अछामको कमलबजार नगरपालिका वडा नं ७ सेरामा विभिन्न योजनाको आयोजनाको अनुगमन गरिएको छ । वडा स्थित पदमासना आधारभुत विद्यालयको भवन निमार्णका साथै विद्यालयमा आईसिटी अन्र्तगत खरिद गरिएका डिजिटल स्माट बोर्ड लगायतका सामाग्रीको अनुगमन गरिएको छ ।

यस्तै वडा कार्यालयको प्रशासकीय भवन निमार्णको समेत अनुगमन गरिएको छ । कमलबजार नगरपालिकाका नगर उपप्रमुख तथा अनुगमन समितीका संयोजक शारदा कुमारी बिष्ट कँवरको संयोजकत्वमा गएको अनुगमन टोलीले सो योजनाको अनुगमन गरेको हो ।

पदमासना आधारभुत विद्यालयको आईसिटी अन्र्तगत खरिद गरिएका डिजिटल स्माट बोर्ड लगायतका सामाग्री खरिदका लागी ६ लाख ५० हजार विनियोजन गरिएको थियो । यस्तै विद्यालयको माथिल्लो तला भवन निमार्णका ३३ लाख विनियोजन भएको थियो ।

वडा कार्यालयको प्रशासकिय भवन निमार्णको लागी यो आर्थिक बर्षमा २० लाख बजेट विनियोजन गरिएको छ । डिजिटल स्माट बोर्ड लगायतका सामाग्री खरिद गरि विद्यालयमा जडान गरिसकिएको छ । विद्यालयको भवन निमार्ण भईसकेको र केहि रकम भुक्तानी प्रकृया बाँकी रहेको बताईएको छ । भने वडा कार्यालयको भवन निमार्णको कार्य तिव्र गतिमा भईरहेको र असार १५ सम्म प्राविधिक स्टमेट अनुसार काम सम्पन्न हुने गरी काम भईरहेको वडा अध्यक्ष नृप बहादुर बोहराले बताउनु भयो ।
आजको अनुगमनमा समिता संयोजक शारदा बिष्ट कुँवर संगैं, समितिका सदस्य तथा वडा नं ७ का अध्यक्ष नृप बहादुर बोहरा, पालिकाका शिक्षा शाखा प्रमुख ऋषिकेश ढकाल, योजना शाखा प्रमुख विरेन्द्र तिमिल्सैना, सुचना प्रविधी अधिकृत बिष्णु बोगटी, फिल्ड सहायक हिक्मत बहादुर नेपाली लगायतको सहभागीता रहेको थियो



Discussion about this post