Public Dristi
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Public Dristi
No Result
View All Result

आज पुस ९ गते बिहीवार, निकै राम्रो छ यी राशिको भाग्य, राशिफल

Public Dristi by Public Dristi
डिसेम्बर 24, 2020
in सूचना प्रविधि
38
0
29
SHARES
47
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

२०७७ पुस ९ गते, बिहीवार, २४ डिसेम्बर २०२०। मार्ग शुक्लपक्ष, दशमी तिथि। अश्विनी नक्षत्र। चन्द्रराशि– मेष।

मेष – ARIES
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। मनपर्ने वस्तु, उपहार प्राप्त हुनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्। रचनात्मक कामले मनग्गे धन आर्जन हुनेछ। पहिलेको सफलताले थप हौसला जगाउनेछ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द लिने अवसर जुट्नेछ। सुन्दर पहिरनले व्यक्तित्वमा आकर्षण ल्याउनेछ।

वृष – TAURUS
इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
खर्चको जोहो गर्न आफन्त र परिवारबाट टाढिनुपर्ला। आर्थिक प्रलोभन देखाउनेहरूबाट सजग रहनुहोला। समस्या पर्दा सहयोग गर्नेहरू भेटिनेछन्। खर्च लागे पनि दिगो फाइदा हुने काम फेला पर्न सक्छ। टाढाका साथीभाइको निम्तो प्राप्त हुने समय छ। अवसरको खोजीमा केही दौडधुप भने गर्नुपर्ला। चुनौती पन्छाउँदै रोकिएका काम सम्पादन गर्न सकिनेछ।

मिथुन – GEMINI
का, कि, कु, घ, ङ, छ, के, को, ह
मिहिनेतको राम्रो परिणाम प्राप्त हुनेछ। श्रमको उचित मूल्यांकन हुनेछ। प्रयत्न गर्दा छोटो समयमै काम बनाउन सकिनेछ। नयाँ कामतर्फ अग्रसर भइनेछ। आम्दानी बढ्नाले दैनिकीमा पनि परिवर्तन आउनेछ। तर, आफ्नो प्रतिफल अरूले हत्याउने चेष्टा गर्नेछन्। लाभको अवसर मिले पनि फाइदा अरूलाई सुम्पनुपर्ने हुन सक्छ। धनमाल सुरक्षामा सजगता अपनाउनुहोला।

कर्कट – CANCER
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ। विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ। अरूलाई प्रभावित पारेर काम बनाउने समय छ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्ने योग छ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ। मिहिनेत गर्दा कीर्तिमानी काम सम्पादन हुनेछ।

सिंह – LEO
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
अस्वस्थताले काममा जुट्न नसकिए पनि बाध्यात्मक परिस्थितिबाट मुक्त भइनेछ। काममा श्रम परे पनि फाइदै हुनेछ। तर आफ्नो कमजोरीको फाइदा भने अरूले उठाउन सक्छन्। नयाँ जिम्मेवारी प्राप्त भए पनि उपलब्धिका लागि समय प्रतीक्षा गर्नुहोला। सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ। काममा दोहोर्याएर प्रयत्न गर्दा फल प्राप्त हुनेछ। अरूको उपकार गर्न सकिनेछ।

कन्या – VIRGO
टो, प, पि, पु, ष, ण, ठ, पे, पो
सानातिना काममा अल्झनुपरे पनि बुद्धिको उपयोगले समस्या पहिचान गर्न सकिनेछ। तत्काल उपलब्धि प्राप्त नभए पनि सम्भावना खोजी गर्ने समय छ। दिगो फाइदा हुने योजना बन्न सक्छ। प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला। स्वास्थ्य कमजोर रहनाले औषधि–उपचारमा खर्च बढ्नेछ। यात्रा कष्टपूर्ण हुनेछ र अरूको विश्वास गर्दा काम रोकिन सक्छ।

तुला – LIBRA
र, रि, रु, रे, रो, ता, ति, तु, ते
प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ। भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। अतिथिका रूपमा सत्कार पाइनेछ। खर्च लागे पनि घुमफिर तथा मनोरञ्जनको समय छ। आम्दानी बढाउने काम सुरु हुनेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ। व्यवसायको सन्दर्भमा रमाइलो यात्राको अवसर जुट्नेछ। वादविवादबाट भने टाढै रहने चेष्टा गर्नुहोला।

