Public Dristi
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Public Dristi
No Result
View All Result

नेपालमै अवसर छ युवाले सपना पूरा गर्न विदेश जानुपर्दैन -अर्थमन्त्री महत

Public Dristi by Public Dristi
डिसेम्बर 23, 2023
in विचार, विशेष, समाज
14
0
10
SHARES
16
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

काठमाण्डौ – अर्थमन्त्री डा। प्रकाशशरण महतले युवाले सपना पूरा गर्न विदेश जानु नपर्ने बताउनुभएको छ ।

आज शनिवार नेपाल उद्योग परिसङ्घ युवा उद्यमी मञ्चले आयोजना गरेको ुस्टार्टअप फेस्टु २०२३ कार्यक्रममा अर्थमन्त्री महतले युवाले हरेक सपना पूरा गर्ने अवसर नेपालमै रहेको भन्दै सपना पूरा गर्न विदेश नै जानुपर्छ भन्ने मानसिकताबाट बाहिर आउन आवश्यक रहेको बताउनुभयो । उहाँले युवालाई देशभित्रै अवसर नै अवसर रहेको उल्लेख गर्नुभयो ।

अर्थमन्त्रीले ठूला विकसित देशमा नयाँ ुइनोभेसनु भएमात्रै नेपाली युवाले अवसर पाउने बताउनुभयो । उहाँले नेपालमा केही काम छैन र विदेशमा मात्रै छ भन्ने नकारात्मक मानसिकता तोड्न आवश्यक रहेको बताउनुभयो । उहाँले ुस्टार्टअपु उद्योगका लागि सरकारले बजेटमार्फत सहुलियतसमेत दिएको बताउनुभयो । नेपालमा सूचना प्रविधि ९आईटी० क्षेत्रमा ठूलो सम्भावना रहेकाले युवा त्यस क्षेत्रतर्फ लाग्न आवश्यक रहेको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘अहिले युवा विदेश जाने प्रणाली विकास भएको छ । त्यसलाई रोक्न पनि आईटी क्षेत्रको प्रवर्द्धन गर्न आवश्यक छ । अहिले ४० प्रतिशतभन्दा बढी युवा आईटी क्षेत्रमा जोडिनुभएको छ । विदेशमा अध्ययनका लागि पूर्ण छात्रवृत्ति आउँछ भने त्यस्तो अवस्थामा जान आवश्यक हुन्छ । तर कुनै छात्रवृत्ति छैन र आकर्षक विज्ञापन गरेको आधारमा युवा विदेश गइरहेका छन् । त्यसरी गएकाहरूको बेहाल छ । विदेशमा सबैका लागि सहज छैन । अहिले १२ कक्षा पढेपछि बाहिर जाने क्रम चलेको छ । युवाले नै यसलाई रोक्न अग्रसर हुनुपर्छ । नेपालमा नै धेरै अवसर छन् । नेपालमा अझै धेरै गर्न बाँकी भएको हुनाले यही नै अवसर छ । नेपालमा केही काम छैन, विदेशमा मात्रै छ भन्ने नकारात्मक प्रचार भइरहेको छ ।’

अर्थमन्त्री महतले विभिन्न समस्याबाट गुज्रिएको अर्थतन्त्र सकारात्मकरूपमा सुधार हुँदै गएको दाबी गर्नुभयो । उहाँले अर्थतन्त्र सकारात्मक बाटोमा रहेको भन्दै अब जम्मा भएको पुँजीलाई चलायमान बनाउन आवश्यक रहेको बताउनुभयो ।

Previous Post

उद्योग वाणिज्य संघ अछामका अध्यक्ष महेन्द्र कडायतको निधन

Next Post

प्रगतिशील कृषक बचत तथा ऋण सहकारी संस्थाको ११ औं बार्षिक साधारण सभा सम्पन्न

Next Post

प्रगतिशील कृषक बचत तथा ऋण सहकारी संस्थाको ११ औं बार्षिक साधारण सभा सम्पन्न

Discussion about this post

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया एकेडेमी प्रा.लि. विनायकको व्यवस्थापनमा सञ्चालन भइरहेको PublicDristi.com नेपाली भाषामा प्रकाशित हुने विश्वसनीय डिजिटल अनलाइन समाचार पोर्टल हो।
Email: publicdristi@gmail.com
Phone: 9769843698

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम

साइट नेभिगेसन

कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज साामााजिक सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Public Dristi| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Public Dristi| With ❤️ by Webpal