पनि सल्लाह गरेर आउनुस्, हामीले गर्न सक्ने काम गर्छौं।”

प्रदेशका कुना कन्दरामा सरकार पुग्न नसक्ने तर पत्रकार पुग्न सक्ने हुनाले जनताको समस्यालाई सरकारसमक्ष ल्याएर सहयोग गर्न उनले आग्रह गरे। मुलुकको राजनीतिक परिवर्तनमा महत्वपूर्ण भूमिका खेलेको सञ्चारजगतले ठूलो फड्को मार्दैगएको उहाँले चर्चा गरे। “पत्रकारिता क्षेत्र व्यावसायिक भयो कि भएन छलफल गर्र्नुपर्छ, तर समग्रमा फड्को मारेको देखिन्छ” उनले भने, “केही पत्रकारले पत्रकारितालाई बदनाम गर्न खोजेको भए पनि अधिकांश पत्रकार मुलुक, जनताकै पक्षमा काम गरिरहेका छन।”

पत्रकार महासंघका प्रदेश अध्यक्ष योगेश रावलको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सरकार भौतिक पूर्वाधार विकासमन्त्री प्रकाशबहादुर देउवा, आर्थिक मामिलामन्त्री नरेशबहादुर शाही, सुदूरपश्चिम प्रदेश सभा सदस्य मेघराज खड्का, पत्रकार महासंघका केन्द्रीय महासचिव रोशन पुरी, सचिव हेमकर्ण विकलगायतले साधारण सभाको सफलताको शुभकामना दिएका थिए।

Previous Post

दुर्लभ प्रजातिको सर्प कञ्चनपुरमा फेला

Next Post

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले आज विश्वासको मत लिने

Next Post

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले आज विश्वासको मत लिने

Discussion about this post

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया एकेडेमी प्रा.लि. विनायकको व्यवस्थापनमा सञ्चालन भइरहेको PublicDristi.com नेपाली भाषामा प्रकाशित हुने विश्वसनीय डिजिटल अनलाइन समाचार पोर्टल हो।
Email: publicdristi@gmail.com
Phone: 9769843698

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम

साइट नेभिगेसन

कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज साामााजिक सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Public Dristi| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Public Dristi| With ❤️ by Webpal