धनगढीः कैलालीको मुडा बजारबाट साढे पाँच लाखका अवैध सामान बरामद गरिएको छ।
इलाका प्रहरी कार्यालय बौनियाँका प्रहरी निरीक्षक महेश विक्रम शाहीको कमान्डमा खटिएको प्रहरी टोलीले बर्दगोरिया गाउँपालिका वडा नम्बर ४ मुडा बजारबाट ५ लाख ३३ हजार ९० रुपैयाँ बराबरका इलेक्ट्रिक सामान बरामद गरेको हो। सामान सँगै ५८ वर्षीय अच्छन हस्मी समेत प्रहरी नियन्त्रणमा छन्।
उनले भारतबाट विभिन्न सामानहरू ल्याएर कोठामा राखेको भन्ने सूचनाको आधारमा प्रहरी त्यहाँ पुगेको थियो। प्रहरीले एक सय ६६ थान मोबाइल ग्लास, एक हजार २ सय थान चार्जर कभर, एक हजार २ सय ५० थान मोबाइल कभर, १ हजार थान चार्जर केवल, इयरफोन ५ सय थान, डाटा केवल ५ सय २० थान, बल्ब १ सय ५० थान, मोबाइल ब्याट्री २ सय ३० थान बरामद गरेको इलाका प्रहरी कार्यालय बौनियाँले जनाएको छ।

Discussion about this post