Public Dristi
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Public Dristi
No Result
View All Result

मेलमिलापकर्ता र पारालिगल सदस्यहरूलाई ३ दिने कानुनी क्षमता विकास तालिम सम्पन्न

Public Dristi by Public Dristi
जुलाई 25, 2025
in साामााजिक
22
0
17
SHARES
28
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

मेलमिलापकर्ता र पारालिगल सदस्यहरूलाई ३ दिने कानुनी क्षमता विकास तालिम सम्पन्न

अछाम, साउन ९– सामाजिक रुपान्तरण तथा मानवीय सहायता संघ (आस्था) नेपालद्वारा मंगलसेन नगरपालिका, कमलबजार नगरपालिका र ढकारी गाउँपालिकाका मेलमिलापकर्ता तथा पारालिगल सदस्यहरूलाई लक्षित गरी तीन दिने कानुनी क्षमता विकास सम्बन्धी तालिम सम्पन्न गरिएको छ।

सामाजिक मेलमिलाप, मानव अधिकार, लैंगिक हिंसा न्यूनीकरण, कानुनी सहायता तथा स्थानीय विवाद समाधान प्रक्रियामा सामुदायिक स्तरमा काम गर्ने व्यक्तिहरूको ज्ञान र दक्षता अभिवृद्धि गर्ने उद्देश्यले तालिम आयोजना गरिएको हो।

तालिमको उद्घाटन कार्यक्रम आस्था नेपालका सचिव कृष्ण देवकोटाको अध्यक्षतामा सम्पन्न भयो भने कार्यक्रममा प्रमुख जानकारी कार्यकारी निर्देशक निराजन बहादुर शाहीले दिनु भएको थियो।

कार्यक्रमका मुख्य प्रशिक्षकका रूपमा लोकेन्द्र बहादुर थापाले कानुनी संरचना, मेलमिलाप प्रक्रिया, समुदायस्तरमा हुने हिंसा तथा लैंगिक आधारमा हुने विभेदको समाधानका उपायहरूबारे सहभागीहरूलाई प्रशिक्षण दिनु भएको थियो।

तालिममा सहभागीहरूले यस्तो प्रकारको तालिमले आफूहरूको ज्ञान अभिवृद्धि मात्र नभई व्यवहारिक रूपमा समुदायमा सेवा गर्न थप प्रेरणा र आत्मविश्वास प्रदान गर्ने जनाएका थिए।

तालिममा तीनवटै पालिकाबाट करिब तीन दर्जन भन्दा बढी मेलमिलापकर्ता र पारालिगल प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

Previous Post

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको सहयोगमा प्रलभ अर्गानिक कृषि फर्म खोर निर्माण

Next Post

गैर आवासीय नेपाली संघ (NRNA) रसियाको कार्यसमिति सचिबमा अछाम का खगेन्द्र धामी निर्बाचित

Next Post

गैर आवासीय नेपाली संघ (NRNA) रसियाको कार्यसमिति सचिबमा अछाम का खगेन्द्र धामी निर्बाचित

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया एकेडेमी प्रा.लि. विनायकको व्यवस्थापनमा सञ्चालन भइरहेको PublicDristi.com नेपाली भाषामा प्रकाशित हुने विश्वसनीय डिजिटल अनलाइन समाचार पोर्टल हो।
Email: publicdristi@gmail.com
Phone: 9769843698

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम

साइट नेभिगेसन

कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज साामााजिक सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Public Dristi| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Public Dristi| With ❤️ by Webpal