वृश्चिक – SCORPIO
तो, ना, नि, नु, ने, नो, या, यि, यु
भौतिक साधन जुट्नाले दिगो काम प्रारम्भ हुनेछ। साहसी काम गरेर प्रशस्त लाभ उठाउन सकिनेछ। चुनौती पन्छाएर काम बनाउन सकिनेछ। व्यापारलगायत आर्थिक लाभ हुने नयाँ योजना शुभारम्भ हुनेछ। विवाद तथा मुद्दाहरूमा आफ्नो पक्ष बलियो रहनेछ। प्रतिस्पर्धीहरू पछि पर्नेछन्। भविष्यका लागि काममा जग बसाउने मौका छ। रोकिएका काम बन्नाले लाभ हुनेछ।

धनु – SAGITTARIUS
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
परिस्थिति सामान्य अनुकूलै रहे पनि अस्वस्थताले बाधा पुर्पाउला। घर–व्यवहारले अल्मल्याउन सक्छ। नयाँ काम थाल्न समय पर्खनुपर्ला। अध्ययनमा त्यति समय दिन नसकिएला। तापनि मिहिनेतले अवसर दिलाउनेछ। गुरुजनको सहयोग र बुद्धिको उपयोगले उपलब्धि हुनेछ। सन्तान वा अनुयायीको साथ, सहयोग प्राप्त हुनेछ। ईर्ष्या गर्नेहरूबाट केही सावधान भने रहनुपर्ला।

मकर – CAPRICORN
भो, ज, जि, खि, खु, खे, खो, गा, गि
आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन्। निर्णायक क्षमता कमजोर बन्नेछ। वादविवादले आँटेका काममा बाधा पुर्याउने हुँदा सजग रहनुपर्ला। अरूको वचन हार्न नसक्दा दु:ख पाइनेछ। काम बने पनि तत्काल प्रतिफल हातलागी नहुन सक्छ। पहिलेका सम्झौता तोड्नुपर्ने परिस्थिति आउला। अरूको भरले मात्र काम पूरा नहुन सक्छ। रोकिएका काम दोहोर्यानपर्ला।

कुम्भ – AQUARIUS
गु, गे, गो, सा, सि, सु, से, सो, द
पहिलेको सफलताले नयाँ कामतर्फ अग्रसर भइनेछ। सोचेजस्तै सफलता पनि मिल्नेछ। दाजुभाइमा आत्मीयता बढ्नेछ भने प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। लगानी गर्दा व्यवसायमा मनग्गे धनलाभ हुनेछ। आलस्य त्यागेर मिहिनेत गर्दा फाइदा उठाउन सकिनेछ। पहिलेको उपलब्धिले पनि उत्साह जगाउनेछ। प्रतिस्पर्धीहरूले समेत सहयोगका हात फैलाउनेछन्।

मीन – PISCES
दि, दु, थ, झ, ञ, दे, दो, च, चि
सुखद समाचारले दिन उत्साहपूर्ण रहनेछ। बोलीको भरमा चिताएको काम सम्पादन हुनेछ। आफ्नो क्षेत्रमै प्रभाव जमाउन सकिनेछ भने सम्मानित स्थान प्राप्त हुन सक्छ। तारिफयोग्य कामले राम्रो उपलब्धि दिलाउनेछ। सानो प्रयत्नले फाइदा बढ्नेछ। व्यापारमा पनि प्रशस्त लाभ हुनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। दाम र नाम कमाउने समय छ।

Previous Post

Next Post

Next Post

Discussion about this post

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया एकेडेमी प्रा.लि. विनायकको व्यवस्थापनमा सञ्चालन भइरहेको PublicDristi.com नेपाली भाषामा प्रकाशित हुने विश्वसनीय डिजिटल अनलाइन समाचार पोर्टल हो।
Email: publicdristi@gmail.com
Phone: 9769843698

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम

साइट नेभिगेसन

कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज साामााजिक सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Public Dristi| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Public Dristi| With ❤️ by Webpal