बझाङ: बझाङमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ।
जिल्लाको छबिसपाथिभेरा गाउँपालिका–६ पुजारी गाँउका २५ वर्षीय कृष्ण पुजाराको करेन्ट लागेर आइतबार मृत्यु भएको प्रहरीले बताएको छ। आफ्नै घर नजिक रहेको गाडघट्ट खोलामा बिद्युतको तार जोडेर माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।


Discussion about this post