Public Dristi
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Public Dristi
No Result
View All Result

जनताले महसुस गर्नेगरी काम गरेका छौं नगरप्रमुख चलाउने

Public Dristi by Public Dristi
फेब्रुअरी 19, 2024
in राजनीति, स्तानिय समचार
44
0
34
SHARES
55
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

आफ्नो कार्यकालमा कम बेरुजु आउने नगरपालिका बनाउने दाबी

काठमाडौं । अछामको पञ्चदेवल विनायक नगरपालिका नगरप्रमुख अम्बिका चलाउनेले दुर्गम ठाउँ भएर काम गर्न चुनौती रहेपनि जनताले महसुस गर्नेगरी काम गरेको दाबी गर्नुभएको छ । उहाँले पहाडमा सडक सञ्जालसम्म जोड्नु पर्ने चुनौती रहेको भन्दै सबै वडा कार्यालयसम्म आउने सडक बिस्तार गरेको बताउनुभयो ।

नेपाली रेडियो नेटवर्कको पालिका बहसका लागि पत्रकार ऋषि धमलासँग संवाद गर्दै नगरप्रमुख चलाउनेले पूर्वाधार निर्माणदेखि स्वास्थ्य र शिक्षालाई केन्द्रमा राखेर काम गरिरहेको बताउनुभयो । उहाँले नगरपालिकाको प्रशासनिक भवन र वडा कार्यालयका भवनहरू निर्माणको अन्तिम चरणमा रहेको जानकारी दिनुभयो ।

पूर्वउपप्रमुखसमेत रहनुभएका चलाउनेले तालागाड जलविद्युत आयोजनामा राज्यले धेरै लगानी गरेको बताउँदै अघिल्लो र यो कार्यकाल गरी नगरपालिकाले नै २ करोड बढी खर्च गरेको दाबी गर्नुभयो । उहाँले निर्माण पहिले नै सम्पन्न भएको आयोजना भएपनि नगरपालिकाले मर्मतमै २ करोड बढी खर्च जिकिर गर्नुभयो । तालागाड मात्र नभएर सबै जलविद्युत आयोजनालाई सञ्चालनमा ल्याउनेगरी मर्मत गरिरहेको बताउनुभयो ।

उहाँले ठेकेदार कम्पनीले समयमा काम सम्पन्न नगर्दा ठाटिखाद–विनायक सडक खण्डको काम बन्न नसकेको बताउनुभयो । यस विषयमा अख्तियारमा पनि छानबिन भइरहेको उहाँको भनाई छ । यो राष्ट्रिय गौरवको योजना भएकोले नगरपालिकाले सम्बन्धित निकायको ध्यानाकर्षण गराएको बताउनुभयो ।

नगरप्रमुख चलाउनेले अघिल्लो कार्यकालमा केही हिसाब फरक परेकाले बेरुजु धेरै देखिएको बताउँदै आफ्नो कार्यकालको पहिलो वर्षको बेरुजु घटेर अछाम कै पहिलो स्थानीय तह हुने दाबी गर्नुभयो ।

फरक प्रसंगमा नेपाली कांग्रेसको सुदूरपश्चिम प्रदेश सहमहामन्त्रीसमेत रहनु भएका चलाउनेले महासमिति बैठकमा विधानमा महिलाको प्रतिनिधित्व गर्ने विषयमा केन्द्रीय तहसम्म बढाउनु पर्ने र व्यवस्थित गर्नुका साथै पदाधिकारीसम्म महिलाको संख्या बढाउनुपर्ने कुराहरू राख्ने बताउनुभयो ।

नेपाली रेडियो नेटवर्कको साभार

Previous Post

व्यवसाय सुरु तथा सुधार सम्बन्धि तालिम बिनायकमा सम्पन्न

Next Post

अनेरास्ववियु जिल्ला सयोजक माथी भयको आक्रमण मा केन्द्रीय कमिटी को बिज्ञप्त्ति..

Next Post

अनेरास्ववियु जिल्ला सयोजक माथी भयको आक्रमण मा केन्द्रीय कमिटी को बिज्ञप्त्ति..

Discussion about this post

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया एकेडेमी प्रा.लि. विनायकको व्यवस्थापनमा सञ्चालन भइरहेको PublicDristi.com नेपाली भाषामा प्रकाशित हुने विश्वसनीय डिजिटल अनलाइन समाचार पोर्टल हो।
Email: publicdristi@gmail.com
Phone: 9769843698

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम

साइट नेभिगेसन

कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज साामााजिक सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Public Dristi| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Public Dristi| With ❤️ by Webpal