Public Dristi
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Public Dristi
No Result
View All Result

प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले विजयी सुरुवात

Public Dristi by Public Dristi
डिसेम्बर 30, 2020
in खेल, विशेष
33
0
25
SHARES
41
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

दाङको; लमहीमा जारी प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले विजयी सुरुवात गरेको छ। समूह ‘बी’ मा रहेको सुदूरपश्चिमले मंगलबारको पहिलो खेलमा गण्डकी प्रदेशलाई ५९ रनले पराजित गरी विजयी यात्रा तय गरेको हो।

खेलमा सुदूरपश्चिमले दिएको १ सय ८ रनको विजयी चुनौतीलाई पछ्याएको गण्डकी निर्धारित २० ओभर खेल्दै ६ विकेट गुमाएर ४८ रनमा सीमित हुन पुग्यो। ब्याटिङतर्फ गण्डकी प्रदेशका लागि कुनै ब्याट्सवुमनले दोहोरो अंक जोड्न सकेनन्।सृष्टि पौडेलले ८ रन र ज्योत्सनिका मरासिनीले अविजित रहँदै ६ रन जोडिन्।बलिङमा सुदूरपश्चिमकी सुनिता लोहारले २ विकेट हात पार्दा कविता कुँवर, रितु कनौजिया र लक्ष्मी साउदले १–१ विकेट लिएका थिए। टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले १९।३ ओभरमा आफ्ना सबै विकेट गुमाएर १ सय ७ रन बनाएको थियो।

टिमले उक्त योगफल खडा गर्ने क्रममा ओपनर ब्याट्सवुमन रेवती धामीले सर्वाधिक ठूलो पारी खेलिन्। ३६ बलको सामना गरेकी उनले २ चौकासहित २७ रन बनाएकी थिइन्। यस्तै, रेवती बाहेक कप्तान विन्दु रावलले १३ रन, ओपनर ब्याट्सवुमन मञ्जु बोगटीले १० रन र रुबी पोद्दारले ५ रन बनाएकी थिइन्।बलिङतर्फ गण्डकी प्रदेशका लागि सृष्टि पौडेल र अलिशा लामिछानेले ३–३ विकेट हात पारे।अञ्जली विश्वकर्माले पनि १ विकेट लिन सफल भइन्। खेलमा सुदूरपश्चिमकी रेवती धामी प्लेयर अफ द म्याच भएकी थिइन् । अहिले दोस्रो खेल प्रदेश १ र वाग्मती प्रदेशबीच भइरहेको छ।प्रतियोगितामा समूह ‘ए’ बाट एपीएफ र लुम्बिनी प्रदेश सेमिफाइनल पुगेका छन्। एपीएफ समूह विजेता हुँदै सेमिफाइनल पुग्दा लुम्बिनी उपविजेता बन्दै सेमिफाइनल पुगेको छ।

अब सेमिफाइनलमा एपीएफले समूह ‘बी’ को उपविजेतासँग खेल्नेछ भने लुम्बिनीले समूह ‘बी’ को विजेतासँग खेल्नेछ । प्रतियोगिताको फाइनल खेल पुस १९ गते हुनेछ।

खवर संवाददाता

Previous Post

‘मध्यपहाडी लोकमार्गका विभिन्न महत्वपूर्ण स्थानलाई नयाँ सहरका रुपमा विकास गरिने-अछाम टूडे

Next Post

नेपालमा पनि बालिका बलात्कारीलाई मृत्यु दण्ड दिने कानुन बन्दै – समिति गठन

Next Post

नेपालमा पनि बालिका बलात्कारीलाई मृत्यु दण्ड दिने कानुन बन्दै - समिति गठन

Discussion about this post

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया एकेडेमी प्रा.लि. विनायकको व्यवस्थापनमा सञ्चालन भइरहेको PublicDristi.com नेपाली भाषामा प्रकाशित हुने विश्वसनीय डिजिटल अनलाइन समाचार पोर्टल हो।
Email: publicdristi@gmail.com
Phone: 9769843698

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम

साइट नेभिगेसन

कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज साामााजिक सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Public Dristi| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Public Dristi| With ❤️ by Webpal