रुस — खगेन्द्र धामी हालै सम्पन्न निर्वाचनबाट गैर आवासीय नेपाली संघ (NRNA) रसियाको कार्यसमितिमा सचिव (Secretary) पदमा चयन भएका छन्। हालै सम्पन्न निर्वाचनबाट सचिवको जिम्मेवारी सम्हाल्ने अवसर पाएका धामीले आफूलाई दिएको विश्वासप्रति सबैलाई आभार प्रकट गरेका छन्।
उनले आफूलाई प्राप्त सम्मान र जिम्मेवारीलाई गर्वका साथ ग्रहण गर्दै एकताको भावना, समर्पण र लक्ष्यप्रति प्रतिवद्ध भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। “हामी सँगै अगाडि बढ्नेछौं — युवा नेतृत्व, नयाँ सोच, र उज्यालो भोलिको लागि”, भन्ने मूल नाराका साथ सचिव धामीले संस्थामा नयाँ उर्जा र नेतृत्व शैली ल्याउने विश्वास व्यक्त गरेका छन्।
उनको नेतृत्वमा NRNA रुसमा युवा सहभागिता, नयापन, र समृद्ध नेपालको अभियानलाई अझ सशक्त बनाउने अपेक्षा गरिएको छ।
युवाको नेतृत्व, समृद्ध NRNA!
एक नेपाली, एक साझा अभियान!


Discussion about this post