Public Dristi
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Public Dristi
No Result
View All Result

२०७७ पुस २३ गते, बिहीवारको राशिअनुसार प्रत्यकको भाग्यफल हेर्नुहोस-अछाम टुडे

Public Dristi by Public Dristi
जनवरी 7, 2021
in विशेष
17
0
12
SHARES
20
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

२०७७ पुस २३ गते, बिहीवार, ७ जनवरी २०२०। पौष कृष्णपक्ष, नवमी तिथि, चित्रा नक्षत्र ९१४स्५४ बजेदेखि स्वाती०, चन्द्रराशि– तुला
मेष
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
छोटो समयमा मनग्गे फाइदा हुनेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ। विशेष उपहार प्राप्त हुन सक्छ। मित्रता र प्रेमको बन्धन कसिनेछ भने अतिथिको रूपमा सत्कार प्राप्त हुने समय छ। व्यापारको बहानामा रमाइलो यात्रा हुन सक्छ। आम्दानी राम्रो भए पनि सुविधाका लागि खर्च बढ्न सक्छ। वादविवादले आत्मसम्मानमा बाधा पुर्याउनेछ।

वृष
इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
केही दौडधुप गर्नु परे पनि पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ। चुनौती पन्छाएर काम बनाउन सकिनेछ। दिगो फाइदा हुने काममा जग बसाउने मौका छ। मिहिनेतले प्रतिस्पर्धाको दौडसमेत जिताउन सक्छ। तर द्वेष तथा ईर्ष्या गर्नेहरूले सताउन सक्छन्। अरूको वचन हार्न नसक्दा दुस्ख पाइनेछ र खर्च पनि हुनेछ। परिबन्धले पनि अप्ठ्यारोमा पार्न सक्छ।

मिथुन
का, कि, कु, घ, ङ, छ, के, को, ह
अस्वस्थताले काममा ढिलासुस्ती हुन सक्छ। अप्रिय समाचारले खिन्नता बढ्न सक्छ। अध्ययनमा सोचेको प्रगति गर्न नसकिएला। नयाँ योजना प्रारम्भ गर्न उपयुक्त साइत पर्खनुहोला। बलजफ्तीले केही चुनौती पनि निम्त्याउन सक्छ। आफ्ना सामानमा अरूले दाबी गर्न सक्छन्। पहिलेका कमजोरी र अप्ठ्यारा परिस्थिति सुल्झाउन पनि केही समय जुट्नुपर्ला।

कर्कट
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
तत्कालको सामान्य फाइदा हेर्दा पछिलाई घाटा हुन सक्छ। बेसुरमा बोल्ने बानीले दुस्ख पाइनेछ। विशेष योजना सार्वजनिक नगर्नुहोला। काम बिग्रने डरले सताउनेछ। साझेदारीमा समस्या आउनाले पहिलेको सम्झौता भंग हुन सक्छ। अरूको व्यवहारले शंका उब्जाए पनि मान्यजनको सुझाव शिरोधार्य गर्दा फाइदा हुनेछ। दिगो योजनामा अघि बढ्दा लाभ मिल्नेछ।

सिंह
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
नयाँ काममा हात हाल्ने समय छ। केही संघर्ष गर्नुपरे पनि राम्रो फाइदा उठाउन सकिनेछ। कृषिकर्म र व्यावसायिक काममा मनग्गे लाभ हुनेछ। उद्योग र व्यापारमा सामान्य लाभ उठाउन सकिनेछ। सहयोगीहरूले हात झिक्नाले केही समस्या भने बढ्न सक्छ। प्रतिस्पर्धीहरूले अलि दुस्ख देलान्। काममा आशा देखाउनेहरूबाट नै धोका पाइने सम्भावना देखिन्छ।

कन्या
टो, प, पि, पु, ष, ण, ठ, पे, पो
अरूको भरपर्दा प्रभावकारी काम नहुन सक्छ। मानसम्मानमा बाधा पुग्नेछ। विचारलाई तौलेर मात्र व्यक्त गर्नुहोला। बुद्धिको उपयोगले अरूलाई आफ्नो पक्षमा लिन सकिनेछ। विवेकले काम लिने प्रयत्न गर्नुहोला। आवश्यक पर्दा सहयोगीहरूको साथ पाइनेछ। मिहिनेत गर्दा बिस्तारै काम बन्न सक्छ। अवसर प्राप्त भए पनि दैनिकीमा परिवर्तन नआउन सक्छ।

