Public Dristi
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Public Dristi
No Result
View All Result

अछाममा दोस्रो चरणको छाउगोठ भत्काउने अभियान तीव्र रुपमा अघि बढाइयो

Public Dristi by Public Dristi
डिसेम्बर 24, 2020
in विशेष
28
0
22
SHARES
35
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

पाैष, ९ अछाम : जिल्लामा दोस्रो चरणको छाउगोठ भत्काउने अभियान तीव्र रुपमा अघि बढाइएको छ । दोस्रो चरणको अभियान अन्तर्गत अहिलेसम्म अछाममा बुधवारसम्म ८३ ओटा छाउगोठ भत्काइएका छन् । पुस ४ गते देखी अछाममा छाउगोठ भत्काउने अभियानको दोस्रो चरण सुरु गरिएको थियो । दोस्रो चरणको छाउगोठ भत्काउने अभियान अन्तर्गत जिल्लाका विभिन्न वडामा रहेका छाउगोठमा बस्नेहरूको अवस्था र छाउगोठका बारेमा जानकारी लिने काम भईरहेकोे जिल्ला प्रशासन कार्यालय अछामले जनाएको छ ।

छाउगोठ भत्काउने अभियान अन्तर्गत चौरपाटी गाउँपालिकामा २८ ओटा छाउगोठ भत्काइएका छन् । यस्तै मेल्लेख गाउँपालिकामा २१, पञ्चदेवल विनायक नगरपालिकामा २९र तुर्माखाद गाउँपालिकाका ८ गरि अहिलेसम्म ८३ ओटा छाउगोठ भत्काइएको प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद उपाध्यायले जानकारी दिनुभयो । यसैबिच बान्निगढी जयगढ गाउँपालिकामा पनि दोस्रो चरणको छाउगोठ भत्काउने अभियान सुरु भएको छ । जस अन्तर्गत आज बिहीबार बान्नीगढी जयगढ गाउँपालिका वडा नम्बर ३ बर्दादेवीमा ५ ओटा छाउगोठ भत्काइएका छन् ।

वडा अध्यक्ष कुल बहादुर शेठ्टीको नेतृत्वमा गएको सरोकारवाला तथा सुरक्षाकर्मीको टोलीद्वारा बर्दादेवी गाविसका साबिकको वडा नम्बर १ देखी ५ सम्मका विभिन्न टोलका ५ वटा छाउगोठ भत्काइएका हुन् । अभियानमा वडा अध्यक्ष शेट्टिसंगै जयगढ प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक रमेशराज भट्ट लगायतका सरोकारवालाको सहभागिता रहेको थियो ।

Previous Post

Next Post

Next Post

Discussion about this post

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया एकेडेमी प्रा.लि. विनायकको व्यवस्थापनमा सञ्चालन भइरहेको PublicDristi.com नेपाली भाषामा प्रकाशित हुने विश्वसनीय डिजिटल अनलाइन समाचार पोर्टल हो।
Email: publicdristi@gmail.com
Phone: 9769843698

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम

साइट नेभिगेसन

कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज साामााजिक सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Public Dristi| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Public Dristi| With ❤️ by Webpal