Public Dristi
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Public Dristi
No Result
View All Result

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको सहयोगमा प्रलभ अर्गानिक कृषि फर्म खोर निर्माण

Public Dristi by Public Dristi
जुलाई 21, 2025
in साामााजिक
38
0
30
SHARES
48
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

अछाम,– कृषि क्षेत्रको आधुनिकीकरण तथा व्यवसायिकिकरण मार्फत किसानको जीवनस्तर गर्न उद्देश्य लिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई, मंगलसेन अछामको सहकार्यमा प्रलभ अर्गानिक कृषि फर्मले एक आकर्षक र नमुना बाख्रा खोर निर्माण सम्पन्न गरेको छ।

कमलबजार नगरपालिका वडा नम्बर ५ मा अवस्थित प्रलभ अर्गानिक कृषि फर्मले “बाख्रा खोर निर्माण प्रदर्शन कार्यक्रम” अन्तर्गत यो खोर निर्माण गरेको हो। परियोजनाले उक्त कार्यका लागि रु. ३,००,००० (तीन लाख रुपैयाँ) बराबरको अनुदान उपलब्ध गराएको छ भने फर्मले स्वयं रु. ८३,८२९ को लगानी गर्दै कुल लागतमा थप योगदान पुर्‍याएको छ।

फर्मका सञ्चालक श्री प्रेम खनालका अनुसार, बाख्रापालन व्यवसायलाई व्यवस्थित र व्यावसायिक रुपमा अघि बढाउने उद्देश्यले आधुनिक संरचनासहितको यो खोर निर्माण गरिएको हो। “हामीले स्थानीय स्रोत र प्रविधिको उपयोग गर्दै दीगो पशुपालन प्रणालीलाई स्थापित गर्ने प्रयास गरेका छौँ,” खनालले बताए।

प्रलभ अर्गानिक कृषि फर्मले सुरुदेखि नै जैविक तथा स्थानीय उत्पादनमा आधारित कृषिब्यवसाय सञ्चालन गर्दै आइरहेको छ। यस नयाँ संरचनाले बाख्राहरूलाई सुरक्षित, स्वस्थ र वैज्ञानिक ढंगले पालन गर्न सहयोग गर्ने विश्वास लिइएको छ। खोरमा आवश्यक पानी, गोबर व्यवस्थापन, हावापानीको अनुकूलता तथा जनावरको स्वास्थ्यलाई मध्यनजर गरेर प्रविधिमैत्री ढाँचामा निर्माण गरिएको छ।

स्थानीय तहका प्रतिनिधि, प्राविधिक तथा कृषि परियोजनाका पदाधिकारीहरूको समेत उपस्थिति रहेको निरीक्षण क्रममा उक्त खोरलाई आगामी दिनमा नमुना अभ्यास स्थलको रुपमा विकास गरिने प्रतिबद्धता जनाइएको छ।

सञ्चालक खनालका अनुसार, “यो खोर हाम्रो लागि मात्र होइन, सम्पूर्ण गाउँ र क्षेत्रका लागि सिकाइ केन्द्र बन्न सक्छ। हामीले उत्पादन बढाएर बजारमा जैविक बाख्राको आपूर्ति गर्ने लक्ष्य लिएका छौँ। साथै, अन्य किसानहरूलाई पनि प्रोत्साहन गर्नेछौँ।”

यस खोर निर्माणसँगै प्रलभ अर्गानिक कृषि फर्मले व्यवसायिक पशुपालनतर्फ महत्वपूर्ण पाइला चालेको छ भने परियोजनाले पनि गाउँ–गाउँमा कृषि आधारित उद्यमशीलता विकास गर्ने आफ्नो लक्ष्यलाई सार्थक बनाएको छ।

स्थानीय कृषि विकासमा आधारित यस्ता कार्यक्रमले गाउँमा स्वरोजगार सिर्जना गर्ने, आत्मनिर्भरता बढाउने र परम्परागत कृषि प्रणालीलाई आधुनिक बनाउने विश्वास लिइएको छ।

Previous Post

सुदूरपहाडमा पाइँदैन डोको,डालो र भकारी

Next Post

मेलमिलापकर्ता र पारालिगल सदस्यहरूलाई ३ दिने कानुनी क्षमता विकास तालिम सम्पन्न

Next Post

मेलमिलापकर्ता र पारालिगल सदस्यहरूलाई ३ दिने कानुनी क्षमता विकास तालिम सम्पन्न

Discussion about this post

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया एकेडेमी प्रा.लि. विनायकको व्यवस्थापनमा सञ्चालन भइरहेको PublicDristi.com नेपाली भाषामा प्रकाशित हुने विश्वसनीय डिजिटल अनलाइन समाचार पोर्टल हो।
Email: publicdristi@gmail.com
Phone: 9769843698

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम

साइट नेभिगेसन

कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज साामााजिक सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Public Dristi| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Public Dristi| With ❤️ by Webpal