तुला
र, रि, रु, रे, रो, ता, ति, तु, ते
प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। केही उपलब्धि पनि हातलागी हुनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। चुनौती सुल्झनाले अप्ठ्यारो परिस्थिति पनि सकिनेछ। ठूलो फाइदा नदेखिए पनि लाभ उठाउन सकिनेछ। जीवनशैली व्यस्त रहे पनि काम सम्पादन गर्ने समय छ। टाढिएका आफन्त पनि नजिकिनेछन्।

वृश्चिक
तो, ना, नि, नु, ने, नो, या, यि, यु
बेसुरमा काम गर्ने बानीले बेलाबेला चुनौती निम्त्याउन सक्छ। व्यवसायमा लगानी बढाउनुपर्ने परिस्थिति आउन सक्छ। अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। खर्च लागे पनि यात्रा गर्ने प्रक्रिया अघि बढ्नेछ। छर–छिमेकमा केही असमझदारी देखिए पनि टाढाका साथीभाइसँग सम्पर्क बढ्नेछ। आफन्तजनबाट भने टाढिनुपर्ला। पतिपत्नीबीच घरसल्लाह नमिल्न सक्छ।

धनु
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। पहिले गरेका कामबाट प्रशस्त लाभ हुनेछ। आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ। कृषि, पशुपालन तथा व्यापारमा प्रशस्त फाइदा हुनेछ। चल(अचल धनको उपयोगबाट सामान्य फाइदा उठाउन सकिनेछ। मिहिनेत गर्दा दिगो फाइदा हुने काममा जग बसाउने मौका छ।
मकर ( ऋब्एच्क्ष्ऋइच्ल्
भो, ज, जि, खि, खु, खे, खो, गा, गि
प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ। प्रतीक्षा गरिएको काम बन्न सक्छ। सेवामूलक कामबाट उपलब्धि हातलागी हुनेछ। तर, परिस्थितिवश आफन्तबाट टाढिनुपर्ने हुन सक्छ। आफ्नो क्षेत्रमा अरूले प्रभाव जमाउलान्। विश्वासपात्रले धोका दिने हुँदा समयमै सजग रहनुपर्ला। चिताएका काममा बाधा पुग्न सक्छ। अवसर प्राप्त भए पनि आत्मविश्वासको कमीले पछि परिनेछ।

कुम्भ
गु, गे, गो, सा, सि, सु, से, सो, द
स्वास्थ्य कमजोर रहनाले सोचेको उपलब्धि उठाउन तत्काल न सकिएला। मिहिनेत परे पनि सोचेको काम पूरा नहुन सक्छ। काम थाल्न समय लागे पनि सम्भावना खोजी गर्ने समय छ। आजको मिहिनेतले भविष्यमा भने उपलब्धि दिलाउन सक्छ। फाइदा सामान्य भए पनि तारिफयोग्य काम थालनी हुनेछ। धर्मकर्म तथा परोपकारका काममा प्रवृत्त भइएला।

मीन
दि, दु, थ, झ, ञ, दे, दो, च, चि
अस्वस्थताले आफूलाई कमजोर भएको अनुभूति हुनेछ। काममा ढिलासुस्ती हुन सक्छ। अप्रिय समाचारले मन खिन्न बनाउला। अध्ययनमा पछि परिनेछ भने व्यापारमा सोचेको फाइदा नउठ्ने देखिन्छ। नयाँ योजना प्रारम्भ गर्न उपयुक्त साइत पर्खनुहोला। नतिजा सच्याउन काम दोहोर्याउनुपर्ला। लगनशील भएर प्रयत्न गर्दा बिस्तारै अवरोध पनि हट्न सक्छ।

Previous Post

भिजिट भिसामा एक पुरुषलाई दुबई लगेर बेच्न खोज्ने एक जना पक्राउ

Next Post

बलात्कारको आरोप लागेका नेकपा सुदूरपश्चिमका सचेतकले सफाइ पाएको ‘झुठो’ प्रचार

Next Post

बलात्कारको आरोप लागेका नेकपा सुदूरपश्चिमका सचेतकले सफाइ पाएको ‘झुठो’ प्रचार

Discussion about this post

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया एकेडेमी प्रा.लि. विनायकको व्यवस्थापनमा सञ्चालन भइरहेको PublicDristi.com नेपाली भाषामा प्रकाशित हुने विश्वसनीय डिजिटल अनलाइन समाचार पोर्टल हो।
Email: publicdristi@gmail.com
Phone: 9769843698

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम

साइट नेभिगेसन

कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज साामााजिक सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Public Dristi| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Public Dristi| With ❤️ by Webpal