Public Dristi
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Public Dristi
No Result
View All Result

रैकवार स्वास्थ्य चौकीमा निःशुल्क स्वास्थ्य शिविर, ४१६ जनाको स्वास्थ्य परीक्षण

Public Dristi by Public Dristi
फेब्रुअरी 26, 2023
in स्तानिय समचार
5
0
3
SHARES
5
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

धनगढीः कृष्णपुर नगरपालिकाको आयोजना र केजि अस्पताल धनगढीको प्राविधिक सहयोगमा कृष्णपुर नगरपालिका वडा नम्बर ८ को रैकवार स्वास्थ्य चौकीमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ। शनिवार रैकवार स्वास्थ्य चौकीमा एक औपचारिक कार्यक्रममा नगरप्रमुख हेमराज ओझाले स्वास्थ्य शिविरको शुभारम्भ गरेका हुन्।

नगरपालिकाका वडा न ७, ८ र ९ का नागरिकलाई लक्षित गरेर स्वास्थ्य शिविर सञ्चालन गरिएको हो। उक्त स्वास्थ्य शिविरमा जनरल फिजिसियनद्वारा चेकजाँच, हाड जोर्नी तथा नसा रोग ,स्त्री तथा प्रसुती रोग सम्बन्धि चेकजाँच, जनरल सर्जरी सम्बन्धि सेवा, दन्तरोग सम्बन्धि चेकजाँच र निशुःल्क हाइड्रोसिलको शल्यक्रिया सेवा प्रदान गरिएको थियो।
नागरिकसँग मेयर कार्यक्रमको दोश्रो चरण अन्तर्गत विशेषज्ञ चिकित्सक सहितको स्वास्थ्य शिविर आयोजना गरिएको नगरप्रमुख हेमराज ओझाले बताए। उनले विकास निर्माणका कामहरु निरन्तर भइरहने र केही ढिला भए पनि त्यति फरक नपर्ने तर मानवको स्वास्थ्य संवेदनशील विषय भएकाले आफूले कृष्णपुरका जनताको स्वास्थ्यलाई पहिलो प्राथमिकता दिएको बताए।


उनले नियमित भैराख्ने विकासे बजेटबाट रकम कट्टी गर्दै स्वास्थ्य क्षेत्रमा बढी रकम छुट्याएको बताए। नगरवासीको स्वास्थ्यप्रति आफू संवेदनशील रहेको र नागरिकका पक्षमा केही न केही देखिने गरि काम गर्न खोजेको भन्दै आगामी दिनमा नागरिकसँग मेयर कार्यक्रमलाई बृहत् बनाउने सोच रहेको नगरप्रमुख ओझाले बताए।


केजि अस्पताल धनगढीका निर्देशक डाक्टर दिपक सिंहले स्वास्थ्य शिविरमा निःशुल्क स्वास्थ्य परीक्षण गर्न नगरपालिकासँग सहकार्य गर्न पाएकोमा खुसी व्यक्त गर्दै सहकार्यले निरन्तरता पाउने बताएका छन् ।
उक्त स्वास्थ्य शिविरमा ४१६ जनाले निःशुल्क स्वास्थ्य परीक्षण गराएको वडा नम्बर ८ का अध्यक्ष दिनेश खड्काले बताए। डाक्टर सिंहले आफूहरु स्थानीय तहसँग काम गर्न इच्छुक रहेको बताउँदै कृष्णपुरका जनतासँग जोडिने मौका दिएकोमा नगरप्रमुख ओझालाई धन्यवाद दिए।

Previous Post

नेपालले सोझै विश्व कप छनोट खेल्न बाँकी ८ मध्ये ७ खेल जित्नुपर्ने

Next Post

बाग्मती प्रदेशका रिक्त तीन मन्त्रालयमा तत्काल मन्त्री नियुक्त नहुने

Next Post

बाग्मती प्रदेशका रिक्त तीन मन्त्रालयमा तत्काल मन्त्री नियुक्त नहुने

Discussion about this post

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया एकेडेमी प्रा.लि. विनायकको व्यवस्थापनमा सञ्चालन भइरहेको PublicDristi.com नेपाली भाषामा प्रकाशित हुने विश्वसनीय डिजिटल अनलाइन समाचार पोर्टल हो।
Email: publicdristi@gmail.com
Phone: 9769843698

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम

साइट नेभिगेसन

कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज साामााजिक सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Public Dristi| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Public Dristi| With ❤️ by Webpal