Public Dristi
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Public Dristi
No Result
View All Result

सडक निरीक्षणमा पुगेका मन्त्रीसँग स्थानीयको चर्काचर्की

Public Dristi by Public Dristi
मार्च 2, 2023
in समाज
6
0
4
SHARES
6
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

काठमाण्डाै – भक्तपुरको कमलविनायक–नगरकोट सडक खण्ड अनुगमन गर्न पुग्नुभएका उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठसँग स्थानीय आक्रोशित भएका छन् ।

बिहीवार मन्त्री श्रेष्ठ र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवसहितको टोली त्यस सडक खण्डको स्थलगत निरीक्षणका लागि पुग्दा स्थानीयले वर्षाैँदेखि आश्वासनमात्रै बाँडेर सडक निर्माण सम्पन्न नगरेको भन्दै मन्त्रीलाई नै घेरेर आक्रोश पोखेका हुन् । अनुगमनमा मन्त्री मन्त्रालयका सचिव, सडक विभागका महानिर्देशक, सम्बन्धित आयोजना प्रमुख, ठेक्का पाएका निर्माण कम्पनीका प्रतिनिधि थिए ।

अनुगमनका क्रममा मन्त्री श्रेष्ठलाई घेरेका स्थानीयले ९ वर्षसम्म बाटो नबनाएको र रात–दिन सुत्नसमेत नदिएको आरोप लगाए । स्थानीयले मन्त्री आउने भनेपछि पानी हालेर बाटोमा धुलो उड्न रोकेको भन्दै आक्रोश पोखे । उनीहरूले खराब बाटोकै कारण आफन्त गुमाएको भन्दै कहिलेसम्म नागरिकलाई गुमराहमा राख्ने भन्दै प्रश्न गरे । उनीहरूले कालोसूचीमा राखेर कारबाही गर्नुपर्ने ठेकेदार कम्पनीहरूलाई सरकारले किन पक्षपोषण गरिरहेको छ भन्दै प्रश्न गरेका थिए । उनीहरूले अहिले काम गरिरहेको ठेकेदार कम्पनीको ठेक्का रद्द गर्न पनि माग गरेका छन् ।

मन्त्री श्रेष्ठले स्थानीयको माग सम्बोधन हुने र समयमा नै अब काम सक्ने आश्वासन दिनुभयो । उहाँले हेलचेक्राँइ भएको तर अबका दिनमा नहुने प्रतिबद्धता जनाउनुभयो ।

अनुगमन टोलीले कमलविनायक, भत्केको पाटीदेखि नगरकोटसम्मै पुगेर सडकको स्थलगत अनुगमन गरेको हो । शैलुङ कन्स्ट्रक्सनले कमलविनायक–नगरकोट सडक खण्ड ठेक्का पाएको छ । तर पटक–पटक म्याद थप्दा पनि काम सम्पन्न हुन सकेको छैन । सडक निर्माणमा भएको ढिलासुस्तीका कारण स्थानीयले वर्षाैँदेखि सास्ती खेपिरहेका छन् ।

Previous Post

कैलालीको मुडाबाट साढे पाँच लाखका सामानसहित एक जना पक्राउ

Next Post

राष्ट्रपति चुनाव : आठ दलीय गठबन्धनको प्रदेशस्तरीय अभिमुखीकरण आजदेखि

Next Post

राष्ट्रपति चुनाव : आठ दलीय गठबन्धनको प्रदेशस्तरीय अभिमुखीकरण आजदेखि

Discussion about this post

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया एकेडेमी प्रा.लि. विनायकको व्यवस्थापनमा सञ्चालन भइरहेको PublicDristi.com नेपाली भाषामा प्रकाशित हुने विश्वसनीय डिजिटल अनलाइन समाचार पोर्टल हो।
Email: publicdristi@gmail.com
Phone: 9769843698

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम

साइट नेभिगेसन

कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज साामााजिक सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Public Dristi| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Public Dristi| With ❤️ by Webpal