अछाम, २०८३।
पञ्चदेवल विनायक नगरपालिका, अछामका युवा नेता सागर देवकोटाले युवा संजालको अध्यक्ष पदका लागि आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको छ ।
“युवा नेतृत्व, समृद्ध समाजको आधार” भन्ने संकल्पका साथ चुनावी मैदानमा उत्रिनुभएका देवकोटाले युवाहरूको हक, हित र नगरको रूपान्तरणका लागि आफ्नो मुख्य ५ बुँदे प्रतिबद्धता पत्र समेत सार्वजनिक गर्नुभएको छ।
युवा संजालको नेतृत्व र आवाज बन्ने अठोटका साथ अघि बढ्नुभएका उम्मेदवार देवकोटाले सार्वजनिक गर्नुभएका मुख्य प्रतिबद्धताहरू यसप्रकार रहेका छन्:
बजेट पारदर्शिता र खुला छलफल: युवाहरूको क्षेत्रमा मुख्यमन्त्री कार्यालयबाट विनियोजित हुने बजेट कुन-कुन क्षेत्रमा कसरी खर्च भयो, त्यसको क्षेत्रगत खर्च विवरण सार्वजनिक गरी युवाहरू माझ पारदर्शी र खुला छलफल चलाउने ।
तालिम र सुनिश्चित स्वरोजगार: विभिन्न सरकारी तथा गैरसरकारी कार्यक्रमहरूबाट तालिम प्राप्त गरिसकेका सम्पूर्ण युवाहरूको अवस्था र रुचिको वर्गीकरण गरी उनीहरूलाई स्थानीय स्तरमै स्वरोजगारको सुनिश्चित अवसर सिर्जना गर्न ठोस प्रयत्न गर्ने ।
सशक्त नेतृत्व र निरन्तर खबरदारी: युवा संजालको तर्फबाट सबल नेतृत्वदायी भूमिका निर्वाह गर्दै युवाका समसामयिक सवाल, आवश्यकता र अधिकारका पक्षमा सम्बन्धित निकायहरूमा निरन्तर खबरदारी गर्ने ।
युवा क्षेत्रमा बजेट सुनिश्चितता: स्थानीय तथा प्रदेश तहमा युवा लक्षित उद्यमशीलता, नवीन व्यवसाय र क्षमता विकासका क्षेत्रमा पर्याप्त बजेट विनियोजन गराउनका लागि प्रभावकारी पहल गर्ने ।
युवा प्रोत्साहन तथा रचनात्मक कार्यक्रम: नगरभित्रका युवाहरूको लुकेको प्रतिभा पहिचान गर्ने, खेलकुद क्षेत्रको प्रवर्द्धन गर्ने र युवाहरूलाई रचनात्मक विकासतर्फ आकर्षित गर्न विभिन्न सचेतनामूलक तथा प्रोत्साहनका कार्यक्रमहरू सञ्चालन गर्ने ।

पञ्चदेवल विनायक नगरपालिकाका युवाहरू माझ लोकप्रीय र उर्जावान् चेहराका रूपमा चिनिनुहुने देवकोटाले सक्षम युवा र समृद्ध नगर निर्माणका लागि आफ्नो उम्मेदवारी रहेको बताउँदै सम्पूर्ण युवा तथा सरोकारवालाहरूलाई अमूल्य मत दिई विजयी गराउन हार्दिक अपिल समेत गर्नुभएको छ।


Discussion about this post