Public Dristi
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Public Dristi
No Result
View All Result

बाग्मती प्रदेशका रिक्त तीन मन्त्रालयमा तत्काल मन्त्री नियुक्त नहुने

Public Dristi by Public Dristi
फेब्रुअरी 26, 2023
in साामााजिक
5
0
3
SHARES
5
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

मकवानपुर – बाग्मती प्रदेशका रिक्त तीन मन्त्रालयमा तत्काल मन्त्री नियुक्त नहुने भएका छन् । बाग्मतीमा हिजो राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सरकारबाट बाहिरिएको छ । खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री उद्धव थापाले हिजो बेलुका प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलसमक्ष संयुक्तरूपमा राजीनामा बुझाउनुभएको हो ।

पार्टीको निर्णयअनुसार राजीनामा दिइएको थापाले बताउनुभयो । मुख्यमन्त्री निवासमा राप्रपाका थापासँगै पर्यटन, उद्योग तथा सहकारीमन्त्री डम्बरबहादुर तामाङ र वन तथा वातावरणमन्त्री राजु विष्टले पनि राजीनामा दिनुभएको छ ।

तीन जना मन्त्रीले राजीनामा दिए पनि नयाँ गठबन्धनका तर्फबाट तत्काल मन्त्री नियुक्त नहुने भएका हुन् । राप्रपाले छोडेका तीन वटै मन्त्रालय अहिलेलाई मुख्यमन्त्री जम्मकट्टेलले सम्हाल्ने हुनुभएको छ । नयाँ सत्ता समीकरणमा नेपाली कांग्रेस र एकीकृत समाजवादी पार्टी भित्रिएको भए पनि राष्ट्रपतिको चुनाव अघि नयाँ मन्त्री नियुक्त नहुने भएका हुन् ।

हिजो पार्टी केन्द्रीय कार्यालयमा बसेको राप्रपाको केन्द्रीय कार्य सम्पादन समिति र संसदीय दलको संयुक्त बैठकले केन्द्र सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै राप्रपाका चार जना मन्त्रीले राजीनामा दिएका थिए । साथै राप्रपाले प्रदेश सरकारमा दिएको समर्थन पनि फिर्ता लिने निर्णय गरेको थियो ।

Previous Post

रैकवार स्वास्थ्य चौकीमा निःशुल्क स्वास्थ्य शिविर, ४१६ जनाको स्वास्थ्य परीक्षण

Next Post

गोदावरी नगरपालिकाले पनि ६ लेन सडकमा स्मार्ट सडक बत्ती जडान गर्ने

Next Post

गोदावरी नगरपालिकाले पनि ६ लेन सडकमा स्मार्ट सडक बत्ती जडान गर्ने

Discussion about this post

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया एकेडेमी प्रा.लि. विनायकको व्यवस्थापनमा सञ्चालन भइरहेको PublicDristi.com नेपाली भाषामा प्रकाशित हुने विश्वसनीय डिजिटल अनलाइन समाचार पोर्टल हो।
Email: publicdristi@gmail.com
Phone: 9769843698

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम

साइट नेभिगेसन

कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज साामााजिक सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Public Dristi| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Public Dristi| With ❤️ by Webpal