Public Dristi
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Public Dristi
No Result
View All Result

धुवाँले ढाकिएको सुदूरपश्चिम – जहाँ स्वास लिँदा पनि डर लाग्छ

Public Dristi by Public Dristi
जुन 26, 2025
in मौसम, समाज, सूचना प्रविधि
99
0
77
SHARES
124
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

सागर देबकोटा अछाम

केही समय अगाडि लेखेको एउटा लेख तपाईंको माझ साझा गरेको छु , यहाँ हरुको सुझाबको अपेक्षा गर्दछु

सुदूरपश्चिमका पहाडी जिल्लाहरू अछाम, डोटी, बझाङ, बाजुरा, डडेल्धुरा लगायतका ठाउँमा पछिल्लो समय दिनहुँजसो वनमा आगलागी हुने क्रम बढ्दो छ। वनजंगल जल्दा धुवाँ मात्र होइन, जीवन जलिरहेको अनुभव भइरहेका छन्। साँझपख डाँडाकाँडाबाट देखिने सूर्यास्त अब बाक्लो धुवाँको कारण हराएको छ, बिहान आकाशमै तुवाँलो लागेजस्तो लाग्छ – तर त्यो तुवाँलो होईन, बनको आगोबाट निस्किएको धुवाँ हो, जसले आँखा पोल्छ, घाँटी चिसिन्छ, श्वास फेर्नै गाह्रो हुन्छ।


हामीले हरेकपटक श्वास लिँदा आधा लिटरभन्दा बढी हावा फोक्सोमा तानिरहेका हुन्छौँ, जसले एक दिनमा झण्डै ११०० लिटर हावा शरीरभित्र लैजान्छ। यति ठूलो मात्रामा शरीरमा जाने हावा सफा नभए त्यसले के असर पुर्याउँछ, कल्पना गर्नुस् – त्यो हावामा धुलोका सूक्ष्म कण, बन जलेर निस्किएको धुवाँ, हानिकारक ग्याँस मिसिएको हुन्छ, जसले फोक्सो मात्र होइन, रक्तनली हुँदै सम्पूर्ण शरीरमा असर पुर्याउँछ। अस्पतालहरूमा अहिले श्वासप्रश्वासका बिरामीको चाप बढ्दो छ, दम, एलर्जी, निमोनियाका बिरामीहरू अस्पताल धाइरहेका छन्।


यो प्रदूषणको असर तत्कालीन र दीर्घकालीन दुवै हुन्छ। तत्काल असरमा आँखा पोल्ने, नाक चिलाउने, घाँटी दुख्ने, खोकी लाग्ने, सास फेर्न गाह्रो हुने, छालामा एलर्जी हुने समस्या देखिन्छ भने दीर्घकालीन असरमा फोक्सोको क्यान्सर, दम, हृदयघात, उच्च रक्तचाप, मस्तिष्कघात जस्ता जटिल रोग लाग्न सक्छन्। सुदूरपश्चिमका बुढाबुढी, बालबालिका र गर्भवती महिला यसबाट झन बढी प्रभावित हुने देखिएको छ। बालबालिकाको मस्तिष्क विकासमा असर, कम तौलमा जन्मिने समस्या, र छिटै रोग लाग्ने सम्भावना यस्ता प्रदूषणबाट सिधै जोडिएका छन्।


सहरको कुरा गर्दा विहान र साँझको समयमा प्रदूषण अत्यधिक हुने भएकाले सम्भव भएसम्म यस समयमा घरबाहिर ननिस्कनु उपयुक्त हुन्छ। यदि निस्कनै परेमा मास्कको प्रयोग अनिवार्य गर्नु आवश्यक छ, सामान्य सर्जिकल मास्कले यस्तो प्रदूषणबाट सुरक्षा गर्न सक्दैन।


गाउँघरको हकमा मुख्य प्रदूषण घरभित्रकै चुलोबाट हुने गर्दछ। दाउरा, गुइँठा, मट्टीतेल जस्ता परम्परागत इन्धन प्रयोग गर्दा निक्लिने धुवाँले भान्साभित्र हावा प्रदूषित हुन्छ। यस्तोमा सुधारिएको चुलो प्रयोग गर्ने, झ्यालढोका खुला राख्ने, धुवाँ निस्कने व्यवस्था मिलाउने र स्वच्छ उर्जाको प्रयोगमा जोड दिनु अहिलेको अत्यावश्यकता हो।


वनजंगल हाम्रो मात्र हैन, बन जनावर, चराचुरुङ्गी, जलस्रोत र स्वच्छ हावाको साझा घर हो। त्यसमा आगो लगाउनु भनेको केवल बन जलाउनु मात्र होइन, आफू र आफ्ना सन्तानको भविष्यमा आगो लगाउनु हो। मानवीय रूपमा बनमा आगो लगाउने कार्य अक्षम्य अपराध हो र यस्ता कार्यमा संलग्नलाई कडा कानुनी कारबाही गर्नु अत्यन्तै आवश्यक छ।

बन जोगाउनु भनेको श्वास जोगाउनु हो, जीवन जोगाउनु हो। अब समय आइसकेको छ – जहाँ हामी हावा देख्दैनौं भनेर बेवास्ता गर्नु हुन्न, किनकि त्यो देखिँदैन, तर सिधै फोक्सोभित्र पुगेर ज्यानै लिने खालको बनिसकेको छ।

सचेत रहौं, सुरक्षित बनौं। एकजनाले ध्यान दिएर मात्र यो समस्या समाधान हुँदैन – गाउँ, टोल, नगरपालिका, पालिका, प्रदेश र राष्ट्र सबैको साझा प्रयास आवश्यक छ।
हामीले आज चेतना नलिए, भोलि सास लिने हक गुम्नेछ।

Previous Post

सेरामा विभिन्न योजनाको आयोजनाको अनुगमन

Next Post

आयुषकी माँए — श्रीमान् श्रीमतीको प्रेम, पीडा र सम्बन्धको कथा बोकेको देउडा गीत सार्वजनिक

Next Post

आयुषकी माँए — श्रीमान् श्रीमतीको प्रेम, पीडा र सम्बन्धको कथा बोकेको देउडा गीत सार्वजनिक

Discussion about this post

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया एकेडेमी प्रा.लि. विनायकको व्यवस्थापनमा सञ्चालन भइरहेको PublicDristi.com नेपाली भाषामा प्रकाशित हुने विश्वसनीय डिजिटल अनलाइन समाचार पोर्टल हो।
Email: publicdristi@gmail.com
Phone: 9769843698

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम

साइट नेभिगेसन

कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज साामााजिक सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Public Dristi| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Public Dristi| With ❤️ by Webpal