Public Dristi
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Public Dristi
No Result
View All Result

तुर्माखाँद–७ तोषीमा लैंगिक तथा घरेलु हिंसा विरुद्ध कानुनी सचेतना कार्यक्रम सम्पन्न

Public Dristi by Public Dristi
अप्रिल 9, 2026
in समाज
21
0
16
SHARES
26
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714


धन बहादुर बुढा — अछाम जिल्लाको तुर्माखाँद गाउँपालिका वडा नं. ७, तोषीमा लैंगिक तथा घरेलु हिंसा सम्बन्धी कानुनी सचेतना कार्यक्रम सम्पन्न भएको छ।


समुदायमा बढ्दो लैंगिक तथा घरेलु हिंसा न्यूनीकरण गर्ने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रममा स्थानीय जनप्रतिनिधि, सरोकारवाला निकाय तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो।


कार्यक्रमको अध्यक्षता का.ब. अध्यक्ष अम्मरनाथ देवकोटाले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा तुर्माखाँद गाउँपालिकाकी उपाध्यक्ष तथा न्यायिक समितिकी संयोजक बिमला कुमारी शाहीको उपस्थिति रहेको थियो।


त्यसैगरी कार्यक्रममा उजुरी प्रशासक अधिकृत प्रेमबहादुर बुढा, न्यायिक समिति सदस्य सुनिता शाही, गाउँ कार्यपालिका सदस्य तथा न्यायिक समिति सदस्य झंकरबहादुर नेपाली, नेपाली कांग्रेसका बर्दीप्रसाद जैशी, नेकपा (एमाले) का खडकबहादुर कुटमाल, नेकपा प्रतिनिधि भवानीप्रसाद जैशी तथा निवर्तमान अध्यक्ष हिरशचन्द्र देवकोटालगायतको सहभागिता रहेको थियो।


कार्यक्रममा सहभागीहरूलाई लैंगिक तथा घरेलु हिंसासम्बन्धी विद्यमान कानुनी व्यवस्था, पीडितले प्राप्त गर्ने सेवा तथा न्यायिक प्रक्रियाबारे विस्तृत जानकारी प्रदान गरिएको थियो। साथै, समुदाय स्तरमै सचेतना अभिवृद्धि गर्दै हिंसा विरुद्ध सबै एकजुट हुनुपर्नेमा विशेष जोड दिइएको थियो।


कार्यक्रमको सञ्चालन स्वास्थ्य चौकीका अ.हे.ब. भीमबहादुर थापाले गर्नुभएको थियो।


स्थानीयवासीहरूको सक्रिय सहभागिताले कार्यक्रम प्रभावकारी बनेको आयोजकले जनाएको छ। यस्तो कार्यक्रमले समुदायमा सकारात्मक सन्देश प्रवाह गर्दै हिंसा न्यूनीकरणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

Previous Post

रानिबनमा लैंगिक तथा घरेलु हिंसा विरुद्ध कानुनी सचेतना कार्यक्रम सम्पन्न

Next Post

कमलबजारमा २ दिने बाल सञ्जाल क्षमता विकास तालिम सम्पन्न

Next Post

कमलबजारमा २ दिने बाल सञ्जाल क्षमता विकास तालिम सम्पन्न

Discussion about this post

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया एकेडेमी प्रा.लि. विनायकको व्यवस्थापनमा सञ्चालन भइरहेको PublicDristi.com नेपाली भाषामा प्रकाशित हुने विश्वसनीय डिजिटल अनलाइन समाचार पोर्टल हो।
Email: publicdristi@gmail.com
Phone: 9769843698

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम

साइट नेभिगेसन

कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज साामााजिक सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Public Dristi| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Public Dristi| With ❤️ by Webpal