Public Dristi
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Public Dristi
No Result
View All Result

दुई पक्षहरुको खुल्ला धारणा संकलनका लागी संयुक्त वैठक कमलबजार नगरपालीका वाड नं. ५ लाड्छेमा सम्पन्न

Public Dristi by Public Dristi
फेब्रुअरी 14, 2021
in स्थानीय
25
0
20
SHARES
32
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

मदन जैशी अछाम:

पञ्चदेवल विनायक नगरपालीका वाड नं. २ को लिति सामुदायीक वन उपभोक्ता समुह र कमलबजार नगरपालीका वाड नं. ५ को भेरीछडा नावासैन सामुदायीक वन उपभोक्ता समुह बिचको सिमासम्बन्धि आएको विवादमा दुई पक्षहरुको खुल्ला धारणा संकलनका लागी संयुक्त वैठक कमलबजार नगरपालीका वाड नं. ५ लाड्छेमा सम्पन्न भएको छ । “दिगो शान्तिका लागी उन्नत सम्बन्ध” भन्ने मुल नारा बोकेको प्राकृतिक स्रोत दन्द्ध रुपान्तरण केन्द्र नेपालको सहजीकरण र माकुरा समुहको व्यवस्थापनमा उक्त बैठक सम्पन्न भएको हो ।

माकुरा समुह विनायकका संयोजक कृपा वहादुर धामीको अध्यक्षतामा भएको वैठकका प्रमुख अतिथि पञ्चदेवल विनायक नगरपालीका वाड नं. १ का वडाध्यक्ष लक्ष्मिकान्त देवकोटा रहनुभएको थियो । प्रमुख अतिथिको आसनबाटै बोल्दै वडाध्यक्ष देवकोटाले उत्पन्न दुई सामुदायीक वन बिचको सिमासम्बन्धिको विवाद मिलेर जानुपर्ने धारणा राख्नुभएको थियो । साथै माकुरा समुहले समाजका यस्ता समस्या निर्मुल पार्न महत्वपुणर् सहयोग गरेको भन्दै धन्यवाद दिनुभयो ।


कार्यक्रमका विशिष्ट अतिथि पञ्चदेवल विनायक नगरपालीका वाड नं. २ का कार्यवाहक वडाध्यक्ष पदम ब.शाही, कमलबजार नगरपालीका वाड नं. ५का कार्यवाहक वडाध्यक्ष मन्जीत भुल, कमलबजार नगरपालीका वाड नं. ५का वडा सदस्य सत्यराज तिमिल्सैना रहनुभएको थियो । दुई वटा सामुदायीक वन उपभोक्ता समुहको २०४४ सालमा पानीकै कारण उत्पन्न भएको विवाद अहिलेसम्म पनि नमिलेपछि उक्त विवादलाई समाधान गर्नका लागी खाट विधि प्रणालीको प्रयोग गरिएको छ । उक्त विधिमा दुवै पक्षका केहि व्यक्तिले आ आफ्नो धारणा राख्नुभएको थियो । पञ्चदेवल विनायक नगरपालीका वाड नं. २ को लिति सामुदायीक वनको तर्फबाट बोल्दै जाल्पादेवी सामुदायीक वनका अध्यक्ष लोकेश धमालाले यस्तो धारणा राख्नुभयो ।


यस्तै कमलबजार नगरपालीका वाड नं. ५ को भेरीछडा नावासैन सामुदायीक वनको तर्फबाट बोल्दै वनका पुर्व उपाध्यक्ष भिम ब.खत्रीले यस्तो धारणा राख्नुभयो । कार्यक्रमको सहजीकरण प्राकृतिक स्रोत दन्द्ध रुपान्तरण केन्द्र स्रोतव्यक्ति टंक बहादुर भण्डारीले गर्नुभएको थियो भने उक्त वैठकको सम्पुणर् व्यवस्थापन माकुरा समुहका सचिव रतन वजगाईले गर्नुभएको थियो । अन्य अतिथिमा मेलमिलापकर्ता बखत ब. कडायत, केशवराज तिमिल्सैना, ईलाका प्रहरी कार्यालय विनायकका प्रमुख भरत रोकाय, स्थायी प्रहरी पोष्ट गैरीटाडका प्रमुख विर ब. ऐर, सम्पुणर् सामुदायीक वनका अध्यक्ष, माकुरा समुहका सदस्य,पत्रकार मदन जैशी, शिक्षक, समाजसेवि वुद्धिजिवि लगायतको उपस्थिति रहेको थियो । माकुरा समुहका सदस्य दुर्पति न्यौपानेको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन माकुरा समुहका सदस्य नयाराम आउजीले गर्नुभएको थियो ।

Previous Post

बालबालिकाको अवस्था विश्लेषण सम्बन्धी बालिका समुहसंगको छलफल कार्यक्रम लयाटीमा सम्पन्न

Next Post

पन्चदेबल बिनायक नगरपालिकामा पनि मनाईयो २६ औ जनयुद्ध दिबस

Next Post

पन्चदेबल बिनायक नगरपालिकामा पनि मनाईयो २६ औ जनयुद्ध दिबस

Discussion about this post

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया एकेडेमी प्रा.लि. विनायकको व्यवस्थापनमा सञ्चालन भइरहेको PublicDristi.com नेपाली भाषामा प्रकाशित हुने विश्वसनीय डिजिटल अनलाइन समाचार पोर्टल हो।
Email: publicdristi@gmail.com
Phone: 9769843698

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम

साइट नेभिगेसन

कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज साामााजिक सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Public Dristi| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Public Dristi| With ❤️ by Webpal