Public Dristi
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Public Dristi
No Result
View All Result

कैलालीमा मेला महोत्सव सञ्चालन गर्न दिनुपर्ने माग

Public Dristi by Public Dristi
जनवरी 11, 2021
in विशेष
17
0
13
SHARES
21
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

टीकापुर : टीकापुर उद्योग वाणिज्य सङ्घले कोरोना भाइरस सङ्क्रमण जोखिमका कारण रोकिएको मेला महोत्सव सञ्चालन गर्न माग गरेको छ। विशेषगरी उद्योग वाणिज्य सङ्घले आयोजना गर्ने महोत्सव तथा व्यापार मेला सञ्चालनका लागि सरकारसँग आवश्यक समन्वय भइरहेको उद्योग वाणिज्य महासङ्घ सुदूरपश्चिम प्रदेशका उपाध्यक्ष रामबहादुर भण्डारीले जानकारी दिए। 

प्रतिनिधिसभा विघटनपछि सरकारको समर्थन र विरोधमा प्रायः दिनहुँ हुनथालेका प्रदर्शनले कोरोनाको सङ्क्रमणलाई बेवास्ता गरेकाले अब मेला महोत्सव रोक्नुको पनि कुनै तुक नरहेको भन्दै उनले कोरोनाका कारण आक्रान्त बनेको व्यवसायको बढावाका लागि भए पनि मेला महोत्सव गर्न पाउनुपर्ने माग गरे। 

टीकापुर उद्योग वाणिज्य सङ्घका अध्यक्षसमेत रहेका भण्डारीले कोरोना सङ्क्रमणकै जोखिमलाई हेरेर महोत्सवको मिति तय गर्न नसकिएको बताउँदै पछिल्लो परिस्थितिलाई हेर्दा सरकारले व्यवसायलाई मात्र मारमा पार्ने काम गर्दै आएको बताए। ‘कोरोनाको जोखिमकै कारण हामीले पनि महोत्सव सञ्चालनका लागि कुनै निर्णय गर्न सकेका छैनौँ। अहिले मेला महोत्सव सञ्चालनका लागि नेपाल उद्योग वाणिज्य महासङ्घले पहल सुरु गरेको छ’, अध्यक्ष भण्डारीले भने, ‘राजनीतिक दलका विरोध जुलुस, आमसभाले कोरोना सर्दैन।

व्यावसायिकरुपमा हुने मेला महोत्सवले कोरोनाको जोखिम देख्ने सरकार व्यवसायीको हितमा छैन।’ उनले व्यवसायीमा कोरोनाले पारेको असर अब देखिन थालेको बताउँदै व्यवसायलाई चलायमान बनाउनका लागि सरकारले आर्थिक प्याकेजको व्यवस्था गर्नुपर्नेमा त्यसतर्फ गम्भीर नभएको बताउनुभयो। ‘यो अवस्थामा मेला महोत्सव गर्न धेरै चुनौती छ। प्रायोजक र सहयोगी पाउनै मुश्किल छ’, अध्यक्ष भण्डारीले भने, ‘सरकारले मेला महोत्सवलाई मात्र रोकेर कोरोना नियन्त्रण हुन सक्ने अवस्था देखिएको छैन।’
    
कैलाली उद्योग वाणिज्य सङ्घका अध्यक्ष पुष्पराज कुँवरले सुदूरपश्चिम महोत्सव सञ्चालनका लागि बहस सुरु गरिएको बताउँदै फागुनसम्म भए पनि महोत्सव आयोजना गरिने बताएका छन्। ‘हामीले महोत्सव सञ्चालनका लागि प्रक्रिया शुरु गरेका छौँ’, उनले भने, ‘सुदूरपश्चिम महोत्सव एक ब्राण्ड बनिसकेको छ। सरकार आफ्ना लागि जस्तोसुकै कदम चाल्न पनि पछि नहट्ने  रहेछ।

अहिलेको अवस्थालाई हेर्ने हो भने महोत्सव रोकेर कोरोना नियन्त्रण हुन सक्दैन।’ अध्यक्ष कुँवरले देशैभरीका अधिकांश उद्योग वाणिज्य सङ्घले महोत्सव आयोजना गर्न पाउनुपर्ने माग गर्दै आएको बताउँदै त्यसका लागि मेला महोत्सव व्यवसाय महासङ्घले सरकारसँग समन्वय गरिरहेको बताए। 

कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले अहिले नै मेला महोत्सव सञ्चालन गर्न दिनेबारे कुनै पनि निर्णय नभएको बताए। उनले थारूको महान् चाड एवं नयाँ वर्षमा भने सामान्य जमघट भई कार्यक्रम गर्न सकिने बताए। ‘दशैँ तिहारको समयमा जस्तै थारू समुदायले पनि आफ्नो पर्व स्वास्थ्य मापदण्ड अपनाएर मनाउन सक्छन्।

त्यसलाई हामीले छुट दिने भनेका छौँ’, प्रमुख जिल्ला अधिकारी बोहराले भने, ‘अहिले नै मेला महोत्सवका लागि कुनै काम गर्न सकिने अवस्था छैन र मेला महोत्सव आयोजना गर्छु भनेर कोही पनि प्रशासनमा आएको पनि छैन।’ उनले मेला महोत्सव सञ्चालनका लागि कुनै संस्था वा समूह आएको अवस्थामा त्यहीअनुसारको निर्णय गर्न सकिने बताउँदै अहिले नै सबै खुला भयो भनेर भन्न नसकिने अवस्था रहेको बताए। Dhangadhi Khabar

Previous Post

साम्राज्ञी र पुष्पको ‘तिम्रो मेरो साथ’को छायांकन-अछाम टूडे

Next Post

कञ्चनपुरको नेकपा ओली समूहद्वारा प्रमुख सचेतक लामालाई कारवाही

Next Post

कञ्चनपुरको नेकपा ओली समूहद्वारा प्रमुख सचेतक लामालाई कारवाही

Discussion about this post

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया एकेडेमी प्रा.लि. विनायकको व्यवस्थापनमा सञ्चालन भइरहेको PublicDristi.com नेपाली भाषामा प्रकाशित हुने विश्वसनीय डिजिटल अनलाइन समाचार पोर्टल हो।
Email: publicdristi@gmail.com
Phone: 9769843698

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम

साइट नेभिगेसन

कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज साामााजिक सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Public Dristi| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Public Dristi| With ❤️ by Webpal