Public Dristi
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Public Dristi
No Result
View All Result

जुपुका समाजसेवी कडायतले गरे  विद्यार्थिहरुलाई न्यानो लुगा वितरण ।

Public Dristi by Public Dristi
जनवरी 4, 2025
in विशेष
109
0
84
SHARES
136
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

मंगलसेन नगरपालिका वडा न १० जुपुका स्थानीय समाजसेवी टेक बहादुर कडायतले विद्यार्थिहरुलाई न्यानो लुगा वितरण गर्नुभएको छ ।

वडामा रहेको कैलासेश्वर आधारधुत विद्यालयमा अध्यानरत ४६ जना बालबालिकालाई न्यानो लुगा वितरण गर्नुभएको हो । उक्त विद्यालयका संस्थापक तथा पुर्व विद्यालय व्यवस्थापन समितीका अध्यक्ष समेत रहनु भएका कडायतले विद्यालयमा अध्यानरत विद्यार्थिलाई चिसोबाट जोगाउने उदेश्यले न्यानो लुगा वितरण गरिएको कडायतले बताउनुभयो । विद्यालयका आर्थिक अवस्था कमजोर भएका बालबालिकाहरुलाई न्यानो लुगा वितरण गरिएपछि विद्यार्थि र बालबालिका खुसी भएका छन ।

रेडियो गाउँघर संग कुराकानी गर्दै कडायतले आफुले विद्यालय स्थापना पनि गरेको र अध्यापनपनी गाराएको विद्यालय भएकाले आगामी दिनमा विद्यालयको थप स्तरोन्नतीका लागि पहल गर्ने प्रतिबद्धता समेत जनाउनु भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धन बहादुर कडायतको अध्यक्षतामा भएको कार्यक्रममा वडा अध्यक्ष जनक बहादुर कुवँर प्रमुख अतिथि रहनुभएको थियो ।

कार्यक्रममा बोल्दै वडा अध्यक्ष कुवँरले चिसो मौसममा बालकालिकाहरुलाई न्यानो लुगा वितरण गर्ने समाजसेवी कडायतलाई धन्यवाद दिदै आगामी दिनमा पनि विद्यालयको थप विकासका लागि पहल गर्न आग्रह गर्नुभएको छ । विद्यालय स्थापना गर्न देखी अन्य विकासका लागि कडायतको महत्वपुर्ण भूमिका रहेको भन्दै वडा अध्यक्ष कुवँरले अरु व्यक्तिहरुले पनि आगामी दिनमा पनि यस्तै परोपकारी काम गर्र्नुपर्नेमा जोड दिनुएको छ । राम्रो गर्ने विद्यालयलाई वडा समितिको तर्फबाट सधैं सहयोग रहने प्रतिबद्धता जनाउनुभएको छ ।

कार्यक्रममा बिशिष्ट अतिथिको आशनबाट बोल्दै पुर्व वडा अध्यक्ष नेत्र बहादुर रावलले विद्यालयको विकासका लागि सबैले हातेमालो गर्नुपर्नेमा जोड दिनुभएको छ । आज सामुदायिक विद्यालयहरूको शैक्षिक गुणस्तर राम्रो नभएको गुनासो बढ्न थालेकाले यसका लागि  शिक्षकले पहिलो जिम्मेवारी लिनुपर्ने बताउनुभयो । 

विद्यालयको शैक्षिक क्षेत्रको विकासका लागि सबैले हातेमालो गर्नुपर्नेमा जोडदिदै पुर्व अध्यक्ष रावलले आगामी दिनमा सबैले सकारात्मक भुमिका खेल्न आवश्यक रहेको बताउनुभएको छ । 

न्यानो लुगा वितरण कार्यक्रमको समापन गर्दै अध्यक्ष धन बहादुर कडायतले आफ्नो नेतृत्वमा विद्यालयलाई लयमा लिने प्रतिबद्धता जनाउनु भएको छ । आफू नेतृत्वमा आएको छोटो समय भएकाले अबको एक बर्षमा विद्यालयमा धेरै कुरा सुधार गर्ने प्रतिबद्धता जनाउदै आफ्नो फजुल खर्च घटाएर विद्यालयको विकासमा लगानी गर्ने बताउनुभएको छ । कार्यक्रममा वडा सदस्य, अरू समाजसेवी र अभिभावकको सहभागीता रहेको थियोे । कार्यक्रमको संचालन विद्यालयका प्रधानाध्यापक ईन्द्र बहादुर रावलले गर्नुभएको थियो ।

Previous Post

नेपाल शिक्षक संघ नगर कार्यसमिति मंगलसेन अछामको बार्षिक नगर भेला सम्पन्न।

Next Post

कालागाउमा विद्यार्थीहरुका लागि सचेतनामुलक कार्यक्रम

Next Post

कालागाउमा विद्यार्थीहरुका लागि सचेतनामुलक कार्यक्रम

Discussion about this post

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया एकेडेमी प्रा.लि. विनायकको व्यवस्थापनमा सञ्चालन भइरहेको PublicDristi.com नेपाली भाषामा प्रकाशित हुने विश्वसनीय डिजिटल अनलाइन समाचार पोर्टल हो।
Email: publicdristi@gmail.com
Phone: 9769843698

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम

साइट नेभिगेसन

कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज साामााजिक सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Public Dristi| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Public Dristi| With ❤️ by Webpal