काठमाडौं: नेकपा (एमाले)को सचिवालय बैठक बस्ने भएको छ।
आज (सोमबार) ११ बजे पार्टी केन्द्रीय कार्यालय च्यासल ललितपुरमा बस्ने भएको हो। परराष्ट्रमन्त्री विमला राई पौड्याललाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जेनेभा जानबाट रोकेपछि एमालेले सचिवालय बैठक बोलाएको हो। एमालेका महासचिव शंकर पोख्रेलले मन्त्रिपरिषद्बाट स्विकृत परराष्ट्रमन्त्रीको भ्रमण प्रधानमन्त्रीको ठाडो आदेशमा रोकिएको विषयलाई लिएर बैठक बस्न लागेको जानकारी दिए।


Discussion about this post