Public Dristi
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Public Dristi
No Result
View All Result

कैलालीको गेटामा निर्माधिन कलेजवारे लामो समयदेखि विभिन्न खाले बहस

Public Dristi by Public Dristi
डिसेम्बर 13, 2020
in समाज
32
0
25
SHARES
41
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

धनगढीः कैलालीको गेटामा निर्माधिन कलेजवारे लामो समयदेखि विभिन्न खाले बहस थालिएको छ। सञ्चालनको प्रारुपवारे नै विभिन्न बहस थालिएको हो। मेडिकल कलेजको नामले निर्माण थालिएको मेडिकल कलेजलाई कहिले स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउनुपर्ने पनि बहस थालिएको छ। हाल आएर कलेजलाई स्वास्थ्य प्रतिष्ठान नभएर विश्वविद्यालय बनाउनुपर्ने बहस सुरु भएको छ।

कलेज वा प्रतिष्ठानको संकुचित दायरा र सीमित कार्यक्षेत्रले दीर्घकालीन रुपमा टेवा नपुग्दै भन्दै विश्वविद्यालय स्थापना गर्न संगठित आवाज उठाउनुपर्ने जोड दिन थालिएको छ।
भौतिक निर्माणको झण्डै ८० प्रतिशत प्रगति भएको दाबी गरिएको गेटास्थित प्रस्तावित गेटा मेडिकल कलेज करिव ५१ हेक्टर क्षेत्रफलमा फैलिएको छ।

निर्माण कार्य सुरु भएदेखि हालसम्म गेटामा भौतिक संरचना निर्माण गर्न २ अर्ब ६६ करोड खर्च भैसकेको छ। भौतिक संरचना निर्माणको करिब अन्त्यतिर पुगेपनि सञ्चालनको प्रारुपबारे भने अझै टुङ्गो लाग्न सकेको छैन। यसैबीच एकपछि अर्को प्रारुपबारे बहस थालेको पाइएको छ।
प्राध्यापक डाक्टर शुभेषराज कायस्थले अहिलेसम्म स्वास्थ्य शिक्षा अध्ययनको कुनैपनि संस्था सञ्चालनमा नरहेकोले सुदूरपश्चिममा मेडिकल कलेज या प्रतिष्ठान स्थापना गर्नुभन्दा स्वायत्त अधिकार क्षेत्र रहेको मेडिकल विश्वविद्यालय स्थापनामा जोड दिनुपर्ने बताउँछन् ।

पुरानो विश्वविद्यालय प्रणाली अन्तर्गतको मेडिकल कलेज वा वर्षौअघि स्थापना भएर पनि आफ्नो सेवा र दायरा फराकिलो बनाउन नसक्ने प्रतिष्ठानको प्रारुपमा गेटामा स्वास्थ्य शिक्षाको संस्था सञ्चालन गरिनु सान्दर्भिक नहुने तर्क डाक्टर तारामान कडायतको रहेको छ।

प्राज्ञिक जग बलियो बनाउन र संस्थालाई आत्मनिर्भर बनाई जनसमुदायको स्वास्थ्यका सम्पूर्ण आवश्यकता पूरा गर्न सक्ने उच्चस्तरको केन्द्रका रुपमा गेटामा मेडिकल विश्वविद्यालय स्थापना हुनुपर्नेमा डाक्टर कडायतले जोड छ।

मेडिकल कलेज स्थापना भए पठनपाठन, बजेट र नीति नियमका लागि विश्वविद्यालयको भर पर्नुपर्ने र प्रतिष्ठान भएपनि सरकारले ल्याउन लागेको नयाँ ऐन अनुसार स्थापना भए सञ्चालनमा अन्यत्रबाटै निर्देशित हुनुपर्ने सम्भावना रहेको कारण सुदूरपश्चिमबासीले विश्वविद्यालय स्थापना गर्नमा सुरुदेखि नै सामुहिक प्रयास गर्न सके सार्थक परिणाम आउन सक्ने विश्वास प्राध्यापक डाक्टर मुकुन्द जोशीको रहेको छ।

विक्रम सम्वत् २०५५ सालदेखि गेटामा मेडिकल कलेज स्थापना गर्ने भन्ने चर्चा चलेपनि २०६६ सालमा मात्र कलेज स्थापना हुने घोषणा गरिएको थियो। २०७३ सालदेखि निर्माण थालिएको मेडिकल कलेजको पूर्वाधार निर्माणको कामले अहिले गति लिएको छ। तर सञ्चालनको प्रारुपबारे भने अझै टुङ्गो लाग्न सकेको छैन्।

Previous Post

कस्तो रहयो त तपाईंको को आजको रासिफल -अछाम टुडे

Next Post

नेकपा स्थायी कमिटी बैठक आज बस्दै, प्रधानमन्त्री ओली उपस्थित हुने

Next Post

नेकपा स्थायी कमिटी बैठक आज बस्दै, प्रधानमन्त्री ओली उपस्थित हुने

Discussion about this post

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया एकेडेमी प्रा.लि. विनायकको व्यवस्थापनमा सञ्चालन भइरहेको PublicDristi.com नेपाली भाषामा प्रकाशित हुने विश्वसनीय डिजिटल अनलाइन समाचार पोर्टल हो।
Email: publicdristi@gmail.com
Phone: 9769843698

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम

साइट नेभिगेसन

कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज साामााजिक सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Public Dristi| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Public Dristi| With ❤️ by Webpal