Public Dristi
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Public Dristi
No Result
View All Result

मंगलसेन नगरपालिकाको घट्ना दर्ता शिविरमा १४४ जनाको घट्ना दर्ता

Public Dristi by Public Dristi
जनवरी 28, 2021
in ग्लोबल, समाज, स्थानीय
17
0
13
SHARES
21
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

होम साउद, अछाम १५ माघ ।

मंगलसेन नगरपालिकाले सञ्चालन गरेको व्यक्तिगत घट्ना दर्ता शिविरमा १४४ जनाको घट्ना दर्ता गरिएको छ । नगरपालिका मार्फत यहि पुष २० देखी माघ ५ गतेसम्म नगरका ११ वटा स्थानमा सञ्चालन भएको शिविरमा यसअघि दर्ता गर्न छुटेका ब्यक्तिगत घट्ना दर्ता कार्य गरिएको हो । राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण बिभाग अन्तरगत सामाजिक सुरक्षा तथा व्यक्तिगतद घट्ना सुदृढिकरण आयोजना सेवा ईकाइ मंगलसेन नगरपालिकाको वार्षिक कार्यक्रम अन्तरगत शिविर सञ्चालन गरिएको थियो ।

सबै ११ वटै केन्द्रमा भएको घट्ना दर्ताको तथ्यंक अनुसार सबैभन्दा बढी मृत्युदर्ता १३४ जनाको भएको छ भने जन्मदर्ता १२० जनाको, बिवाह दर्ता ७७ जनाको, बसाईसराइ १३ परिवारको गरिएको छ नगरपालिकाका सूचना अधिकारी बिष्णुप्रसाद जैशीले जानकारी दिनुभयो। शिविरमा २ वटा गुनासो दर्ता समेत भएको उहाँको भनाइ छ । नगरपालिका मार्फत शिविर स्थलका लागि २४ जना स्वंसेवक परिचालन गरि घट्ना दर्ता कार्य सञ्चालन गरिएको थियो ।

राष्ट्रिय परिचयपत्रको लागि बिवरण संकलन अभियान पनि संसंगै भएका कारण घट्ना दर्ता शविर पनि जनताको सहजताका लागि सोही स्थानमा संचालन गरिएको थियो । नगरपालिकाको वडानम्वर १ र २ का लागि १ नम्वर वडा कार्यालय, वडानम्वर ३, ४ र ५ को सम्वन्धित वडा कार्यालय, ६ र ७ को ७ नम्वर वडा कार्यालयमा दर्ता शिविर सञ्चालन गरिएको थियो ।

यस्तै वडानम्वर ८ र ९ का लागि ९ नम्वर वडा कार्यालय, १० र ११ का लागि ११ नम्वर वडा कार्यालय तथा वडानम्वर १२ र १४ को सम्वन्धित वडा कार्यालयमा दर्ता शिविर सञ्चालन गरिएको थियो । दर्ता शिविर र राष्ट्रिय परिचयपत्रको बिवरण संकलन कार्य एउटै स्थानमा गरिदा सेवा लिन सहज भएको स्थानीयको भनाई थियो । नगरले संचालन गरेको शिविरले सत प्रतिशत घट्ना दर्ता गर्ने सरकारको लक्ष पुरा गर्न पनि टेवा पुगेको नगरपालिकाको बिश्वास छ ।

Previous Post

नेपाल कम्युनिस्ट पार्टी नेकपाको विस्तारित वैठक चाल्सामा सम्पन्न-अछाम टुडे

Next Post

खेलाडी तिमिल्सिनाको उपचारको लागी उप प्रमुख चलाउने द्वारा आर्थिक सहयोग

Next Post

खेलाडी तिमिल्सिनाको उपचारको लागी उप प्रमुख चलाउने द्वारा आर्थिक सहयोग

Discussion about this post

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया एकेडेमी प्रा.लि. विनायकको व्यवस्थापनमा सञ्चालन भइरहेको PublicDristi.com नेपाली भाषामा प्रकाशित हुने विश्वसनीय डिजिटल अनलाइन समाचार पोर्टल हो।
Email: publicdristi@gmail.com
Phone: 9769843698

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम

साइट नेभिगेसन

कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज साामााजिक सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Public Dristi| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Public Dristi| With ❤️ by Webpal