Public Dristi
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Public Dristi
No Result
View All Result

अछामको कमलबजार विमानस्थलमा दोस्रोपटक सफल परीक्षण उडान

Public Dristi by Public Dristi
डिसेम्बर 29, 2024
in साामााजिक
13
0
9
SHARES
15
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

अछामको कमलबजार विमानस्थलमा दोस्रोपटक सफल परीक्षण उडान


अछामको कमलबजार विमानस्थलमा परीक्षण उडान सफल भएको छ । तारा एयरलाइन्सको नाइनएन–एइभी जहाजले परीक्षण उडान भरेको हो । ०४९ मा निर्माण गरिएको यस विमानस्थलमा परीक्षण उडान गरिएको यो दोस्रो पटक हो ।

यसअघि ०६५ सालमा पनि विमानस्थलमा परीक्षण उडान भएको थियो । त्यसयता गौचरन तथा खेलकूद मैदानमा परिणत कमलबजार विमानस्थलको मर्मतपश्चात शनिवार तारा एयरका क्याप्टेन टिएस नगरकोटी सहितको चालक दलको समुहले दोस्रोपटक परीक्षणका रुपमा जहाज अवतरण गरेको हो ।

०५८ सालमा तत्कालीन विद्रोही माओवादीले आक्रमण गरेर ध्वस्त पारेको यो विमानस्थल आर्थिक वर्ष ०८०र८१ को विनियोजित बजेटबाट ग्राभेल गरेपछि परीक्षण उडान गरेको कमलबजार नगरपालिकाका प्रमुख यज्ञप्रसाद ढकालले बताए । थप स्तरोन्नतिका लागि पहल गरिने र नगरपालिकामार्फत रकम व्यवस्था गरेर भए पनि नियमित उडान गराइने उनले बताए ।

विमानस्थल नियमति सञ्चालनका लागि विभिन्न प्रयास भइरहेको प्रतिनिधिसभा सदस्य पुष्पबहादुर शाहले बताए । ०४८ सालमा विमानस्थल निर्माणका लागि चार करोड ६३ लाखको इस्टिमेट बने पनि त्यस वेला दुई करोड ५० लाख खर्च भएको थियो । त्यसयता विभिन्न चरणमा विमानस्थल निर्माण गरिएको थियो । अब यसलाई कालोपत्रे गर्ने र अन्य संरचना निर्माण गरेर पूर्वी अछामबाट नियमित उडान गर्नेगरी सरकारलाई दबाब दिइने पूर्व सांसद रामबहादुर विष्टले बताए ।

विमानस्थलमा नियमति जहाज उडान गर्न सके यस क्षेत्रमा समृद्धिको ढोका खुल्ने भन्दै कमलबजार नगरपालिकाका निवर्तमान मेयर ओमप्रकाश विष्टले यस विमानस्थलले पर्यटन र व्यापार व्यवसाय समेत बढाउने बताए ।

नेपालगन्जको राँझा विमानस्थलबाट उडेको तारा एयरको जहाज कमलबजार पुगेपछि प्रतिनिधिसभा सदस्य पुष्पबहादुर शाह, पूर्वसांसद रामबहादुर बिष्ट, अक्कल बिष्ट, संविधान सभा सदस्य सरदसिंह भण्डारी, भरत साउँद, जिल्ला समन्वय समिति प्रमुख ललितबहादुर कुँवर, कमलबजार नगरपालिकाका प्रमुख यज्ञ ढकाल, उपप्रमुख सारदा बिष्ट कुँवर, ढकारी गाउँपालिकाका अध्यक्ष प्रकाशबहादुर साउँद लगायतले चालक दलका सदस्यहरूलाई फुलमालासहित स्वागत गरेका थिए । कमलबजारमा शनिवार हवाइजहाज हेर्न चार हजारभन्दा बढी स्थानीयको भीड लागेको थियो ।

Previous Post

मानव अधिकार तथा शान्ति समाजको नागरिक सम्बाद कार्यक्रम मंगलसेनमा सम्पन्न ।

Next Post

Next Post

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया एकेडेमी प्रा.लि. विनायकको व्यवस्थापनमा सञ्चालन भइरहेको PublicDristi.com नेपाली भाषामा प्रकाशित हुने विश्वसनीय डिजिटल अनलाइन समाचार पोर्टल हो।
Email: publicdristi@gmail.com
Phone: 9769843698

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम

साइट नेभिगेसन

कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज साामााजिक सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Public Dristi| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Public Dristi| With ❤️ by Webpal