धनगढीः बलात्कार प्रयास गरेको आरोप लागेका नेकपा सुदूरपश्चिमका सचेतक अक्कल रावलले अदालतबाट सफाई पाएको सामाजिक सञ्जाल फेसबुकमा प्रचार भइरहेको छ।
बुधबार दिउँसोदेखि नै सचेतकले बलात्कारको झुठो मुद्दामा सफाइ पाएको भन्दै उनका कार्यकर्ता एवंम् शुभेच्छुकले सामाजिक सञ्जाल मार्फत बधाई दिइरहेका छन्। तर जिल्ला अदालत कैलालीले भने रावलको मुद्दाको अन्तिम फैसला हुन बाँकी रहेको जनाएको छ।
‘उहाँको मुद्दाको फैसला भइसकेको छैन्। पेशी अर्को हप्ता छ,’ अदालतका श्रेस्तेदार राइभान कुन्जेडाले दिनेशखबरसँग भने, ‘अर्को हप्ता पेशी छ। सम्भवः त्यसपछि मात्र फैसला हुन्छ होला।’
धनगढीकी एक विवाहित महिलामाथि बलात्कारको दुस्प्रयास गरेको आरोपमा रावल गत वर्षको फागुनमा पक्राउ परेका थिए । रावललाई जिल्ला अदालत कैलालीले चैतमा ५ लाख धरौटी तारेखमा छोड्न आदेश दिएको थियो। दिनेश खबर


Discussion about this post