Public Dristi
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Public Dristi
No Result
View All Result

नेपाल शिक्षक संघ नगर कार्यसमिति मंगलसेन अछामको बार्षिक नगर भेला सम्पन्न।

Public Dristi by Public Dristi
जनवरी 4, 2025
in स्तानिय समचार
102
0
79
SHARES
128
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

टंक प्रसाद रिमाल
२० पुस २०८१
मंगलसेन, अछामस् नेपाल शिक्षक संघ नगर कार्यसमिति मंगलसेन अछामको बार्षिक नगर भेला आज शनिबार मंगलसेनमा  सम्पन्न भएको छ।


भेलामा बोल्दै प्रमुख अतिथि नेपाल शिक्षक संघ जिल्ला कार्यसमिति अछामका उपाध्यक्ष शारदा चलाउने रावलले  देशमा भएका आमूल परिवर्तन हरु शिक्षकहरुले गर्दा भएको ठोकुवा गर्नु भयो। संघमा आबद्द शिक्षकहरु मंगलसेनको नगर शिक्षा शाखा बाट  भेदभाबमा पर्नु दुखद रहेको बताउदै सरकार बाट शिक्षकहरु विभिन्न बहानामा विभेद हुने गरेको तर शिक्षकहरुको छाता संगठन शिक्षक महासंघले शिक्षकहरुका हक हितमा उपलब्धि मुलक कार्य गर्न नसकेको बताउनु भयो।

त्यस्तै, विशिष्ट अतिथि  शिक्षक महासंघ  अछामका सचिब हर्क बहादुर बिष्टले मंगलसेन नगरपालिकाको नगर शिक्षा शाखाले संघमा आबद्ध शिक्षक सरुवा बढुवामा भेदभाब गर्ने गरेकोले सम्पुर्ण शिक्षकहरू लाई समान ब्यवहार को कार्यशैली अपनाउन  र संगठनिक रुपले नेपाल शिक्षक संघले दबाब दिनु पर्ने बताउदै शिक्षकहरुका समस्या समाधान गर्न शिक्षक महासंघ तत्पर रहेको बताउनु भयो।


अर्का विशिष्ट अतिथि दोय नेपाल ट्रेड युनियन काङ्ग्रेस सुदुर पश्चिम प्रदेश उपाध्यक्ष रशिला शर्मा र शिक्षक संघ जिल्ला कार्य समिती कोषाध्यक्ष टंक प्रसाद तिमिल्सेनाले सांसदमा बिचाराधिन अवस्थामा रहेको शिक्षा ऐन सरकारले जारी गर्न नसकेको दुखेसो पोख्नु भयो।


मंगलसेन नगर कार्यसमितीका अध्यक्ष टंक प्रसाद ढुंगाना को अध्यक्षतामा सुरु भएको बार्षिक नगर भेलालाई उपाध्यक्ष मिना कुवरले स्वागत गर्नु भएको थियो भने संचालन सचिब एकिन्द्र कुवरले गर्नु भएको थियो ।बार्षिक नगर भेलामा मंगलसेन नगरपालिका अन्तर्गत बिधालयमा कार्यरत शिक्षकहरुको सहभागिता रहेको थियो।


नेपाल शिक्षक संघ नगर कार्यसमिति मंगलसेनको बार्षिक नगर भेलामा शैक्षिक कल्याण बचत तथा ऋण सहकारी संस्था का पुर्ब अध्यक्ष शंकर रावल,जिल्ला कार्य समिती सदस्य पुर्ण बहादुर  कुवर,पुर्ब जिल्ला कार्यसमिति सदस्य निर्प के सि , काशिराम कुवर,वडा संयोजकका तर्फबाट कर्ण बहादुर बिष्ट, प्रधानाध्यापक को तर्फ बाट बल बहादुर थ्यायतले सम्बोधन गर्नु भएको थियो।

Previous Post

अस्ट्रेलिया जान झापाबाट बिदा भएर आएका थिए दम्पती, कुकुरलाई बचाउन खोज्दा दुर्घटना

Next Post

जुपुका समाजसेवी कडायतले गरे  विद्यार्थिहरुलाई न्यानो लुगा वितरण ।

Next Post

जुपुका समाजसेवी कडायतले गरे  विद्यार्थिहरुलाई न्यानो लुगा वितरण ।

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया एकेडेमी प्रा.लि. विनायकको व्यवस्थापनमा सञ्चालन भइरहेको PublicDristi.com नेपाली भाषामा प्रकाशित हुने विश्वसनीय डिजिटल अनलाइन समाचार पोर्टल हो।
Email: publicdristi@gmail.com
Phone: 9769843698

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम

साइट नेभिगेसन

कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज साामााजिक सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Public Dristi| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Public Dristi| With ❤️ by Webpal